प्रेस विज्ञप्ति
Files
- d7d7c97f-f92f-4931-b07f-b569e8cd9872.pdfPDF · 4 pages · 765 KBOpen
Key details
- Organization
- Ministry of Agriculture, Forests and Environment
- Industry
- Ministry
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या : चलानी नं. : नेपाल सरकार Waa, : ३४८७ कृषि, वन a T CQoyraca सिंहदरवार, काठमाडौं 9 oS aero प्रेस विज्ञप्ति मितिः २०८३ कात्तिक ५ गते हानिनोक्सानी कोष (Fund for Responding to Loss and Damage-FRLD) बाट नेपाललाई २० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय २०८३ साल भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको जलवायुजन्य विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। उक्त विपद्रमा परी करिब 1400 जनाले ज्यान गुमाएका तथा ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको प्रारम्भिक विवरण छ। त्यसका अतिरिक्त करिव १५००० भन्दा बढी परिवारका करिव ६० हजार भन्दा बढी प्रत्यक्ष प्रभावित भएका छन् | यस विपद् बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले भरमग्दुर प्रयास गरेको र यस कार्यमा अन्तराष्ट्रिय समुदाय, बिकास साझेदार, निजि क्षेत्र, जैर-सरकारी क्षेत्र तथा मेडिया वर्गको उल्लेख्य सहयोग रहेको छ | यसै सन्वरजमा भेटे कोशी गिती nar btn ar mt ade कि गन तथा weed भोटे कोशी-व्रिशुली क्षेत्रका वाढी प्रभावित समुदायलाई द्रुत गतिमा सहयोग गर्नका लागि गत अगस्त ३१ मा माननीय अर्थसन्त्री डा. स्वर्थिम बारले तथा कषि वन तथा न श्री गीता are हानीनोक्सानी कोषको शासकीय दस्तावेज (Governing Instrument) तथा कोषको उद्देश्य अनुरूप भोटेकोशी-त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई शीघ्र सहयोग उपलब्ध गराउन बोर्डसमक्ष विशेष अनुरोध गर्नुभएको थियो । उक्त अनुरोध पत्रलाई लिएर बोर्डले विभिन्न चरणमा छलफल गरेको थियो | हाल नेपालमा गएको जलवापुजन्य विपद्का कारण उत्पन्न मानवीय र आर्थिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै बोर्ड सदस्य तथा वैकल्पिक सदस्य बीच पटक पटक र विभिन्न चरणमा छलफल भए अनुसार आज सन् २०२६ अक्टोबर २२ (२०८३ कात्तिक ५ गते) मा बसेको बोर्डको विशेष बैठकले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। बोर्डको निर्णय प्रक्रियाको पृष्ठभूमि:भदौ १० गते भोटेकोशी-व्िशुली नदीमा आएको बाढी तथा पहिरोबाट उत्पन्न जलवायुजन्य प्रभावलाई मध्यनजर गर्दै ३१ अगष्टमा नेपाल सरकारले हानिनोक्सानी कोषको बोर्डसमक्ष सहयोगका लागि अनुरोध गरेको थियो।' उक्त अनुरोधलाई सम्बोधन गर्न विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरूबीच पटक-पटक बिभिन्न चरणमा अनौपचारिक छलफल भएको थियो। नेपालको अनुरोधका आधारमा विकासशील तथा बिकसित राष्ट्रहरूको प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू र विभिन्न क्षेत्रीय वार्ता समूहहरूबीच छलफल तथा समन्वय गरिएको, जस्तो विकाशील राष्ट्रहरुको प्रतिनिधित्त्व गर्ने अतिकम विकसित राष्ट्रहरूको समूह (Least Developed Countries Group— Loc Group), साना टापु विकासशील tT! रो समूह (Small island Developing States-SIDS Group), फोन नं. :- ४२११७०३, ४२११७३७, ४२१११४४, BYTES, फूयाक्स नं. :- ४२११८६ट Page L कषि oe