Notice Park
District Administration Office, Ramechhap
Gen Info

शुभकामना एवं अत्यन्त जरूरी सूचना !

शुभकामना एवं अत्यन्त जरूरी सूचना ! – document 1

Summary

शभकामना एवं अत्यन्त जरूरी सचना! नेपालीहरुको महान चाडपर्वहरु दशै, तिहार, नेपाल संवत एवं छठको अवसरमा सम्पूर्ण रामेछाप जिल्लाबासी आमाबुबा, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ | यी चाडपर्वहरुको अवसरमा गरिने धार्मिक, सामाजिक, सांस्कृतिक रीतिरिवाज परम्परा एवं गतिविधिहरु गर्दा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
District Administration Office, Ramechhap
Industry
District
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०४८-५४०३३३ प्र.जि.अ. जु २४८-५००९०१ arr. नेपाल सरकार cy nee ०2 1 गृह मन्त्रालय wa: innsissitingutie git कार्यालय 7 com जिल्ला प्रशासन कार्याल मन्थली, रामेछाप पत्र संख्या:- ०८३/८४ चलानी नं.:- शभकामना एवं अत्यन्त जरूरी सचना! नेपालीहरुको महान चाडपर्वहरु दशै, तिहार, नेपाल संवत एवं छठको अवसरमा सम्पूर्ण रामेछाप जिल्लाबासी आमाबुबा, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ | यी चाडपर्वहरुको अवसरमा गरिने धार्मिक, सामाजिक, सांस्कृतिक रीतिरिवाज परम्परा एवं गतिविधिहरु गर्दा धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बढाउन साथै पर्वहरु मनाउँदा सामाजिक मूल्य मान्यता, अनुशासन र मर्यादालाई पालना गर्दै उत्ताउलो र भड्किलो नभई संयमता र शालिनतापूर्वक संस्कृतिको जगेर्ना गर्ने एवं सामाजिक सचेतना अभिवृद्धि गर्ने किसिमले मनाउनुहुन जिल्लावासी सबैलाई हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको समयमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको विक्री वितरण, अवैध मदिराको विक्री वितरण, जुवातास खेल्ने/खेलाउने, चोरी-लुटपाट गर्ने, सार्वजनिक सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने, तोकिए भन्दा बढी भाडा aye, अवैध रुपमा सञ्चालन भएका चिट्ठा र अनलाईन सपिङमा सहभागी हुने तथा विद्युतीय माध्यमबाट हुने ठगी लगायतका अवैध क्रियाकलाप हुनसक्ने भएको हुँदा त्यस्ता गैरकानूनी क्रियाकलापहरु नगर्न/नगराउन तथा संलग्न नहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। त्यस्ता गैरकानूनी क्रियाकलापहरु भए गरेको तथा संलग्न भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। (राम बहादुर के.सी.) निमित्त प्रमुख जिल्ला अधिकारी मिति:- २०८३/०६/३० ने.सं. ११४६ कौलाथ्व ६, शुक्रबार raeraaea सिर्जनशील प्रशासन: विकास, समृद्धिरसुशासको

Like

0

Views

4

Comments

0

Share

0

Save

Report