व्यावसायिक उखु खेति परियोजना कार्यान्वयन प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३
Summary
मधेश प्रदेशको प्रमुख नगदे वालीको रुपमा उखु खेतीको व्यावसायिक विकास, विस्तार र प्रवर्धन गर्न “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संसोधन २०७७)” को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट लागू हुने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7653884c-696b-4e8f-9143-9084f0ac0ce6.pdfPDF · 11 pages · 3.8 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
é व्यावसायिक उखु खेती परियोजना aria प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३ मधेश प्रदेशको प्रमुख नगदे वालीको रुपमा उखु खेतीको व्यावसायिक विकास, विस्तार र प्रवर्धन गर्न “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संसोधन २०७७)” को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश (मन्त्रिस्तरीय निर्णय) बाट लागू हुने गरी यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। q. संक्षिप्त नाम र प्रारम्भ: (१) यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिको नाम “व्यावसायिक उखु खेती परियोजना कार्यान्वयन प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३” रहेको छ। (२) यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि स्विकृत भएको मितिवाट लागु हुनेछ। परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमाः (क) “आवेदक” भन्नाले उखु खेती गर्ने कृपक/कृषि सहकारी/कृपक समूह/फार्मलाई सम्झनु पर्दछ। (ख) “केन्द्र” भन्नाले जिल्लास्थित कृषि ज्ञान केन्द्र सम्झनु पर्दछ । (ग) “मन्त्रालय” भन्नाले मधेश प्रदेश स्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्झनु पर्दछ। (घ) “निर्देशनालय” भन्नाले मधेश प्रदेश स्थित कृषि विकास निर्देशनालयलाई सम्झनु पर्दछ। © “लाभग्राही” भन्नाले उखु वालीको उत्पादन तथा वजारीकरणको लागि छनौट भएका कृपक/कृपि सहकारी/कृषक समूह/फार्मलाई सम्झनु पर्दछ | उद्देश्य यस कार्यक्रम सञ्चालन प्रक्रिया अनुसार देहाय वमोजिमको उद्देश्यहरु हुनेछ। (को नयाँ प्रविधिहरुको प्रयोग मार्फत उखु वालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकहरुको आयआर्जनामा वृद्धि गर्ने | (ख) उखु उत्पादन तथा बजारीकरणमा यान्त्रीकरण प्रवर्द्धन गरी उत्पादन लागत कम गर्ने। प्रस्ताव आव्हानः (१) सम्वन्धित जिल्लाको केन्द्रले व्यावसायिक उखु खेती परियोजना कार्यान्वयन सम्वन्धि कम्तीमा १५ (पन्ध्र) दिने दैनिक पत्रिकामा अनुसूची -१ वमोजिम सूचना प्रकाशन गर्नेछ र आवेदकले अनुसूची-२ वमोजिमको ढाँचामा आवेदनसँगै अनुसूची -३ वमोजिमको प्रस्ताव पेश गर्नु पर्नेछ। प्रकाशित भएको सूचनाको जानकारी जिल्लास्थित सबै स्थानीय तह तथा निर्देशनालयमा समेत पठाउनु पर्नेछ। सूचना तथा प्रस्तावको ढाँचा कार्यालयको वेवसाईटमा समेत