Notice Park
Chingad Rural Municipality
Acts & regulations

चिङ्गाड गाउँपालिकाको स्वास्थ्य ऐन, २०८३ राजपत्र प्रकाशन ८३/८४

Summary

चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ ऐन, २०८३. सम्बत्‌ २०८३ सालको ऐन नं.८ गाउँ सभाबाट स्वीकृत मितिः २०८३।०६।०६ प्रस्तावना: नेपालको संविधानद्वारा प्रत्याभूत नागरिकको स्वास्थ्यसम्बन्धी हक तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र, खण्ड: १० संख्याः ८, पुडखेत, सुर्खेत चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र खण्डः १० संख्या: quad, सुर्खेत मितिः २०८३।०६।०७ भाग-१ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुडखेत, सुर्खेत स्‌चना चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ ऐन, २०८३. सम्बत्‌ २०८३ सालको ऐन नं.८ गाउँ सभाबाट स्वीकृत मितिः २०८३।०६।०६ प्रमाणीकरण मिति: २०८३।०६।०७ प्रस्तावना: नेपालको संविधानद्वारा प्रत्याभूत नागरिकको स्वास्थ्यसम्बन्धी हक तथा स्थानीय तहको अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै Sas गाउँपालिका क्षेत्रका नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र समतामूलक स्वास्थ्य सेवा उपलब्ध गराउन, रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धन, मातृशिशु स्वास्थ्य संरक्षण, महामारी नियन्त्रण, स्वच्छ खानेपानी, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनमार्फत स्वस्थ, स्वच्छ र सुरक्षित गाउँपालिका निर्माण गर्न आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम चिङ्गाड गाउँ सभाले यो ऐन पारित गरी लागु गरिएको छ। स्थानीय राजपत्र, Ue: १० संख्याः ८, पुङखेत, सुर्खेत परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “चिङ्गाड गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ ऐन, २०८३” रहेको छ। (२) यो ऐन सभाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशित भए पश्चात लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) “गाउँपालिका” भन्नाले चिङ्गाड गाउँपालिकालाई सम्झनु पर्छ। (ख) “कार्यपालिका” भन्नाले चिङ्गाड गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनु पर्छ। (ग) “सभा” भन्नाले चिङ्गाड गाउँपालिकाको गाउँ सभा सम्झनु पर्छ। (घ) “अध्यक्ष” भन्नाले चिङ्गाड गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ। (ङ) “उपाध्यक्ष” भन्नाले चिङ्गाड गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ। (च) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले चिङ्गाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ। (छ) “शाखा” भन्नाले चिङ्गाड गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखा सम्झनु पर्छ। (ज) “सरकारी वा सामुदायिक स्वास्थ्य संस्था” भन्नाले सरकारी तथा सामुदायिक स्वामित्वमा सञ्चालन भएका स्वास्थ्य संस्थालाई सम्झनु पर्दछ। (झ) “निजी स्वास्थ्य संस्था” भन्नाले सेवा सँगसँगै नाफाको समेत उद्देश्य राखी सञ्चालन हुने स्वास्थ्य संस्था भनेर सम्झनु पर्दछ। (ज) "ट्रष्ट वा लोक कल्याणकारी संस्था” भन्नाले ट्रष्ट वा लोक कल्याणकारी संस्थाहरूको मार्फत सञ्चालन हुने स्वास्थ्य संस्थालाई सम्झनु पर्दछ। (ट) “व्यवस्थापन समिति” भन्नाले यस ऐनको दफा ५ बमोजिमको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई सम्झनु पर्दछ। (ठ) “स्वास्थ्य संस्था” भन्नाले सरकारी स्तरबाट सञ्चालित अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य ईकाइहरू र अन्य स्वास्थ्य संस्थालाई सम्झनु पर्दछ। (ड) “अनुगमन समिति” यस ऐनको दफा ७ बमोजिमको स्वास्थ्य संस्था अनुगमन समिति सम्झनु पर्दछ | (ढ) “कार्यपालिकाको कार्यालय” भन्नाले चिङ्गाड गाउँ कार्यपालिकाको कार्यालय सम्झनु पर्छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report