Notice Park
Turmakhad Rural Municipality
Guidelines

उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी पिसानी) मिल दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३

Summary

तल उल्लिखित ऐन सुदूरपश्चिम प्रदेशको स्थानीय तहको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ दफा २४ (५) तथा यस गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि २०७५ को दफा ९ (२) बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गरिएको छ: उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी पिसानी) मिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Turmakhad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तुर्माखाँद गाउँपालिकाद्वारा प्रकाशित खण्ड १० संख्या १३ मिति २०८३ असोज १४ गते भाग २ तुर्माखाँद गाउँपालिकाको सूचना तल उल्लिखित ऐन सुदूरपश्चिम प्रदेशको स्थानीय तहको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ दफा २४ (५) तथा यस गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि २०७५ को दफा ९ (२) बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गरिएको छ: उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी पिसानी) मिल दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ प्रस्तावना : नेपालको संविधानको धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) तथा अनुसूची-८ खण्ड १०) संख्या १३ तुर्माखाँद राजपत्र, भाग २ मिति २०८३।०६। १४ मा प्रदत्त स्थानीय तहको एकल अधिकार सूची (क्रमसङ्ख्या १५२ घरेलु तथा साना उद्योग सञ्चालन, क्र.सं. ६२ स्थानीय बजार व्यवस्थापन, a. दस कृषि तथा पशुपालन, क्र.सं. oe वातावरण संरक्षण र जैविक विविधता, तथा क्र.सं. २०: विपद्‌ व्यवस्थापन) लाई कार्यान्वयन गर्न, तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (घ) र (ज), दफा १२ को उपदफा (२) को खण्ड (क) तथा दफा १०२ ले दिएको विधायिकी एवं कार्यपालिकीय अधिकार प्रयोग गरी, तुर्माखाँद गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समिति, कृषक समूह वा समुदायमार्फत सरकारी, गैरसरकारी वा स्थानीय लागत साझेदारीमा सञ्चालन भइरहेका तथा नयाँ स्थापना गरिने कृषि प्रशोधन (धान कुटानी, अन्न पिसानी, तेल पेलाई आदि) मिलहरूको कानुनी दर्ता, व्यवस्थित सञ्चालन, दिगो मर्मत सम्भार, सार्वजनिक सम्पत्ति संरक्षण, न्यायोचित सेवा शुल्क निर्धारण, पारदर्शी लेखा व्यवस्थापन तथा प्रभावकारी नियमन सुनिश्चित गर्न तुर्माखाँद गाउँ कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी लागू गरेको छ। परिच्छेद-१ प्रारम्भिक तथा कानुनी अख्तियारी १. संक्षिप्त नाम र प्रारम्भ: १) यस कार्यविधिको नाम "तुर्माखाँद गाउँपालिका उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी पिसानी) मिल दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३" रहनेछ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.