Notice Park
Turmakhad Rural Municipality
Guidelines

तुर्माखाँद गाउँपालिकाको घर नक्सा अभिलेखिकरण कार्यविधि, २०८३

Summary

तल उल्लिखित ऐन सुदूरपश्चिम प्रदेशको स्थानीय तहको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ दफा २४ (५) तथा यस गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि २०७५ को दफा ९ (२) बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गरिएको छः तुर्माखाँद गाउँपालिकाको घर नक्सा अभिलेखिकरण कार्यविधि, प्रस्तावना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Turmakhad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तुर्माखाँद गाउँपालिकाद्वारा प्रकाशित खण्ड १० संख्या १२ मिति २०८३ असोज १२ गते भाग २ तुर्माखाँद गाउँपालिकाको सूचना तल उल्लिखित ऐन सुदूरपश्चिम प्रदेशको स्थानीय तहको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ दफा २४ (५) तथा यस गाउँपालिकाको राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि २०७५ को दफा ९ (२) बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गरिएको छः तुर्माखाँद गाउँपालिकाको घर नक्सा अभिलेखिकरण कार्यविधि, २०८३ प्रस्तावना : तुर्माखाँद गाउँपालिका भित्र निर्माण भएका र निर्माण हुने घरहरुको अभिलेखिकरणलाई व्यवस्थित गर्ने उदेश्यका साथ तुर्माखाँद खण्ड १०) संख्या १२ तुर्माखाँद राजपत्र, भाग २ मिति २०८३।०६। १२ गाउँपालिका क्षेत्र भित्र भवन संहिता २०७२ लागु भए पश्चात तत्कालित प्रचलित कानुन बमोजिम घर नक्सा अभिलेखिकरण गरी व्यवस्थित गर्न वाञ्छुनिय भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम कार्यपालिकाको मिति २०८३%०६%०५ गतेको बैठकले यो कार्यविधि बनाइ लागु गरिएको Bl परिच्छेद- १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: १) यस कार्यविधिको नाम "तुर्माखाँद गाउँपालिकाको घर नक्सा अभिलेखिकरण कार्यविधि, २०८३" रहेको छ। २) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) "सभा" भन्नाले संविधानको धारा २२२ बमोजिमको गाउँ सभा सम्झनु पर्छ । (ख) "कार्यपालिका" भन्नाले गाउँ कार्यपालिका सम्झनु पर्छ । (ग) "प्राबिधिक" भन्नाले तुर्माखाँद गाउँपालिका वा वडा कार्यालयबाट खटाइएको प्राविधिक कर्मचारी सम्झनुपर्छ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.