भिमाद नगरपालिका शिक्षा शाखा कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३।०८४
Summary
भिमाद नगरपालिकाको आ. व. २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गरी नेपालको संविधान, अनिवार्य निःशुल्क शिक्षा सम्बन्धी ऐन तथा नियमावली तथा विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८द र भिमाद नगरपालिकाको दस वर्षे शिक्षासम्बन्धी दुरदृष्टि २०७९-२०८८ एवम् भिमाद नगरपालिकाको दोस्रो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 59747901-d290-4d66-9b0e-5b8d9096fc68.pdfPDF · 22 pages · 799 KBOpen
Key details
- Organization
- Bhimad Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेकलुद शाखाको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३/०८४ नगर कार्यपालिकाको मितिः२०८३/०५/२४ को निर्णयानुसार स्वीकृत भिमाद नगरपालिका नगर कार्यपालिकाको कार्यालय भिमाद, तनहुँ 1 भिमाद नगरपालिकाको आ. व. २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गरी नेपालको संविधान, अनिवार्य निःशुल्क शिक्षा सम्बन्धी ऐन तथा नियमावली तथा विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८द र भिमाद नगरपालिकाको दस वर्षे शिक्षासम्बन्धी दुरदृष्टि २०७९-२०८८ एवम् भिमाद नगरपालिकाको दोस्रो पञ्चवर्षीय योजना २०८२-२०८६ मा समाविष्ट योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विगतका वर्षहरूमा प्राप्त उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै स्वीकृत कार्यक्रमका निर्दिष्ट लक्ष्यहरू समयमै प्राप्त गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयन कार्यविधि तयार गरिएको छ | भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा विद्यालय शिक्षा तथा खेलकुदसँग सम्बन्धित शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा कार्यान्वयन हुने कार्यक्रम वार्षिक नगर विकास योजना, २०८३/०९४ मा समावेश गरिएका छन् । उक्त कार्यक्रमहरू शिक्षा, युवा तथा खेलकुद शाखाबाट कार्यान्वयन गर्न सहजताका लागि यो कार्यविधि तयार गरिएको हो । शाखाका मुख्य कार्यक्रमहरूमा संघीय सरकारबाट स्वीकृत प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता, माध्यमिक विद्यालयका सहायक कर्मचारी, सहयोगी कर्मचारीहरूका लागि थप तलब, मंगलोदय मा.वि. कक्षा ११, १२ शिक्षक व्यवस्थापन अनुदान, युवा स्वयमसेवक शिक्षक कर्मचारी व्यवस्थापन, नगर स्रोतका कम्प्युटर शिक्षक तलब तथा पोशाक, दिवा खाजा थप, दिवा स्याहार केन्द्र सञ्चालन, प्र.अ. तथा शिक्षा समिति बैठक भत्ता, विद्यालय, विद्यार्थी शिक्षक पुरस्कार, विषयगत सिकाइ समूह गठन तथा परिचालन, नगरस्तरीय परीक्षा सञ्चालन तथा स्तरमापन परीक्षण, शैक्षिक क्यालेन्डर, सुपरिवेक्षण तथा अनुगमन, डिजिटल सामग्री निर्माण प्रतियोगिता, स्थानीय पाठ्यपुस्तक निर्माण, पाठ्यपुस्तक छपाइ, शाखाको प्रस्तावमा शैक्षिक कार्यक्रम, विद्यार्थी मूल्याङ्कन अभिलेखीकरण पुस्तिका, बिद्यालय स्तरीकरण परीक्षण, शिक्षक विद्यार्थी प्रतिभा पहिचान, विद्युतीय हाजिरी व्यवस्थापन, राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप, बालबालिका शिक्षा कार्यक्रम, नगरको प्रतिनिधित्वमा खेलकुद प्रतियोगितामा सहभागी हुँदा लाग्ने खर्च व्यवस्थापन, उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालय तथा प्र.अ. लाई पुरस्कार, बालविकास केन्द्र व्यवस्थापन, नगर प्रमुख शैक्षिक सुधार, कोषनर आ. वि. भवन निर्माण/मर्मत कार्यक्रम, निवृत्त शिक्षक समाज भिमादका कार्यक्रम कार्यक्रम आदि समावेश छन् । यो कार्यविधि भिमाद नगरपालका, तनहुँको विनियोजन ऐन, २०८३ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले बनाएको हो । यस कार्यविधिमा उल्लिखित विधि र प्रक्रियाहरूको पालना गरी बित्तीय अनुशासन कायम राख तथा पारदर्शी एवम् प्रभावकारी ढङ्गले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने छ । अन्तमा, यो कार्यविधिको कार्यान्वयनका क्रममा कुनै कठिनाइ भएमा नगरस्तरीय निर्णयबाट परिमार्जन गरी कार्यान्वयन गरिने छ । भाद्र, २०८३ भिमाद नगरपालिका, तनहुँ ।