पदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ ८३/८४ 09/29/2026 - 18:54 पदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३
Summary
चुमनुब्री गाउँपालिका हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा अवस्थित रहेको र गाउँपालिकाभित्रका पर्यटकीय पदमार्गहरू स्थानीय बासिन्दा तथा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतका लागि महत्वपूर्ण रहेको सन्दर्भमा वर्षायाममा हुने पहिरो, भूक्षय, ढल तथा पानी निकासमा अवरोध, झाडी तथा घाँसको वृद्धि, प्लाष्टिकजन्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4418c34b-a8e8-46db-8d87-ad12c94f44f4.pdfPDF · 19 pages · 371 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्ड ९ संख्या २२ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० ०० स्थानीय राजपत्र खण्ड:९ संख्या : २२ मिति : २०८३/०६/१३ भाग-२ पदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ चुमनुब्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड ९ संख्या २२ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना चुमनुब्री गाउँपालिका हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा अवस्थित रहेको र गाउँपालिकाभित्रका पर्यटकीय पदमार्गहरू स्थानीय बासिन्दा तथा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतका लागि महत्वपूर्ण रहेको सन्दर्भमा वर्षायाममा हुने पहिरो, भूक्षय, ढल तथा पानी निकासमा अवरोध, झाडी तथा घाँसको वृद्धि, प्लाष्टिकजन्य तथा अन्य फोहोरको संकलन तथा व्यवस्थापन लगायतका कारण पदमार्गको नियमित सञ्चालनमा समस्या उत्पन्न हुने गरेको छ। पर्यटकीय पदमार्गलाई सुरक्षित, सफा, व्यवस्थित तथा नियमित रूपमा सञ्चालनयोग्य राख स्थानीय स्तरमा उपलब्ध श्रमशक्तिको परिचालन गरी सानातिना मर्मत, सरसफाई तथा संरक्षणका कार्य नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित अन्य कानूनको अधीनमा रही यो कार्यविधि तर्जुमा गरिएको छ। परिच्छेद--१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम “चुमनुव्री गाउँपालिकाको पदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३”रहेको छ। (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। २. उद्देश्य यस कार्यविधिका उद्देश्य देहायबमोजिम हुनेछन्- (क) गाउँपालिकाभित्रका पर्यटकीय तथा सार्वजनिक पदमार्गलाई नियमित रूपमा सफा, सुरक्षित र सञ्चालनयोग्य राख्ने, (ख) पदमार्गमा आएका सानातिना पहिरो, ढुंगा, माटो तथा अन्य अवरोध हटाउने, (ग) पदमार्गका ढल, नाली तथा पानी निकासका संरचना सफा तथा सामान्य मर्मत गर्ने, (घ) पदमार्गमा रहेको झारपात, झाडी तथा अन्य अवरोध हटाउने,