Notice Park
House of Representatives, Nepal
Others

सूचनापत्र २०८३-०५-३०

Summary

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:२५ बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत, क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था र सडकको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन = A बैठक सङ्ख्या- ५४ = सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) २०८३ साल भदौ ३० गते मङ्गलबार प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:२५ बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत, क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था र सडकको पुनर्निर्माण गर्नुपर्ने, विद्यालय सुचारु गरी अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने तथा घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, अस्पतालको आईसीयूजस्तो संवेदनशील कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने, कोठा खोज्ने क्रममा भएको जातीय विभेदमा संलग्न "मामा-भान्जा" कम्पनीलाई कानुनी कारबाही हुनुपर्ने, जाजरकोटको ताक्सुगाडमा बाढी र पहिरोका कारण बेपत्ता भएका दुईजना नागरिकको खोजी गर्नुपर्ने तथा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड तथा एकल र साझा अधिकारका विषयमा द्विविधा उत्पन्न भएको, शासकीय स्वरूप, सङ्घीयता, गणतन्त्र, संवैधानिक आयोगको प्रभावकारिता र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत विषयहरूमा संविधान पुनरावलोकन आवश्यक रहेकोले बहसपत्र निर्माण गरिएको, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को कोटगाउँमा गत भदौ २८ गते भएको जीप दुर्घटनामा सवारी चालक सुन्दर खड्का मगर र विद्यार्थी प्रेमकला पुन मगरको घटनास्थलमै मृत्यु भएको र घाइते भएका ११ जनाको हेलिकप्टरमार्फत्‌ उद्धार गरी सुर्खेत र कोहलपुरमा ल्याइ उपचार भईरहेकाले दुर्घटनाका कारणहरू पहिचान गरी सुरक्षित सडक पूर्वाधार निर्माण गर्नुपर्ने, भोटेकोशी बाढीमा पहिचान भइसकेका शव तत्काल परिवारलाई हस्तान्तरण गर्नुपर्ने साथै प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिन बित्दा पनि रिपोर्ट नआएकाले राज्य संवेदनशील हुनुपर्ने, बाढीबाट प्रभावित बालबालिकाको मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्शका लागि सरकारले तत्काल अस्पताल तथा पुनर्स्थापना केन्द्रको व्यवस्था गर्नुपर्ने, तिजको दिन नवलपुर घर भएकी ४० वर्षिय उनिसरा बिकलाई आफ्नै श्रीमानले घाटी रेटेर हत्या गरेको हुँदा दोषीलाई कारबाही हुनपर्ने, गत भदौ २९ गतेको अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढीले काठमाडौं र भक्तपुरका नदी तटीय पुच्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण, महोत्तरीको बलवा नगरपालिकाका विवेक सरदारको हत्या गरी शवलाई टुक्रा टुक्रा पारी सेफ्टी ट्याङ्कीभित्र लुकाइएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, अविरल वर्षाका कारण दार्चुलाको ब्यास गाउँपालिका र नौगाड गाउँपालिकामा जमिन भाँसिदा घरहरू क्षतिग्रस्त भई गाउँ नै जोखिममा परेकोले विस्थापित नागरिकहरूलाई तत्काल व्यवस्थापन गर्नुपर्ने, बझाङको खप्तडछान्ना गाउँपालिका-७ का जितेन्द्र खड्का गत भदौ २३ गते घरबाट जंगली च्याउ टिप्न गएकोमा हालसम्म उहाँको अवस्था अज्ञात रहेकाले सरकारले खोजी गर्नुपर्ने, गुल्मीको मदाने गाउँपालिका-४ का डालकुमार खत्रीको भतिजीको घरमा गएको अवस्थामा बँदेलबाट खेतबारीको अन्न बाली जोगाउन छिमेकीले प्रवाह गरेको करेन्ट लागी मृत्यु भएको र मुसिकोट नगरपालिका-५ की कल्पना पुन माइती जाने क्रममा निस्ती खोलाले बगाएर मृत्यु भएको लगायतका समसामयिक विषयमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयोः- १. HO रमेश कुमार मल्ल ७. मा० गणेश सिंह ठगुन्ना २. मा० समिक्षा बास्कोटा 5. Wo मोहनलाल आचार्य ३. मा0 पार्वती वि.क. ९, मा० खडक बहादुर बुढा ४. मा० मनिष खनाल १०. Ao गोपाल शर्मा ५. मा० सुनिल के.सी. ११. Ao ऐन बहादुर महर & Wo दिपक कुमार साह (महोत्तरी) १२. HO गोविन्द पन्थी १३. मा० खुश्वु ओली १८ ० ww गी ९. qo ११. १२. १३. १४ १५. १६. Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० Ho मा० चन्द्रमोहन यादव जगत प्रसाद जोशी जगदिश खरेल (ललितपुर) जनक सिंह धामी झवि लाल डुम्रे टुकाभद्रा हमाल ठाकुर सिंह थारु तारा विश्वकर्मा ताहिर अली भाट दिपक राज बोहरा देवराज पाठक धन बहादुर बुढा धर्मराज के.सी नरेन्द्र कुमार केरुङ नरेन्द्र कुमार गुप्ता नितिमा भण्डारी (कार्की) १४. मा० इन्दिरा राना मगर त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- aro निराशा चौधरी डगौरा . मा० निश्कल राई - मा० नीनु कुमारी कर्ण मा० पबित्रा वि.