Notice Park
Chingad Rural Municipality
Acts & regulations

चिङ्गाड गाउँपालिकाको कृषि तथा पशुपन्छी ऐन, २०८३

Summary

चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका कृषि तथा पशुपन्छी विकास ऐन, २०८३. सम्बत्‌ २०८३ सालको ऐन नं.५ प्रस्तावना: नेपालको संविधान बमोजिम ara सम्बन्धी हकको संरक्षण गर्दै चिङ्गाड गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालन, कृषि उत्पादन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र, खण्ड: १० संख्याः ५, Wed, Tat चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र खण्डः १० संख्या: ५ पुङ्खेत, सुर्खेत मिति:२०८३।०६।०७ भाग-१ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुङखेत, सुर्खेत सूचना चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका कृषि तथा पशुपन्छी विकास ऐन, २०८३. सम्बत्‌ २०८३ सालको ऐन नं.५ गाउँ सभाबाट स्वीकृत मिति: २०८३।०६।०६ प्रमाणीकरण मिति: २०८३।०६।०७ प्रस्तावना: नेपालको संविधान बमोजिम ara सम्बन्धी हकको संरक्षण गर्दै चिङ्गाड गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी र कृषि सेवाको व्यवस्थापन, सञ्चालन र नियन्त्रणलाई व्यवस्थित तवरले कार्यान्वयन गर्दै, कृषि प्रणालीलाई दिगो, आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण र व्यावसायिकरण गरी समग्र कृषि क्षेत्रको विकास, व्यवस्थापन र सुशासन कायम गरी कृषिमा आश्रित घर परिवार तथा समुदायको आर्थिक सम्वृद्धि हासिल गर्न आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम चिङ्गाड गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ। स्थानीय राजपत्र, GS: १० संख्याः ५, पुडखेत, सुर्खेत परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “चिङ्गाड गाउँपालिकाको कृषि तथा पशुपन्छी विकास ऐन, २०८३” रहेको छ। (२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) @ @) (a) (ङ) (i) ) त्ज) (झ) (जो तट) “कृषि” भन्नाले अनुसूची-१ मा उल्लेख भए बमोजिमका विषयसँग सम्बन्धित कृषि र कृषिजन्य उपजलाई सम्झनुपर्दछ र सो शव्दले व्यावसायिक कृषिलाई समेत जनाउँछ। “गाउँपालिका” भन्नाले चिङ्गाड गाउँपालिका सम्झनुपर्छ | “कार्यपालिका” भन्नाले चिङ्गाड गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनुपर्छ। “सभा” भन्नाले चिङ्गाड गाउँपालिकाको गाउँ सभा सम्झनुपर्छ। “कृषक” भन्नाले कृषिलाई मुख्य पेसा वा व्यवसाय बनाई त्यसबाट नै आफ्नो जीविकोपार्जन गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले निजमा आश्रित परिवारका सदस्य वा वर्षको छ महिना वा सोभन्दा बढी अवधि कृषि कार्यमा श्रम गर्ने वा परम्परागत कृषि औजार निर्माण गर्ने व्यक्ति वा परिवारका सदस्य समेतलाई जनाउँछ। “कृषक समूह” भन्नाले स्थानीय तहमा दर्ता भई कृषि उत्पादन तथा पशुपन्छी पालन व्यवसायमा संलग्न किसानको समूहलाई सम्झनुपर्छ। “कृषि सहकारी” कृषि सहकारी भन्नाले सहकारी ऐन अन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय गर्ने मूल उद्देश्य राखी दर्ता भएको सहकारी संस्थालाई सम्झनुपर्छ | “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम, कार्यविधि, निर्देशिका, मार्गदर्शन, मापदण्डमा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ | “पकेट क्षेत्र” भन्नाले गाउँपालिका क्षेत्रको आवश्यकता र स्थानीय सम्भाव्यताका आधारमा कृषि र पशुपन्छीजन्यको व्यावसायिक उत्पादन हुने क्षेत्रलाई सम्झनुपर्छ | "स्थानीय कृषि स्रोत व्यक्ति" भन्नाले कृषि सम्बन्धी व्यवसाय, कृषि सामग्री आपूर्ति, वा कृषि प्रसारमा संलग्न ग्रामीण कृषि कार्यकर्ता, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी अध्ययन गरेका, कृषि तथा पशुपन्छी क्षेत्रमा तालिम हासिल गरेका, नर्सरी धनी, एग्रोभेट संचालक, कृषि तथा पशुपन्छी सेवाबाट सेवा निवृत्त कर्मचारी, कृषि सहकारी संचालक, कृषि उद्यमी, व्यवसाय विकास सेवा प्रदायक, सेवा प्रदायक, वित्तीय बिमा सहजकर्ता आदि जसले आफूले काम गरी अनुभव हासिल गरेका, जानेका विषयमा कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि उच्यमीहरूलाई तालिम तथा प्राविधिक सेवा दिन सक्ने व्यक्तिलाई जनाउँनेछ। सामुदायिक चौपाया: सामुदायिक चौपाया भन्नाले चिङ्गाड गाउँपालिका क्षेत्र भित्रका कुनै व्यक्ति विशेषको व्यक्तिगत स्वामित्वमा सिमित नरही स्थानीय समुदाय वा स्थानीय तहद्वारा सामूहिक रूपमा पालनपोषण, व्यवस्थापन र प्रयोग गरिने चारखुट्टे घरपालुवा जनावरलाई जनाउँनेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report