दैनिक कार्यसूची (२०८३ असोज १६ गते)
Summary
१. सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्नुहुने। २. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले देहायका प्रतिवेदनहरू सभासमक्ष पेस गर्नुहुनेः- क. महालेखा परीक्षकको त्रिसट्टिऔं वार्षिक प्रतिवेदन,२०८३, ख.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5b58592f-f01f-4a25-8ae2-8f1f8a8d38fb.pdfPDF · 2 pages · 204 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा एक्काइसौं अधिवेशन बैठक - ५२ २०८३ असोज १६ गते शुक्रबार नेपाल सम्वत् ११४६ AMS १:१५ बजे दैनिक कार्यसूची प्रश्नोत्तर टेबुल १. सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्नुहुने। प्रतिवेदन पेस २. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले देहायका प्रतिवेदनहरू सभासमक्ष पेस गर्नुहुनेः- क. महालेखा परीक्षकको त्रिसट्टिऔं वार्षिक प्रतिवेदन,२०८३, ख. निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र ग. मुस्लिम आयोग नेपालको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन | समितिको प्रतिवेदन पेस ३. विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले “विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने। विधायन व्यवस्थापन कार्य ४. माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलेः- क. “प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र संचालन) विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। ख. “प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको “राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला (स्थापना र संचालन) विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | ५. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले:- क. विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। a. “आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। अनुपस्थितिको सूचना . सम्माननीय अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने राष्ट्रपतिको पत्र सम्माननीय अध्यक्षले सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुने । शोक प्रस्ताव . सम्माननीय अध्यक्षले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् सहायक मन्त्री प्रकाश बहादुर गुरुङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। पद्य प्रसाद पाण्डेय महासचिव