सूचनापत्र २०८३-०५-२६
Summary
(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र प्रतिस्पर्धी बनाउन २०७० सालदेखि लागू गरिएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a6d9b2f2-6e17-4594-b4d4-aa547aefe707.pdfPDF · 3 pages · 583 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या- ५३ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) २०५३ साल भदौ २६ गते शुक्रबार प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको १:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र प्रतिस्पर्धी बनाउन २०७० सालदेखि लागू गरिएको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली बन्द हुँदा ठेक्का प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको, उक्त प्रणाली ह्याक भएको र पुरानो कोडबाट चल्न नसक्ने बहाना बनाएर नयाँ प्रणाली ल्याउने खेल भइरहेकोमा विरोध जनाउनुभएको, भोटेकोशी बाढीबाट भौतिक क्षतिको साथै बाढीपीडितहरू गम्भीर मानसिक तनाव एवम् मनोसामाजिक समस्याबाट गुज्रिरहेको बताउँदै सरकारले उद्धार र राहतसँगै मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राम्नुपर्ने, सप्तरीको राजविराज नगरपालिका-१४ की बबिता पासवानले पैसा नभएर अस्पतालको गेटमै बच्चा जन्माउनुपरेको घटनाप्रति प्रश्न उठाउँदै सुरक्षित मातृत्वका विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने साथै सुरक्षित मातृत्वका लागि नीति परिवर्तन र सरकारको गैरजिम्मेवारीपन अन्त्य गर्नुपर्ने, भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका हुम्लाका अनिता रावल, जनक बुढा, कविता बुढा, रियान्स बुढा र धनराज जैसी लगायतका नागरिकहरूको खोजी तीव्र पार्नुपर्ने, हुम्लाका नागरिकहरू आधारभूत सेवाबाट बञ्चित भइरहेकाले सरकारले सेवा प्रवाहमा ध्यान दिनुपर्ने, नवलपुरको हुप्सेकोट गाउँपालिका-५ मा अवस्थित धौबादी फलाम खानी नजिकैबाट विगत केही दिनदेखि जमिनमुनिबाट बारुदजस्तो पिरो गन्ध आउने गरेको, dare निरन्तर आइरहेकाले त्यहाँका स्थानीयहरू त्रसित भएको अवस्था रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको, चितवनको भरतपुर महानगरपालिका-९ वसन्त चोक नजिकै आज बिहान गुडिरहेको एक ई.भी. कारमा अचानक आगलागी हुँदा एकजना व्यक्तिको जलेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त घटनाको निष्पक्ष छानविन गरिनुपर्ने र उपभोक्ताको सुरक्षालाई ध्यान दिँदै अब उप्रान्त आयात गरिने ई.भी. गाडीहरू भित्र्याउनुअघि नै प्राविधिक परिक्षण गर्नुपर्ने लगायतका समसामयिक विषयमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयोः- १. मा०तोसिमा कार्की ५. मा० भुमिका लिम्बु सुब्बा २. मा० युवराज दुलाल ६. ao गिता गुरूङ ३. मा० रेनुका काउचा ७. मा० राजन गौतम ४. मा० जयपती रोकाया 5. मा० मञ्जु भुषाल त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- १. मा० अनुष्का श्रेष्ठ ११. मा० ओजश्ची शेरचन २. मा० अफ्साना बानु १२. मा० अंकिता ठाकुर ३. मा० अभिषेक प्रताप शाह १३. मा० कमल सुवेदी ४. mo अमृता वि.क. १४. मा० करिस्मा कठरिया ५. मा० अम्बिका देवी संग्रौला १५. मा० कविन्द्र बुर्लाकोटी ६. मा अर्जुन नरसिंह के.