उच्च सतर्कताका लागि हार्दिक अनुरोध ।

Summary
नेपाल मौसम विज्ञान विभागबाट प्रकाशित मौसमसम्बन्धी विशेष बुलेटिन बमोजिम २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म देशैभर मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेको पूर्वानुमान अनुसार हाल रामेछाप जिल्लाभर बर्षा भईरहेको छ | मिति २०८३ असोज ९ गते दिउँसोको समयमा कोशी, बागमती, गण्डकी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 918f4481-152e-4b5d-b1b1-24259125fb9e.jpgJPEG · 940×1317 · 341 KBOpen
Key details
- Organization
- District Administration Office, Ramechhap
- Industry
- District
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
०४८-५४०३३३ प्र.जि.अ. ०४८-५४०५०१ स.प्र.जि.अ. छड नेपाल सरकार Fae Neves गृह मन्त्रालय tem कार्यालय ““ जिल्ला प्रशु्ुमन कार्यालय कपाल मन्थली, रामेछाप पत्र संख्या:- 0G3/t¥ Te चलानी नं.:- उच्च सतर्कताका लागि हार्दिक अनुरोध (मिति :२०८३/०६/०९) नेपाल मौसम विज्ञान विभागबाट प्रकाशित मौसमसम्बन्धी विशेष बुलेटिन बमोजिम २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म देशैभर मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेको पूर्वानुमान अनुसार हाल रामेछाप जिल्लाभर बर्षा भईरहेको छ | मिति २०८३ असोज ९ गते दिउँसोको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको र रातीको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको भनी मौसम विज्ञान विभागबाट मिति २०८३/०६/०९ विहान ८:०० बजे जारी बुलेटिनमा उल्लेख भएको हुँदा देहाय बमोजिम उच्च सतर्कता अपनाउनु हुन मिति २०८३/०६/०९ को जिल्ला सुरक्षा समिति रामेछापको निर्णयानुसार सबै जिल्लाबासीमा हार्दिक अनुरोध गरिएको छ। देहाय १. हाल रामेछाप जिल्लाभर मध्यम बर्षा भईरहेको र दिउँसो तथा रातको समयमा बर्षाका कारण मुख्य तथा भित्री सडक मार्ग अवरुद्ध हुनसक्ने हुँदा सम्भावित जोखिमलाई मध्येनजर गरी जिल्लाका सबै स्थानमा मुख्य तथा भित्री सडक मार्ग भई मिति २०८३/०६/०९ गते साँझ ५:३० बजेदेखि २०८३/०६/१० गते विहान ५:०० सम्म यात्रा नगर्नु/नगराउनु हुन | २. दिउँसोको समयमा समेत अत्यावश्यक कामभन्दा बाहेक यात्रा नगर्न र यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी यात्रा गर्नुहुन । ३. नेपाल मौसम विज्ञान विभागबाट जारी बुलेटिनहरु र सम्बन्धित निकायहरुबाट जारी सूचनाहरुबाट जानकारी लिई जिल्लामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी पूर्वतयारी, उच्च सतर्कताका लागि स्थानीय तह, विषयगत निकाय/कार्यालय, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, विभिन्न संघसंस्थाहरु लगायतका सरोकारवाला व्यक्ति तथा निकायहरुसँग नियमित समन्वय गरी उच्च तयारीमा रहनु हुन । ४. नियमित बर्षाका कारण जिल्ला भएर बहने तामाकोशी, सुनकोशी नदी साथै मुख्य खोलाहरुमा पानीको बहाब बढ्ने क्रममा रहेको हुँदा नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने र पहिरोबाट जोखिम हुनसक्ने स्थानमा बसोबास गर्ने सर्वसाधारणहरुले उच्च सतर्कता अपनाउनु हुन, जोखिमको महसुस भएमा नजिकको सुरक्षा निकाय, जिल्ला प्रहरी: कार्यालय, area प्रहरी बल नेपाल, जिल्ला आपतकालिन कार्य संचालन केन्द्र, जिल्ला प्रशासन कार्यालय लागायतका निकायहरुमा तत्काल सम्पर्क गर्नुहुन साथै सम्बन्धित स्थानीय तहले त्यस्तो स्थानमा जोखिम भई हालेमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी तयारी गर्नु हुन । सम्पर्क नम्बरहरु: प्र.जि.अ.,जिल्ला प्रशासन कार्यालय रामेछाप- ९८५४०५७७७७ स.प्र.जि.अ., जिल्ला प्रशासन कार्यालय रामेछाप- ९८५४०५६६६६ प्र.ना.उ., जिल्ला प्रहरी कार्यालय रामेछाप-९८५४०५५५५५ ai सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप- ९८५४०४११२३, प्रहरी कन्ट्रोल-१०० सक "“ स.प्र.ना.उ., ART प्रहरी बल नेपाल गुल्म हे.क्वा, रामेछाप-९८५१२७११४२ ८८, m\4! 2 जिल्ला आप्वकालीन काय संचालन केन्द्र (DEOC) रामेछाप-१२३४ र ९७६५०३७८८८ थित can निमित्त प्रमुख जिल्ला अधिकारी rnin Re oe विकार समृद्धिरसुशासको