चिङ्गाड गाउँपालिकाको घ वर्गको निर्माण व्यवसाय ऐन, २०८३ राजपत्र प्रकाशन ८३/८४
Summary
चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको 'घ' वर्गको निर्माण व्यवसाय ऐन, २०८३. सम्बत २०८३ सालको ऐन नं.६ प्रस्तावना: सार्वजनिक निर्माण कार्यमा आवश्यक गुणस्तर कायम राख्न, 'घ' वर्गका निर्माण व्यवसायीहरूको प्रवर्द्धन तथा बिकास गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 99516e22-14d9-42ec-9d06-02fd533cdb2c.pdfPDF · 8 pages · 708 KBOpen
Key details
- Organization
- Chingad Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय राजपत्र, खण्ड: १० संख्याः ६, पुडखेत, सुर्खेत चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र खण्डः १० संख्या: ६ पुङ्खेत, सुर्खेत मिति:२०८३।०६।०७ भाग-१ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुडखेत, सुर्खेत सुचना चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको 'घ' वर्गको निर्माण व्यवसाय ऐन, २०८३. सम्बत २०८३ सालको ऐन नं.६ गाउँ सभाबाट स्वीकृत मिति: २०८३।०६।०६ प्रमाणीकरण मिति: २०८३।०६।०७ प्रस्तावना: सार्वजनिक निर्माण कार्यमा आवश्यक गुणस्तर कायम राख्न, 'घ' वर्गका निर्माण व्यवसायीहरूको प्रवर्द्धन तथा बिकास गरी व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम चिङ्गाड गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ। स्थानीय राजपत्र, US: १० संख्याः ६, पुड्खेत, सुर्खेत परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “चिङ्गाड गाउँपालिकाको 'घ' वर्गको निर्माण व्यवसाय ऐन, २0८३” रहेको छ। (२) यो ऐन चिङ्गाड राजपत्रमा प्रकाशन भएको मिति देखि लागु हुनेछ। २. परिभाषा: बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) (ख (ग) (घ) (ङ) (=) (छ) (ज) (झ) (न) (ट। “सार्वजनिक निर्माण कार्य” भन्नाले प्रचलित कानून बमोजिम चिङ्गाड गाउँपालिका वा गाउँपालिकाको पूर्ण स्वामित्व भएको संगठित संस्थाको तर्फबाट सम्पन्न गरिने जुनसुकै प्रकारका निर्माण सम्बन्धी कार्य सम्झनुपर्छ र सो शब्दले पुनःनिर्माण तथा मर्मत सम्भारका कार्य समेतलाई जनाउछ। “निर्माण व्यवसायी” भन्नाले निर्माण व्यवसाय सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको फर्म वा कम्पनी सम्झनुपर्छ | “इजाजतपत्र” भन्नाले सार्वजनिक निर्माण कार्य गर्नका लागि दफा ४ बमोजिम दिईने 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्झनुपर्छ। “संगठित संस्था” भन्नाले चिङ्गाड गाउँपालिकाको पूर्ण स्वामित्व भएको संगठित संस्थालाई सम्झनुपर्छ। “प्राविधिक” भन्नाले सार्वजनिक निर्माण कार्यमा रेखदेख र सुपरिवेक्षण गर्न चिङ्गाड गाउँपालिकाबाट तथा सम्बन्धित संस्थाको तर्फबाट खटिएको प्राविधिक कर्मचारी सम्झनुपर्छ “गुणस्तर” भन्नाले सार्वजनिक निर्माण कार्य गर्न गराउनको लागि आव्हान भएको प्रस्ताव अनुसार प्रस्तावक र सो प्रस्तावको स्वीकृति कर्ताको बीच भएको सम्झौता पत्र वा त्यस्ता सम्झौता पत्रका अभिन्न अंगको रूपमा रहेको कागजात, ड्रइङ्ग, डिजाइन तथा स्पेसिफिकेशनमा उल्लेख भए बमोजिमको गुणस्तर सम्झनु पर्छ। “गाउँपालिका” भन्नाले चिङ्गाड गाउँपालसिका सम्झनुपर्छ । “कार्यालय” भन्नाले चिङ्गाड गाउँ कार्यपालिकाको कार्यालय सम्झनुपर्छ | “अध्यक्ष” भन्नाले चिङ्गाड गाउँपालिकाको अध्यक्षलाई सम्झनुपर्छ। “उपाध्यक्ष” भन्नाले चिङ्गाड गाउँपालिकाको उपाध्यक्षलाई सम्झनुपर्छ | “प्रमुख प्रशासकीय अधिकृत” भन्नले चिङ्गाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