हु Waa. : ३४८७ फि, वन a irae सन्त्रालय सिंहदरवार, काठमाडौं : सर g amis : hag eae एसिया-प्रशान्त समूह (Asia-Pacific Group—APG), अफ्रिकी राष्ट्रहरुको समूह (african States), पूर्वी युरोपेली राष्ट्रहरूको समूह (Eastern European States), ल्याटिन अमेरिका तथा क्यारिबियन राष्ट्रहरूको समूह (Latin American and Caribbean States) ¢ पश्चिमी युरोप तथा अन्य राष्ट्रहरुको समूह (Western European and Other States) लगायत रहेका थिए। त्यसै गरी विकसित राष्ट्रहरुको प्रतिनिधित्व गर्ने बोर्ड सदस्य तथा वैकल्पिक सदस्यहरु बीच पनि पटक पटक विभिन्न चरणमा छलफल गरी आजको विशेष वैठक मार्फत नेपाललाई सहयोग गर्ने सहमति भएको थियो । यस भन्दा अगाडि बोर्ड सदस्यहरू बीच विभिन्न चरणमा भएका छलफल तथा परामर्शपछि सन् २०२६ सेप्टेम्बर २ तारिखमा आठ जना बोर्ड सदस्यहरू र छ जना वैकल्पिक बोर्ड सदस्यहरूले संयुक्त रुपमा हस्ताक्षर गरी बोर्डको विशेष बैठक (Extraordinary meeting) वस्न सह-अध्यक्षलाई अनुरोध गरेका थिए। त्यसपछि विकासशील तथा विकसित राष्ट्रहरुको प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरूबीच निरन्तर छलफल तथा सचिवालयसँग परामर्श पश्चात नेपाललाई सहयोग उपलब्ध गराउने विषयमा साझा धारणा बनाउन सम्भव भएको थियो। विशेष आज भएको बोर्डको निर्णयअनुसार कोषमा उपलब्ध रकममध्ये २१.६ मिलियन अमेरिकी डलर छुट्टै विनियोजन गरिने Bt हाल प्रचलनमा रहेको Barbodos Implementation Modality (810) संयन्त्रको प्रक्रिया भित्र रही नेपाललाई भोटे-कोशी क्षेत्रको बाढीको सम्बोधन गर्ने प्रयोजनका लागि छुट्टै आयोजना प्रस्ताव पेश गर्न राष्ट्रिय सम्पर्क अधिकृत मार्फत अनुरोध गरीने छ। त्यसपछि बोर्डको निर्णय अनुसार सचिवालयले उपलव्ध गराएको कार्यविधि र प्रक्रियामा आधारित रही नेपालले फिल्डमा अति आवश्यक जलवायु कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव तयार गरी पेश गर्नुपर्ने छ। नेपाल सरकारको तर्फबाट आभार तथा धन्यवाद: भोटेकोशी-त्रिशुली नदीमा आएको जलवायुजन्य जोखिमबाट उत्पन्न गम्भीर मानवीय, सामाजिक तथा आर्थिक चुनौतीको सामना गरिरहेको वर्तमान अवस्थामा नेपाल सरकारको अनुरोधलाई उच्च महत्त्व दिई हानिनोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर अर्थात् करिब तीन अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएकोमा नेपाल सरकार तथा कृषि, वन तथा पर्यावरण मन्त्रालय हानिनोक्सानी कोषको बोर्ड प्रति हार्दिक आभार व्यक्त गर्दछ । नेपाललाई सहयोग उपलब्ध गराउने प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका निर्वाह गर्नुभएका कोषका सह-अध्यक्षहरू क्यामिला मिनर्भा रोड्गिज टाभारेज (camila Minerva Rodriguez Tavarez), डोमिनिकन गणतन्त्र, तथा जर्ज बोर्स्दिङ (Georg 8015078), नर्वेलाई नेपाल सरकार हार्दिक धन्यवाद दिन चाहन्छ। त्यसैगरी, नेपालको अनुरोधलाई उच्च प्राथमिकता दिई निर्णय प्रक्रियामा सहयोग, सहकार्य र समन्वय गर्नुहुने सम्पूर्ण बोर्ड सदस्य तथा वैकल्पिक बोर्ड सदस्यहरूप्रति नेपाल सरकार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। यसका अतिरिक्त, नेपालको अनुरोधलाई सम्बोधन गर्न बोर्डका सह-अध्यक्षहरू, बोर्ड सदस्यहरू, न्यु ्े TA सल्लाहकारहरूसँग निरन्तर समन्वय र PageZ