सूचनापत्र २०८३-०६-०८
Summary
(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता हटाउन सरकारको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 71db3ce9-d439-4dfa-9ecd-511acbe245bd.pdfPDF · 4 pages · 567 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या- ६० र ६१ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) ( ‘ 4 २०८३ साल असोज ०८ गते बिहीबार प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीको उद्धारमा देखिएको कानुनी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराउँदै दुर्गम क्षेत्रका नागरिकका लागि आपत्कालीन स्वास्थ्य सेवा, हेलिकप्टर र पूर्वाधार तयारीलाई प्राथमिकतामा राख्नुपर्ने, कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशख्र प्रहरी उपरीक्षक (एसपी) लाई तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी अधिकृतलाई कारबाही गर्नुपर्ने साथै सुरक्षा निकाय तथा राजस्व प्रशासनबीच समन्वय कायम गर्नुपर्ने, न्यूनचापीय प्रणालीका कारण भारी वर्षाको सम्भावना बढेसँगै बाढी र पहिरोको जोखिमबारे सतर्कता अपनाउनुपर्ने भन्दै सरकारले समयमै नागरिकलाई सचेत गराउनुका साथै एफ.एम., टेलिभिजन, मोबाइल एप्स, कल रिङ ब्याक टोन र सामाजिक सञ्जालमार्फत बाढी पहिरोबारे पूर्व-सूचना दिनुपर्ने लगायतका विषयमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयो:- १. मा ज्ञानेन्द्र सिंह महता ३. मा० धनन्जय रेग्मी २. मा० टिका संगौला त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- १. मा० ललिता कुमारी १5. AO सागर भुसाल २. मा० लक्ष्मी प्रसाद पोखरेल १९. मा० साजिदा खातुन सिद्धिकी ३. मा० लाल बिक्रम थापा २०. मा० सिताराम साह ४. मा० डा. लेखजँग थापा २१. मा० सिर्जना श्रेष्ठ ५. मा० विक्रम थापा २२. मा० सुजाता तामाङ ६. मा० विपिन कुमार आचार्य २३. मा० सुनिल के.सी. ७. मा९ वोध नारायण श्रेष्ठ २४, मा० सुरेश कुमार चौधरी ५. WO शम्भु प्रसाद ढकाल २५. मा० सुशील खड्का ९. मा० शिव शंकर यादव २६. मा० सुशीला ढकाल आचार्य १०. मा० शोभा खनाल २७. मा० सुष्मा स्वर्णकार (डिम्पल) ११. मा० श्रद्धा कुँवर क्षेत्री २८.मा० सोम शर्मा १२. मा० श्रीधर पोख्रेल २९. मा० स्मृति सेन्चुरी १३. मा० श्रीराम न्यौपाने ३०. मा० हरि मोहन भण्डारी १४, मा० सन्तोष राजवंशी ३१. मा० हरी प्रसाद भुसाल १५. मा० समिना मिया ३२, मा० ज्ञानु पौड्याल १६. मा० समिक्षा बास्कोटा ३३. मा० सुम्निमा उदास १७. मा० सरस्वती लामा तदुपरान्त महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भोटेकाशी बाढीबाट प्रभावित विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा आएको, १५ स्थानीय तहमा बाल संरक्षण समन्वय संयन्त्र गठन गरिएको, ४० बालमैत्री केन्द्र सञ्चालनमा ल्याइएको, जटिल प्रसूति अवस्थाका ११ गर्भवती महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा उपचार गरिएको लगायतका विषयहरूमा सदनलाई जानकारी गराउनुभयो | प्रारम्भ भएको विशेष समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- १. मा० अनुष्का श्रेष्ठ १३. मा० जगदिश खरेल (ललितपुर) २. Ho मदन कृष्ण श्रेष्ठ १४, मा० teat Fare ३. HO We प्रसाद बराल १५. मा० प्रमिला कुलूजु ४. मा० रमेश कुमार मल्ल १६. AIO WaT ढकाल ५. मा राधिका रम्तेल १७. मा० जनक सिंह धामी ६. मा0 खुश्बु ओली qs. मा० सागर ढकाल ७. मा0 सूर्य बहादुर तामाङ्ग १९. ATO गणेश धिमाल ५. मा० नानु कुमारी कर्ण २०. मा० पुष्पा कुमारी चौधरी ९. Ao लक्ष्मी प्रसाद पोखरेल २१. मा० तौफिक अहमद खान १०. मा९ पूर्ण प्रसाद लिम्बु २२. मा० बब्लु गुप्ता ११. मा प्रशान्त उप्रेती २३. मा० जगत प्रसाद जोशी १२. मा० गंगा लक्ष्मी अवाल २४. मा० राम लामा यसैबीच मा० गुरु प्रसाद बराल बोलीसकेपछि मा० यज्ञमणि न्यौपानेले नियमापत्ति गर्नुहुँदै अदालतमा रहेको सिन्डिकेट हटाइ अदालतलाई सक्षम बनाउनुपर्छ भनेर संविधानबमोजिम नै आफूले बोलेको