चुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ ८३/८४ 09/29/2026 - 18:52 चुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३
Summary
खण्ड९ संख्या २१ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका स्थानीय राजपत्र भाग-२ ast गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ चुमनुव्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड९ संख्या २१ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8259dae0-e932-46ae-93e4-9e2980fb24bc.pdfPDF · 27 pages · 331 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्ड९ संख्या २१ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० ०० स्थानीय राजपत्र खण्ड:९ संख्या : २१ मिति : २०८३/०६/१३ भाग-२ ast गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ चुमनुव्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड९ संख्या २१ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ चुमनुव्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ प्रस्तावना नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, बालबालिका सम्बन्धी नियमावली, २०७८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिकाको अधिकार संरक्षणसम्बन्धी प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय बाल अधिकारसम्बन्धी महासन्धि तथा मापदण्डबाट प्रत्याभूत बाल अधिकारको संरक्षण, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्दै चुमनुव्री गाउँपालिकाभित्र रहेका प्रत्येक बालबालिकालाई हिसा, दुर्व्यवहार, शोषण, उपेक्षा, बालश्रम, बालविवाह, बेचबिखन, यौन दुर्व्यवहार तथा अन्य जोखिमबाट सुरक्षित wa आवश्यक संस्थागत व्यवस्था गर्न वाञ्छनीय भएकोले, चुमनुव्री गाउँपालिकाको भौगोलिक विकटता, हिमाली तथा दुर्गम बस्ती, प्राकृतिक विपद्को जोखिम, विद्यालय तथा स्वास्थ्य सेवामा सीमित पहुँच, पर्यटन तथा पदयात्रा गतिविधि, मौसमी आवागमन तथा बसाइँसराइ, परिवारबाट अस्थायी रूपमा अलग हुनुपर्ने अवस्था तथा सूचना प्रविधिको बढ्दो प्रयोगलाई समेत ध्यानमा राखी, बालबालिकाको सर्वोत्तम हित, भेदभावरहितता, जीवन, विकास, संरक्षण तथा बाल सहभागिताका सिद्धान्तलाई स्थानीय शासनको नीति, योजना, कार्यक्रम, सेवा प्रवाह तथा संस्थागत व्यवहारमा मूलप्रवाहीकरण गर्न चुमनुव्री गाउँपालिकाले यो मापदण्ड बनाएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस मापदण्डको नाम "चुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३" रहेको छ। (२) यो मापदण्ड गाउँ कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। २. उद्देश्य