क. मा० पुकार बम . मा० पूर्ण प्रसाद लिम्बु मा० प्रकाश पाठक मा० प्रकाश सिंहकार्की मा० प्रदिप विष्ट mo प्रमिला कुलूजु ATO VAT कुमार हमाल मा० प्रशान्त उप्रेती - मा० प्रेम बहादुर बयक . मा० प्रेम लाल चौधरी मा० बदन कुमार भण्डारी . मा० प्रकाश चन्द्र परियार तदुपरान्त नेकपा (एमाले) संसदीय दलका उपनेता माननीय पद्मा कुमारी अर्यालले विपद्‌ व्यवस्थापन र राहत बितरणमा सरकारको एकलौटी शैलीको आलोचना गर्दै विपद्पछिको पुनर्निर्माणलाई तीव्रता दिन राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकार सम्पन्न बनाउँदै “विशेष पुनर्निर्माण प्राधिकरण" गठन गर्नुपर्ने साथै राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन “सर्वदलीय विशेष संसदीय समिति" गठन गर्न माग गर्नुभयो। तत्पश्चात्‌ प्रारम्भ भएको विशेष समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयमा आआफ्नो भनाइ राख्नुभयोः- १. २ क. ९ om we Kw मा० मा० मा० मा० मा० मा० मा० मा० मा० १०. ATO मोहनलाल आचार्य नरेन्द्र कुमार केरुङ अर्जुन कुमार कार्की युवराज दुलाल आरेन राई खुश्वु ओली गजला समिम मिकरानी प्रकाश सिंह कार्की एशुदा कुमारी बराल सुशीला ढकाल (आचार्य) ११. १२. १३. १४ १५. १६. १७ 45. 48. मा० गणेश कार्की मा० राधिका रम्तेल मा० प्रभा कार्की मा० बसुमाया तामाङ्ग मा० आनन्द बहादुर चन्द मा० गोविन्द पन्थी मा० बुद्धिप्रसाद पन्त मा० ललिता कुमारी मा० सोम शर्मा यसैबीच मा० युवराज दुलालले बोली सकेपछि मा० ऐन बहादुर महरले नियमापत्ति गर्नुहुँदै सभामुख र वक्ता माननीय सदस्यको बीचबाट माननीय गृह मन्त्री सुधन गुरुङ हिँडनु भएकाले प्रतिनिधि सभा नियमावलीको नियम २० को उपनियम ६ बजोजिम सदनको मर्यादा विपरीत भएको भन्नुहुँदै सदनको मर्यादा जोगाउने जिम्मेवारी सत्तापक्ष र सरकारको पनि भएको भन्दै रुलिङको माग गर्नुभएपछि सम्मानीय सभामुखले यस विषयतर्फ सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउनुभयो | त्यसपछि प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद-८ बमोजिमको प्रश्नोत्तर कार्यक्रमअन्तर्गत परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा Ho परराष्ट्र मन्त्री शिशिर खनालले मा० सीता थपलियाले सोध्नुभएको प्रश्न (प्रश्न नै १२) को जवाफ दिनुभयो। तदुपरान्त भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा माननीय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मा० युवराज दुलालले सोध्नुभएको प्रश्न (प्रश्न ने १३) को जवाफ र पूरक प्रश्नको समेत जवाफ दिनुभयो। तत्पश्चात्‌ माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "एशियाली विधायिकी संस्थाहरूको परिषद्‌ (Council of Asian Legislative Institutions- CALI को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस्‌" भनी राख्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। त्यसपछि सम्माननीय सभामुखले उक्त सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणामाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २२७ बमोजिम कुनै पनि माननीय सदस्यको संशोधनको सूचना प्राप्त नभएको जानकारी गराउनुभयो। तदुपरान्त उक्त सम्मिलनमाथिको छलफलमा माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जवाफ दिनुभयोः- १. मा0 प्रमिला Saat ७. Ao निश्कल राई २. Fo तारा प्रसाद जोशी ५. मा० साजिदा खातुन सिद्धिकी ३. मा० गणेश बहादुर विश्वकर्मा ९. मा० पार्वती वि.क. ४. मा० सरस्वती लामा १०. मा० गुरु प्रसाद बराल ५. HO अमृता वि.क. ११. मा० ज्ञानु पौड्याल ६. AO राधिका रम्तेल १२. मा० एशुदा कुमारी बराल यसैबीच मा० साजिदा खातुन सिद्धिकी बोलीसकेपछि सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २२७ मा सन्धिमा कुनै आरक्षण राख सकिने रहेछ भने वा त्यस्तो सन्धिको कुनै प्रावधानको व्याख्या नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरी घोषणा गरेको भए सो विषयमा मात्र सिमित रही संशोधन पेस गर्न सकिने व्यवस्था रहेको तर माननीय सदस्यले एशियाली विधायीकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनको आरक्षणसम्बन्धी व्यवस्था बाहिर गई दफा १० माथि संशोधन दर्ता गराउनु भएको देखिएकोले उक्त संशोधन प्रतिनिधि सभा नियमावलीबमोजिम नभएकोले माननीय सदस्यको संशोधन अस्वीकृत गरिएको बेहोरा जानकारी गराउनुभयो | तत्पश्चात्‌ माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "एशियाली विधायिकी संस्थाहरूको परिषद्‌ (Council of Asian Legislative Institutions- CALI) को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्‌” भनी राख्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले पारित भयो। त्यसपछि मिति २०८३ भदौ २६ गतेको बैठकमा मा० खगेन्द्र सुनारले शून्य समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको “कहिले पनि" भन्ने वाक्यांशदेखि “आरोप गम्भीर हुन्छ" भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्नुभयो। तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक २०८३ भदौ ३१ गते बुधबार दिनको १:०० बजे बस्ने गरी साँझ ५:५० बजे स्थगित भयो। पद्म प्रसाद पाण्डेय महासचिव aw

Like

0

Views

0

Comments

0

Share

0

Save

Report