पञ्चेश्वर गाउँपालिकाकाे उपभाेक्त्ता समिति दर्ता सम्बन्धि कार्यविधि, २०८३
Summary
खण्डः-०९, पञ्चेश्वर गाउँपालिका राजपत्र, भाग:-०२, संख्या:-०२, मितिः-२०८३/०६/०९ गते REM ge i हो फु हो जन्मभूमिश्च पञ्चेश्वर गाउँपालिका राजपत्र पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित भाग- ०२ पञ्चेश्वर गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०५/२६ गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d7931b3f-8010-44a6-b35c-6572ce5677e0.pdfPDF · 10 pages · 725 KBOpen
Key details
- Organization
- Pancheshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्डः-०९, पञ्चेश्वर गाउँपालिका राजपत्र, भाग:-०२, संख्या:-०२, मितिः-२०८३/०६/०९ गते = REM ge i हो फु ॥ हो जन्मभूमिश्च पञ्चेश्वर गाउँपालिका राजपत्र खण्डः-०९, संख्याः:-०२, मितिः-२०८३%०६/०९ पञ्चेश्वर गाउँपालिकाद्वारा प्रकाशित भाग- ०२ पञ्चेश्वर गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०५/२६ गते राजपत्रमा प्रकासित मितिः 2063/06/08 गते प्रस्तावनाः पञ्चेश्वर गाउँपालिका तथा अन्य सरकारी निकायबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माण तथा उपयोग संग सम्बन्धित आयोजना/परियोजना/योजना/कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाउनको लागि उपभोक्ता समितिहरूको दर्ता, नविकरण, नियमन एवम् खारेजी सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी पञ्चेश्वर गाउँपालिका गाउँकार्यपालिकाले देहाय बमोजिमको कार्यविधि स्वीकृत गरेको छ । उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि १/१० १. संक्षिप्त नाम र प्रारम्भः (१) यो कार्यविधिमा नाम उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि, २०८३ रहनेछ । (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट प्रारम्भ हुनेछ । २. परिभाषा विषय र प्रसंगले अन्यथा अर्थ नलगेमा यस कार्यविधिमा, (क) "अध्यक्ष" भन्नाले उपभोक्ता समितिको अध्यक्षलाई जनाउनेछ । (ख) "आयोजना" भन्नाले गाउँपालिका मातहत अन्य सरकारी निकाय वा अन्तर्गतको पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालित आयोजना/परियोजना/योजना/कार्यक्रमलाई जनाउनेछ । (ग) "उपभोक्ता" भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रभित्रका व्यक्तिलाई जनाउनेछ | (घ) "उपभोक्ता समिति" भन्नाले आयोजनाको निर्माण सञ्चालन व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि उपभोक्ताले आफुहरू मध्येबाट गठन गरेको समितिले जनाउनेछ । @) "गाउँपालिका" भन्नाले पञ्चेश्वर गाउँपालिकालाई जनाउनेछ | @) "ठूला मेशिनरी तथा उपकरण भन्नाले ठूला मेशिनरी उपकरणहरू जस्तै- बुल्डोजर, एक्साभेटर, श्रममूलक प्रविधिलाई विस्थापित गर्ने खालका उपकरणलाई जनाउनेछ । (छ) "सम्झौता" भन्नाले आयोजनाको निर्माण, सञ्चालन, व्यवस्थापन एवम् मर्मत सम्भार गर्नको लागि कार्यालय र उपभोक्ता समिति बीच भएको लिखित करारनामा वा कबुलियतनामालाई जनाउनेछ । (न) "दर्ता अधिकारी" भन्नाले प्रमुख प्रशासकीय अधिकृतलाई जनाउनेछ । सो शब्दले गाउँकार्यपालिकाको कार्यालयमा संघ संस्था दर्ता गर्ने अधिकृत समेतलाई जनाउनेछ । ३. उपभोक्ता समिति दर्ता गर्नुपर्नेः (१) प्रचलित कानून बमोजिम गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने संघीय प्रदेश तथा गाउँपालिका अन्तरगतका आयोजनाको कार्यान्वयनका लागि गठन भएका उपभोक्ता समितिको दर्ता गाउँपालिकाको कार्यालयमा दर्ता गर्न देहाय बमोजिमका कागपत्र संलग्न गरी अनुसूची १ बमोजिमको ढाँचामा दर्ताको लागि निवेदन दिनुपर्नेछ । तर गाउँपालिकाबाट तर्जुमा भएका योजनाहरूका उपभोक्ता समिति दर्ता नभए पनि योजना कार्यान्वयन गर्न बाधा पुग्ने छैन । क) दर्ता गर्ने विषयमा अधिकार प्रत्यायोजन गरेको निर्णय, (ख) वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहवरमा बसेको आमभेलाको निर्णय प्रतिलिपि, (ग) कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि, @) अनुसूची ४ बमोजिमको ढाँचामा दुई प्रति विधान | छ) उपभोक्ता समितिको नामावली उल्लेख भएको सम्बन्धित वडाको सिफारिस पत्र । (२) माथि उल्लेखित कागजातहरूको आवश्यक जाँचबुझ गरी अधिकारीले सम्बन्धित उपभोक्ता समितिई अनुसूची- २ बमोजिमको ढाँचामा दर्ता प्रमाणपत्र उपलब्ध गराउनेछ । उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि २/१०