राम्नुपर्नेछ | (२) उक्त म्याद भित्र पर्याप्त आवेदन पेश हुन नआएमा सात (७) दिनको म्याद थप गरी पुनः सूचना प्रकाशन गरिनेछ र उक्त थप म्यादभित्र समेत गरी जे जति सँख्यामा आवेदन संकलन भए पछि सो लाई नै अन्तिम मानि सञ्चालन गर्ने वाधा पुग्ने छैन। आवेदकको पूर्व योग्यताः यस कार्यक्रममा सहभागी हुन देहाय वमोजिमका आवेदकहरुले आवेदन दिन सक्नेछन्। (क) कृपकको हकमा कम्तीमा १० कट्ठा, फार्मको हकमा कम्तीमा २ विघा उखु खेती गरिरहेको वा गर्न इच्छुक हुनुपर्ने, (ख) कृपि समुह/सहकारीको हकमा कम्तीमा १५ विघामा खेती गरेको हुनुपर्ने र समुह/सहकारी दर्ता भएको प्रमाणपत्र उपलव्ध गराउनु पर्नेछ | as ie) 2 ES Eco /सहकारै (ग) उखु खेती गर्ने किसान/कृषक समुह; HLH प्रस्ताव मूल्याङ्कन समितिः (१) पेश भएका आवेदन प्रस्तावहरुको मुल्याङ्कनका लागि देहाय वमोजिमको प्रस्ताव मुल्याङ्कन समिति रहनेछः (क) केन्द्रको प्रमुखले तोकेको अधिकृत - संयोजक (ख) निर्देशनालयको प्रतिनिधि - सदस्य (ग) कार्यक्रम हेर्ने प्राविधिक कर्मचारी - सदस्य-सचिव (२) मूल्याड्न समितिले आवश्यकता अनुसार सम्वन्धित विषयको वढीमा दुई जना विषय विज्ञ आमन्त्रण गर्न सक्नेछ। (३) मूल्याड्नन समितिले प्रस्तावाहरुको अनुसूची-४ वमोजिमको मूल्याड्गन पश्चात् प्राप्ताङ्कको आधारमा आवेदकको योग्यता सहितको नामावली स्वीकृतिको लागि केन्द्र प्रमुख समक्ष सिफारिस गर्नु पर्दछ। (४) केन्द्रले छनौट सूची सूचना पाटि तथा वेवसाइटमा प्रकाशित गर्नुपर्नेछ | सम्झौता सम्बन्धी व्यवस्था: (१) छनौट भएका लाझग्राहीहरुलाई केन्द्रले समय सीमा तोकि सूचना प्रकाशन मार्फत सम्झौता गर्नका लागि लाभग्राहीलाई अनुरोध गर्नु पर्नेछ। (२) समय सीमा भित्र सम्झौता गर्न नआउने वा सम्झौता गरी समयमा काम शुरु नगर्ने लाभग्राहीको सम्झौता रद्द गरी वैकल्पिक लाभग्राहीसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन। सञ्चालन हुने क्रियाकलाप वा विषयगत क्षेत्रहरु: व्यावसायिक उखु खेती परियोजना अन्तर्गत देहाय बमोजिमका कार्यक्रमहरु सञ्चालन हुने छन्। (१) प्लान्टिङ्ग मेट्रियलः सेट (२) सिंचाई प्रणाली: साना सिंचाईलाई प्रोत्साहन गरिनेछ | (३) यान्त्रिकरणः (क) उखु खेतिमा यान्त्रिकरण प्रवर्द्धनको लागि सहकारी संस्था संगको सहकार्यमा कस्टम हायरिङ्ग सेन्टर स्थापना एवम् सञ्चालन गरिनेछ। सो कार्यको लागि वाली लगाउने कार्य देखि भण्डारण सम्म आवश्यक पर्ने मेसिनरी औजार उपकरणको सेटमा वा आवश्यकता अनुसार सहयोग उपलब्ध गराईनेछ। कस्टम हायरिङ्ग सेन्टरले अनुसूची-५ वमोजिमका यन्त्र र अट्याचमेन्टहरु उपलव्ध गराउनु पर्नेछ | (a) कृषकहरुको हकमा वीउ/सेट्स काट्ने, खनजोत गर्ने, रोप्ने, गोडमेल गर्ने स्वचालित यन्त्र (मिनि ax, पावर टिलर, आदि), पावर स्प्रेयर, खुट्टी व्यवस्थापन गर्न आवश्यक मेसिनरीहरु जस्तै wnat. पलाउ, ट्रेन्ज रिजर, वर्ड चिपर, वर्ड कटर, केन प्लान्टर मेसिनहरुमा सहयोग उपलब्ध गराउन सकिनेछ। S घुसुवा att wade: उखु खेतीमा घुसुवा वाली प्रवर्द्धनको लागि घुसुवा वाली प्रदर्शनी कार्यक्रम कम्तीमा १० कट्ठामा सञ्चालन गर्न सकिनेछ । घुसुवा वालीको लागि चाहिने Ge OO Baz +. 