अधिवेशन-२१, सङ्क्षिप्त विवरण (सूचनापत्र - २) बैठक सङ्ख्या -४४, २०८३-०५-२४
Summary
(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चवालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ARTS १:२७ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2eb2e593-c610-45f0-bee4-ea991dd62db4.pdfPDF · 4 pages · 223 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा बैठक प्रारम्भ : १:२७ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :३:१७ बजे & बैठक-४४ सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्बतः- ११४६ २०८३ भदौ २४ गते बुधबार सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चवालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ARTS १:२७ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयोः माननीय सदस्य कृष्ण बहादुर रोकायले भोटेकोसी बाढीले सबैभन्दा बढी ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र बालबालिका धेरै प्रभावित भएको र प्रभावितको स्वास्थ्यलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य घनश्याम रिजालले विपद् पछिको शुरुवाती दिनमा जस्तो सरकारले तत्परता देखाउन नसकेको, प्रदेश र स्थानीय तहसँग प्रभावकारी समन्वय हुन नसकेको, सुरुङभित्र उद्धार कार्यमा ढिलाइ भएको तथा दोलखाको च्छोरोल्पा हिमताललगायत जोखिमपूर्ण क्षेत्रमा पूर्वसूचना प्रणालीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य पदम बहादुर परियारले कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या भएकोले वैज्ञानिक उपाय अबलम्बन गरी यथाशिघ्र संचालनमा ल्याउन तथा यस संकटको घडीमा हवाई भाडादर वृद्धिमा आवश्यक निगरानी गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य पुजा चौधरीले बाढी पीडितलाई सामाजिक सञ्जालमार्फत गाली-गलौज, घृणा फैलाउने कार्य रोक्नुका साथै अराजकता फैलाउने व्यक्तिलाई कानूनी प्रक्रियामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रुकमिणी कोइरालाले हाम्रो भूमिका नरहँदा समेत यो स्तरको महाविपत्ति भोग्न बाध्य भएको उल्लेख गर्दै प्रभावितलाई छिटो, छरितो राहत, उद्धारको कार्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रेनु चन्दले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गरेको भनी मिथ्या सूचना दिई दुष्प्रचार गरेकाले जवाफका लागि रुलिङ गर्न सम्माननीय अध्यक्षज्यूलाई आग्रह गर्नुभयो | माननीय सदस्य विष्णु कुमारी सापकोटाले वि.पी जन्मजयन्तीमा श्रद्धासुमन व्यक्त गर्दै विपद्पश्चात खाना पकाउने ग्याँस आपूर्ती असहज भइरहेकाले आपूर्ती प्रणाली पारदर्शी बनाउन, कालो बजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न र नागरिकलाई सहजरुपमा ग्याँस उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य विष्णु देवी पुडासैनीले बाढी पहिरो पछि राहत, उद्धारमा केन्द्रित हुन तथा पीडित परिवारका लागि गास, बास, कपास, औपधि उपचार छिटो पुन्याउन स्थानीय सरकारलाई स्रोत साधन सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य बिष्णु बहादुर विश्वकर्माले जेन-जी आन्दोलन सम्बन्धी गौरी बहादुर कार्की संयोजक रहेको आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न तथा दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले आधुनिक उद्धार सामाग्री, उपकरण र प्रविधिको प्रयोग गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारकार्य प्रभावकारी तुल्याउन नसकेको जिकीर गर्दै विपद् पश्चातको राहत वितरण, शव व्यवस्थापनलाई स्थानीय तहसम्म समन्वय गरी वैज्ञानिक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो | सम्माननीय त्यसपछि, सम्माननीय अध्यक्षले बिशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य पदम बहादुर परियारले महामानव वि.पि. कोइरालाको योगदानको स्मरण गर्दै श्रद्धासुमन प्रकट गर्नुभयो । जेन-जी आन्दोलनका कारणबारे विवेचना गर्दै प्रतिनिधि सभाको विघटन, तत् पश्चातको निर्वाचनमार्फत प्राप्त जनादेश, व्यक्त प्रतिबद्धता र सरकारको कार्यशैलीबारे प्रश्न उठाउनुभयो | सरकार परिवर्तन मात्रैले जेन-जी आन्दोलनको मर्मलाई सम्बोधन गर्न नसक्ने उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरण, बेरोजगारीको अन्त्य, प्रणालीगत सुधार, जनअपेक्षाको सुनुवाई, राजनीतिक संस्कारमा परिवर्तनजस्ता पक्षमा ध्यान दिन सम्पूर्ण राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराउनुभयो I माननीय सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ गोरखालगायतका जिल्लाहरुमा भएको जनधनको क्षति, प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापन र पुनःनिर्माणमा देखिएका समस्याहरुबारे विशेष ध्यानाकर्षण गराउनुभयो। प्रभावित जिल्लाका ऐतिहासिक स्थलको पहिचान नै नष्ट भएको, अशक्त तथा असहाय नागरिक अझ धेरै प्रभावित भएको, नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको, ठूलो मानवीय तथा भौतिक क्षति भएकोले स्थानीय तथा प्रदेश सरकारसँग उपयुक्त समन्वय, सर्वदलीय तथा राष्ट्रिय समन्वय परिषद्को बैठक आवह्वानलगायत विषयमा ध्यानाकर्षण गराउनुभयो। विपद् प्रतिकार्यलाई विशेष प्राथमिकता दिँदै पूर्वसूचना प्रणाली, जोखिम क्षेत्र पहिचान, आधुनिक प्रविधि, दक्ष जनशक्तिको प्रबन्ध, क्षमता विकाससँगै जलवायू न्याय र प्रभावकारी कुटनीति सञ्चालन पुनःनिर्माणका लागि विशेष प्याकेज घोषणा गर्दै सुरक्षित, जलवायू अनुकूल तथा उत्थानशील पुनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य प्रेमप्रसाद दंगालले जेन-जी आन्दोलनका कारणहरु तथा सो क्रममा भएका घटनाक्रमहरुको विवेचना गर्दै निर्वाचित सरकारले लोकतान्त्रिक प्रक्रिया एवम् विधिको शासन प्रतिकूलका गतिविधिहरु गरिरहेको जिकिर गर्नुभयो । तत्कालिन के.पी शर्मा ओलीको सरकारले गरेका विकास निर्माणका गतिविधि एवम् राष्ट्रियताको अडानका कारण राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिले सरकार परिवर्तन गराएको उल्लेख गर्नुभयो | भोटेकोशी बाढीमा समयमा उद्धार गर्न नसकेको, अध्यादेशमार्फत शासन सञ्चानलनको प्रयास गरेको, सुकुम्बासी व्यवस्थापन हुन नसकेको, उच्च महङ्गी न्यूनीकरण हुन नसेकको, सामाजिक वितरण प्रणालीको अप्रभावकारिता जस्ता विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो |