सूचनापत्र २०८३-०५-३१
Summary
(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको 7:20 बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले सरकारको मौनताले भोटेकोशी बाढी पीडितको घाउमा नुनचुक छर्कने काम गरेको भन्दै तत्काल बेलिब्रिज…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a8248289-4ce5-4d67-b531-566bc6ea4cde.pdfPDF · 3 pages · 461 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन ek. बैठक सङ्ख्या- ५५ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) २०८३ साल भदौ ३१ गते बुधबार प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा दिनको 7:20 बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर निम्नलिखित माननीय सदस्यहरूले सरकारको मौनताले भोटेकोशी बाढी पीडितको घाउमा नुनचुक छर्कने काम गरेको भन्दै तत्काल बेलिब्रिज निर्माण र राहत कार्यमा तीव्रता दिनुपर्ने, विद्युतीय सवारी साधनको दुर्घटना दर बढिरहेकाले सडक सुरक्षा र चालकको क्षमता अभिवृद्धिका लागि सरकारले ध्यान दिनुपर्ने साथै लाइसेन्स वितरण प्रक्रिया वैज्ञानिक बनाइ ईभी सेफ्टी एजुकेशन कार्यक्रम, स्पष्ट सेफ्टी गाइडलाइन्स, ड्राइभिङ लाइसेन्स तालिममा ईभी मोड्युल र देशभर ट्रमा सेन्टर विस्तार हुनुपर्ने, संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउँदा नेपालले वैज्ञानिक तथ्य र तथ्याङ्कको आधारमा उठाउनुपर्ने, जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण रहेको र यसलाई एकीकृत गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने, हिजो साँझ सिद्धबाबा खण्डमा पाल्पाबाट बुटबलतर्फ जाँदै गरेको कारमा ढुंगा खसेर ठोकिदा सवारी चालकसहित घाइते भएका तीनजनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य अन्तिम चरणमा पुच्याएकोमा सरकारलाई धन्यवाद प्रकट गर्नुभएको, महोत्तरीमा ट्रान्सफर्मर जडानसम्बन्धी विवादित घटनाबारे सरकारले ध्यान दिनुपर्ने, इटहरीको शेरा खोलाको बाँध फुटेकाले इटहरी र दुहबीका बस्ती खतरामा परेको भन्दै तत्काल बाँधको मर्मत, जोखिमयुक्त ठाउँ पहिचान गरी बाढी नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेतर्फ सरकारको ध्यानकर्षण लगायतका समसामयिक विषयमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयोः- १. AO अर्जुन नरसिंह के.सी ४. मा० माधव बहादुर थापा २. मा० पुकार बम ५. मा० दिपक कुमार साह (महोत्तरी) ३. मा० धनन्जय रेग्मी ६. Wo लाल विक्रम थापा त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयोः- १. मा० बलावती शर्मा १३. WO Here बहादुर शाही २. मा० बसुमाया तामाङ १४. मा० मातृका प्रसाद यादव ३. Ho बिश्व राज पोखरेल १५. मा० मोहन लाल आचार्य ४. Wo ag रत्न महर्जन १६. मा० मिङ्मा ग्याबु शेर्पा ५. WO ate प्रसाद पन्त १७. मा० यज्ञ बहादुर बोगटी ६. मा० भरत प्रसाद पराजुली qs. मा० यज्ञमणि न्यौपाने ७. Ho भीम कुमारी बुढा मगर १९. मा० युवराज दुलाल 5. Wo Wy भुषाल २०. मा० रचना खतिवडा खत्री ९. Ho मदन कृष्णश्रेष्ठ २१. मा० रजनी श्रेष्ठ १०. Wo मधु कुमार चौलागाई २२. ATO tat कुमारी थापा ११. मा० मनमाया बि. क. २३. मा० रन्जु न्यौपाने १२. मा० मनिष खनाल २४. WO रमेश कुमार मल्ल २५. मा० रमेश प्रसाई ३२. मा० राम लामा २६. Ao रविन्द्र पटेल ३३. मा० राम विनोद यादव २७. मा० राज किशोर महतो ३४. मा० रीमा विश्वकर्मा २८. मा० राजन गौतम ३५. मा० रुकेश रन्जित २९, मा० राजीव खत्री ३६. मा० रेखा कुमारी यादव ३०. मा० राजेश कुमार चौधरी ३७. मा० रिंगला यादव ३१. मा० राधिका रम्तेल तदुपरान्त नेपाली काँग्रेस संसदीय दलका सचेतक माननीय निश्कल राईले भोटेकोशी त्रिशूली नदीमा आएको विपत्तिको घडीमा सरकारले नागरिकको आँसु पुछनुको साटो नागरिकमाथि पीडा थोपरेको, सरकारको कार्यशैली अहङ्कारी र धम्कीपूर्ण रहेको, सरकारले आलोचना र प्रश्न गर्नेलाई शत्रु ठान्ने र सञ्चारकर्मीलाई धम्की दिने गरेको, भदौ २३ र २४ गते घटेको घटना र कारागारबाट कैदीबन्दी फरार भएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने, रसुवागढी बाढी सम्बन्धमा संसदीय समिति गठन गर्नुपर्ने लगायतका विषयहरूमा आफ्नो भनाइ राख्नुभयो। तत्पश्चात् श्रम संस्कृति पार्टी संसदीय दलका प्रमुख सचेतक माननीय आरेन राईले रसुवाको बाढीपछिको खोज, उद्धार र राहतमा सरकारले प्रभावकारी काम नगरेको हुँदा सरकारले खोज, उद्धार र राहत प्रभावकारी रूपमा सञ्चालन गर्न माग गर्नुभयो। त्यसपछि माननीय महिला, बालबालिका, er तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले “बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। तदुपरान्त उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले जवाफ दिनुभयोः- १. मा0 राजीव खत्री १९. मा० पुष्पा कुमारी चौधरी २. Ho रमेशकुमार मल्ल २०. मा० गणेश बहादुर विश्वकर्मा ३. मा० अशोक कुमार चौधरी २१. मा० गंगा छन्त्याल ४. मा९ युवराज दुलाल २२. मा० एलिजा गुख्ङ ५. ATO गंगा लक्ष्मी अवाल २३. मा० पुकार बम & मा० समिक्षा बास्कोटा २४. मा० अम्बिका देवी संग्रौला ७. मा पार्वती वि.क २५. मा० प्रमिला कुलुज् 5. Wo इन्दिरा राना मगर २६. मा० जनक सिंह धामी ९. मा० बलावती शर्मा २७. मा० शोभा खनाल १०. मा० माधव बहादुर थापा २८. मा० कुल भक्त शाक्य ११. मा० कृष्णहरी बुढाथोकी २९. मा० गंगा देवी श्रेष्ठ १२. मा० तारा विश्वकर्मा ३०. मा० यज्ञमणि न्यौपाने १३. मा० बसुमाया तामाङ ३१. मा० गजाला समिम मिकरानी १४. मा० सिर्जना श्रेष्ठ ३२. मा० श्रद्धा कँवर क्षेत्री १५. मा० भुमिका श्रेष्ठ ३३. मा० टुका भद्रा हमाल १६. मा० रन्जु न्यौपाने ३४. मा० ज्ञानु पौड्याल १७. मा० बदन कुमार भण्डारी ३५. मा० नीनु कुमारी कर्ण १5. Wo मोहनलाल आचार्य ३६. मा० सुष्मा स्वर्णकार ४१. मा० मञ्जु भुषाल . मा० हरिमोहन भण्डारी ATO Te प्रसाद बराल . मा० गणेश कार्की मा० एशुदा कुमारी बराल . मा० बिश्वराज पोखरेल . मा० मनिष खनाल . मा० साजिदा खातुन सिद्धिकी . मा० हरिप्रसाद भुषाल ४६, मा० खिमा वि.क. तत्पश्चात् सम्माननीय सभामुखले “बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। त्यसपछि सम्माननीय सभामुखले “बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो। तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक २०८३ असोज १ गते विहीबार दिनको १:०० बजे बस्ने गरी साँझ ५:४० बजे स्थगित भयो। aw पद्म प्रसाद पाण्डेय महासचिव