6S os हि D GOOLE CCE १०. ११, १२, १३. "लगायत अन्य उत्पादन raf ee बे गराउँत् सकिनेछ। प्रदर्शन स्थलमा होर्डिङ्ग वोर्ड राख्नु wg | (५) क्षमता अभिवृद्धि: उखुवालीमा संलग्न कृपकहरूको प्राविधिक क्षमता अभिवृद्धिका लागि देहाय बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्न सकिनेछ: (क) उखुवाली उत्पादनमा संलग्न कृपकहरु लाई उखुवाली प्रवर्दन अन्तर्गत उत्पादन देखि बजारीकरण सम्मका विषयहरुमा तालिम प्रदान | (ख) कृषक र अन्य सरोकारवालाहरुलाई उखुवाली सम्वन्धि जिल्ला भित्रै वा अन्तरजिल्ला अध्ययन तथा अवलोकन भ्रमणहरु । अनुदानको अधिकतम सीमाः यस कार्यक्रम अन्तर्गतको प्रस्ताव स्वीकृत गर्दा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संसोधन २०७७)” मा व्यवस्था भए वमोजिम क्रियाकलाप अनुसार अनुदानको अधिकतम सीमा कायम हुनेछ। भक्तानी व्यवस्था: लाभग्राहीले सम्झौता वमोजिमको कार्य सम्पन्न गरि भुक्तानी माँग गरे पश्चात कार्यक्रम सञ्चालन गर्ने निकायले कार्य सम्पन्न प्रतिवेदनको आधारमा लाभग्राहीको बैंक खातामा भुक्तानी दिनु पर्नेछ। अनुगमन र नियमनः संचालित कार्यक्रमहरुको अनुगमन र नियमन मन्त्रालय तथा निर्देशनालयले अनुगमन गर्न सक्नेछ। संशोधनः मन्त्रालयले यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ। खारेजी तथा बचाउ: (१) “व्यावसायिक उखु खेती परियोजना कार्यान्वयन प्राविधिक मापदण्ड तथा सञ्चालन बिधि, २०८२” खारेज गरिएको छ (२) “व्यावसायिक उखु खेती परियोजना कार्यान्वयन प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२” बमोजिम भए गरेका काम कारवाही यसै वमोजिम भए गरेको मानिनेछ | ony Sioa x दफा ४ को उपदफा, (9) at सम्बन्धित व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८ ...... /..../....- यस केन्द्र, BT चालु आ.व. .. नन को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम रहेको हुँदा सो कार्यक्रम सञ्चालन गर्न इच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले ........... दिन भित्र परियोजना प्रस्ताव सहित तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: १. सम्बन्धित स्थानीय निकायको सिफारिस, २, प्रस्तावित कार्यक्रमले समेट्ने क्षेत्रफल र संलग्न कृपकहरुको जग्गाधनीपूर्जाको प्रतिलिपि , ३. समूह/सहकारी/फर्मको हकमा पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि। एक वर्षभन्दा पुरानो अनुदानाग्राहीको हकमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, ४. समूह/सहकारी/फर्मको हकमा संस्थाको कार्यक्रम सञ्चालन सम्वन्धी निर्णयको प्रतिलिपि र अख्तियारीनामा, ५, कार्यक्रमसँग सम्बन्धित आवश्यक अन्य कागजातहरु | oe fe हा of iy ee