भन्नुभयो। त्यसैगरी मा० गुरु प्रसाद बरालले नियमापत्ति गर्नुहुँदै अदालतका फैसलाहरु अध्ययन गर्ने काम न्याय परिषद्को रहेको भन्नुहुँदै अदालतमाथि चौतर्फी हमला गरेर अदालतको मानमर्दन गर्ने कार्य स्वीकार्य नहुने भन्नुभयो। त्यसपछि माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो | तत्पश्चात् उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३" प्रस्तुत गर्नुभयो। तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक आजै १५ मिनेटपछि वस्ने गरी दिनको २:०५ बजे स्थगित भयो। प्रतिनिधि सभाको आजको दोस्रो बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको २:३५ बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | त्यसपछि उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिनुभयोः- १. माप गंगा लक्ष्मी अवाल & HO धनन्जय रेग्मी २. मा० अशोक कुमार चौधरी ७. मा० माधव बहादुर थापा न्यौपाने ३. मा० बलाकती शर्मा ५. मा श्रीराम न ४. मा० भरत गिरी ९. HO आशिष गजुरेल ५. Ho सुशीला ढकाल आचार्य १०. मा० शोभा खनाल ११. मा० खुश्बु ओली २९. Wo अम्बिका देवी संग्रौला १२. मा० प्रकाश चन्द्र परियार ३०. ATO तोसिमा कार्की १३. मा० धर्मराज केसी ३१. मा पार्वती वि.क १४. HO सुशील खड्का ३२. मा० यज्ञमणि न्यौपाने १५. HO नितिमा भण्डारी कार्की ३३. मा० हरी मोहन भण्डारी १६. मा० अमृता वि.क ३४. मा० पुकार बम १७. मा० अफ्साना बानु ३५. HO एशुदा कुमारी बराल १५. मा० मन्जु भुसाल ३६. मा० कमल सुवेदी १९. मा० गणेश कार्की ३७. मा० राधिका रम्तेल २०. ATO गोपाल शर्मा ३८. मा० ज्ञानु पौड्याल २१. मा० जनक सिंह धामी ३९. मा० समिक्षा बास्कोटा २२. मा० मोहन लाल आचार्य ४०. Ao ओजश्ची शेरचन २३. मा० परशुराम तामाङ्ग ४१. मा० आसिका तामाङ २४. Ao wala विष्ट ४२. मा० प्रेम लाल चौधरी २५. मा० गजाला समीम मिकरानी ४३. WO Te प्रसाद बराल २६. मा० भरत प्रसाद पराजुली ४४, मा० हरी प्रसाद भुसाल २७. मा० सरस्वती लामा ४५, मा० प्रेम बहादुर बयक २८. मा० ठाकुर सिंह थारु ४६. मा० गणेश बहादुर विश्वकर्मा यसैबीच मा० खुश्बु ओली बोलीसकेपछि मा० मिङमा ग्याबु शर्पाले आकस्मिक समय माग गरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा विद्युत् सर्ट भइ आगलागी हुँदा ७ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको, आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकलसहित प्रयास गरिरहेको भन्नुभयो। तदुपरान्त सम्माननीय सभामुखले "फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तत्पश्चात् सम्माननीय सभामुखले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | त्यसपछि सम्माननीय सभामुखले बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वभाविकै भए तापनि जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गइ आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय नदेखिने भन्नुहुँदै नियमावलीको व्यवस्था तथा स्पष्ट आधार एवम् औचित्य पृष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने बेहोरा माननीय सदस्यहरूलाई जानकारी गराउनुभयो | तत्पश्चात् माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | त्यसपछि उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जवाफ दिनुभयोः- १. मा० भरत गिरी ७. मा० सुलभ खरेल २. Ho समिक्षा बास्कोटा 5. Wo मोहन लाल आचार्य ३. मा० कमल सुवेदी ९. मा० नीनु कुमारी कर्ण ४. WO बलावती शर्मा १०. AIO गणेश बहादुर विश्वकर्मा ५. मा० यज्ञमणि न्यौपाने ११. मा० विश्वराज पोखरेल मा० सरस्वती लामा १२. मा० सोम शर्मा क aw १३. मा० गंगा छन्त्याल तदुपरान्त सम्माननीय सभामुखले "निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तत्पश्चात् सम्माननीय सभामुखले “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक २०८३ असोज १२ गते सोमबार बिहान ११:०० बजे बस्ने गरी साँझ ६:१५ बजे स्थगित भयो। पद्म प्रसाद पाण्डेय महासचिव