Notice Park
Chingad Rural Municipality
Acts & regulations

चिङ्गाड गाउँपालिकाको शिक्षा ऐन, २०८३ राजपत्र प्रकाशन ८३/८४

Summary

चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका शिक्षा सम्बन्धी ऐन, २०८३. सम्बत्‌ २०८३ सालको ऐन नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र, Gs: १० संख्याः ७, पुङखेत, सुर्खेत चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र खण्डः १० संख्या: ७ पुङखेत, सुर्खेत मिति:२०८३।०६।०७ भाग-१ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुडखेत, सुर्खेत सूचना चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका शिक्षा सम्बन्धी ऐन, २०८३. सम्बत्‌ २०८३ सालको ऐन नं. ७ गाउँ सभाबाट स्वीकृत मिति: २०८३।०६।०६ प्रमाणीकरण मितिः: २०८३।०६।०७ प्रस्तावना: नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक सुनिश्चित गर्दै गुणस्तरीय, समतामूलक, समावेशी, जीवनोपयोगी, व्यावसायिक तथा प्रविधिमैत्री शिक्षाको विकास गर्न, स्थानीय आवश्यकता, भाषा, संस्कृति, ज्ञान, सीप तथा प्रविधिको संरक्षण र प्रवर्द्धन गर्दै शिक्षामा सबैको सहज पहुँच र समान अवसर सुनिश्चित गर्न, विद्यालय शिक्षाको व्यवस्थापन, सञ्चालन, नियमन, अनुगमन तथा गुणस्तर अभिवृद्धिलाई प्रभावकारी बनाई शैक्षिक सुशासन, उत्तरदायित्व र सहभागिता सुदृढ गर्न, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य कायम गर्दै चिङ्गाड गाउँपालिकाको शैक्षिक विकासलाई योजनाबद्ध, दिगो र परिणाममुखी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम गाउँ सभाले यो ऐन बनाएको छ। स्थानीय राजपत्र, खण्डः १० संख्याः ७, पुडखेत, सुर्खेत परिच्छेद-१ संक्षिप्त नाम र प्रारम्भ १.संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम 'चिङ्गाड गाउँपालिकाको शिक्षा सम्बन्धी ऐन, २०८३' रहेको छ। (२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ। २.परिभाषा: fara ar wage अर्को अर्थ नलागेमा यस ऐनमाः (क) "प्रारम्भिक बालशिक्षा" भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई दिइने एक वर्षको प्रारम्भिक बाल शिक्षा सम्झनु पर्छ। (ख) "आधारभूत शिक्षा" भन्नाले प्रारम्भिक बाल शिक्षादेखि कक्षा आठसम्म दिइने शिक्षा सम्झनुपर्छ। (ग) "माध्यमिक शिक्षा" भन्नाले कक्षा नौ देखि कक्षा बाह्रसम्म दिइने शिक्षा सम्झनुपर्छ। ca) "विशेष शिक्षा" भन्नाले दृष्टिबिहीन, बहिरा, अटिज्म, बौद्धिक अपाङ्गता, सुस्त श्रवण वा शारीरिक अपाङ्गता भएका बालबालिकालाई दिइने विशेष किसिमको शिक्षा सम्झनुपर्छ। "सामुदायिक विद्यालय" भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी समुदायको पहलमा स्थापना भई अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनुपर्छ। "संस्थागत विद्यालय" भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान नपाउने गरी निजी पहलमा स्थापना भई अनुमति वा स्वीकृति प्राप्त विद्यालय सम्झनुपर्छ। (छ) "विधालय शिक्षा" भन्नाले प्रारम्भिक बालविकास शिक्षा, आधारभूत र माध्यमिक दुवै शिक्षा सम्झनुपर्छ । "प्राविधिक तथा व्यावसायिक शिक्षा" भन्नाले प्राविधिक ज्ञान, सीप तथा विषयवस्तुमा आधारित प्रविधि र व्यवसाय उन्मुख शिक्षा प्रदान गर्न नौ कक्षादेखि बाह्र कक्षासम्म अध्यापन गराइने शिक्षालाई सम्झनुपर्छ | "शाखा प्रमुख" भन्नाले चिङ्गाड गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखलाई सम्झनुपर्छ। "अभिभावक" भन्नाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावक भनी अभिलेखमा जनिएको व्यक्तिलाई सम्झनुपर्छ, सो शब्दले विद्यार्थीका वुवा, आमा, वाजे, बज्यै तथा अभिभावक नभएका विद्यार्थीको हकमा संरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई समेत जनाउँछ। (ट) "शिक्षक" भन्नाले विद्यालयमा शिक्षण सिकाइ गर्न नियुक्त शिक्षक कर्मचारीलाई बुम्झनुपर्छ। (ङ Ct (t (a (at

Like

0

Views

0

Comments

0

Share

0

Save

Report