पोषिलो झोला कार्यक्रम संचालन कार्यविधी २०८३ (संशोधित) ८३/८४ 09/29/2026 - 18:55 पोषिलो झोला कार्यक्रम संचालन कार्यविधी २०८३ संशोधित
Summary
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। संविधान तथा प्रचलित संघीय, प्रदेश र स्थानीय कानूनले स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा, पोषण, मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा प्रवर्धन गर्ने जिम्मेवारी प्रदान गरेको छ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 80645153-5c3a-410c-b9e9-f294e03b14dc.pdfPDF · 13 pages · 245 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्ड ९ संख्या २३ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चुमनुब्री गाउँपालिका स्थानीय राजपत्र खण्ड: ९ संख्या : २३ मिति : २०८३/०६/१३ भाग-२ पोसिलो झोला कार्यक्रम सञ्चालन कार्यविधि, २०८३(संशोधित) (पहिलो पटक कार्यपालिकाबाट स्वीकृत मिति:२०७८ 192195) चुमनुव्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड ९ संख्या २३ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। संविधान तथा प्रचलित संघीय, प्रदेश र स्थानीय कानूनले स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा, पोषण, मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा प्रवर्धन गर्ने जिम्मेवारी प्रदान गरेको छ। चुमनुब्री गाउँपालिकाको भौगोलिक विकटता, स्वास्थ्य संस्थासम्मको दूरी, यातायात तथा सञ्चारको सीमितता र गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्य संस्थामा रहनुपर्ने अवस्थालाई दृष्टिगत गरी संस्थागत प्रसूतीलाई प्रोत्साहन गर्ने, सुत्केरी अवस्थामा आवश्यक पोषणयुक्त खानाको व्यवस्थापन गर्ने, उत्तरप्रसूती सेवाको निरन्तरता कायम गर्ने तथा मातृ र नवजात शिशुको स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको पोषिलो झोला कार्यक्रमलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी र एकरूप रूपमा सञ्चालन गर्न आवश्यक भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (७) बमोजिम चुमनुव्री गाउँ कार्यपालिकाले यो कार्यविधि जारी गरेको छ। परिच्छेद--१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम “पोषिलो झोला कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ (पहिलो संशोधन)” रहेको छ। (२) यो कार्यविधि चुमनुव्री गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। (३) यो कार्यविधि चुमनुव्री गाउँपालिकाभित्र सञ्चालन हुने पोषिलो झोला कार्यक्रम तथा यस अन्तर्गतको सुत्केरी भान्साघर/पोषिलो खानपान व्यवस्थापनमा लागू हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-- (क) “गाउँपालिका” भन्नाले चुमनुव्री गाउँपालिकालाई सम्झनुपर्छ। (ख) “कार्यपालिका” भन्नाले चुमनुव्री गाउँ कार्यपालिकालाई सम्झनुपर्छ। (ग) “स्वास्थ्य शाखा” भन्नाले चुमनुब्री गाउँपालिकाको स्वास्थ्यसम्बन्धी कार्य हेर्ने शाखा वा इकाइलाई सम्झनुपर्छ। (a) “स्वास्थ्य संस्था” भन्नाले गाउँपालिका अन्तर्गत वा प्रचलित कानूनबमोजिम गाउँपालिकाभित्र सेवा सञ्चालन गर्ने स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ, वर्थिङ सेन्टर वा प्रसूती सेवा उपलब्ध गराउने अन्य स्वास्थ्य संस्थालाई सम्झनुपर्छ |