सी. १६. मा० कामिनी कुमारी ७. Ho आनन्द बहादुर चन्द १७. मा० कालि बहादुर सहकारी 5. मा० आसिका तामाङ १५. HO कुल भक्त शाक्य ९. मा० एलिजा गुरुङ १९. मा० कृपा महर्जन qo. Ho एशुदा कुमारी बराल २०. मा० कृष्ण हरी बुढाथोकी २१. मा० कोमल ज्ञवाली २२. मा० क्रान्तिशिखा धिताल २३. मा० खगेन्द्र सुनार ay 3 मा० गणेश बहादुर विश्वकर्मा मा० गणेश सिंह ठगुन्ना मा० गीताकुमारी सेन्दाङ ww! 2 2 २४. HO खडक बहादुर बुढा ३४. Ho Te प्रसाद बराल २५. मा० खन्ग शाही ३५. WO गोबिन्द पन्थी २६. मा० खिमा वि.क. ३६. HO गंगादेवी श्रेष्ठ २७. मा० खुश्बु ओली ३७. Mo गंगा लक्ष्मी अवाल २८. HO खेमराज कोईराला ३८. HO इन्दिरा राना मगर २९. मा० गजाला शमीम मिकरानी ३९. मा० अचुत्तम लामिछाने ३०. मा० गणेश कार्की यसैबीच मा० अमृता बि.क. बोलीसकेपछि मा० रेखा कुमारी यादवले आकस्मिक समय लिएर बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्या प्रकरणमा पीडित परिवार र सरकारबीच तीनबुँदे सहमति भएको एक महिना पनि नबित्दै बलात्कारमा संलग्न अपराधीहरूमध्ये कसैलाई २० हजार धरौटी र अन्यलाई साधारण तारेखमा छाडिएको विषयतर्फ ध्यानाकर्षण गराउनुभयो | तदुपरान्त माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै राजविराज अस्पतालको सुत्केरी घटनालाई सरकारले गम्भीरतापूर्वक लिइ दोषीमाथि छानबिन गरी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी गठन गरिएको, सुरक्षित मातृत्व र आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको लगायतका विषयहरूमा सदनलाई जानकारी गराउनुभयो | तत्पश्चात् नेपाली कम्युनिष्ट पार्टी संसदीय दलको तर्फबाट माननीय वर्षमान पुनले वर्तमान सरकार सुशासन, जबाफदेहिता र नागरिक सुरक्षामा विचलित देखिएको, भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका पीडितहरूले राहत नपाएकाले तत्काल राहत तथा पुनर्स्थापनाको योजना ल्याउनुपर्ने, युवाहरूको मागलाई सरकारले दमन गरिरहेको, बजारमा वस्तुहरूको अभाव हुँदा पनि सरकारले बेवास्ता गरिरहेको लागयतका विषयहरूमा आफ्नो भनाइ राख्नुभयो। त्यसपछि सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त निम्नलिखित पत्रको बेहोरा पढेर सुनाउनुभयोः- सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको नेतृत्वमा संवत् २०६२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम माननीय दीपक कुमार साह, सुनसरीलाई मन्त्री पदमा नियुक्त गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सम्माननीय प्रधानमन्त्रीज्य्को मिति २०८३/०५/२५ गतेको सिफारिस बमोजिम तोक्नुभएको बेहोरा अनुरोध गर्दछु। मितिः २०८३/०५/२५ (माहादेव पन्थ) सचिव तदुपरान्त प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” बिना सशोधन पारित भएको सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो | त्यसपछि माननीय अर्थ मन्त्री gio स्वर्णिम वाग्लेले “कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। तदुपरान्त सम्माननीय सभामुखले सभामा रोष्ट्रम प्रयोग हुने विषयको कार्यसूचीउपर छलफल हुँदा लगत्तै पछि बोल्ने बक्ता माननीय सदस्यका लागि रोष्ट्रमको दायाँतर्फ Waiting Chair को व्यवस्था गरिएको बेहोरा जानकारी गराउनुभयो | तत्पश्चात् उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले जवाफ दिनुभयोः- १. माफ पुष्पराज कडेल ३. माए कृष्ण हरी बुढाथोकी २. मा वर्षमान पुन ४. aro frat राणा