Notice Park
Naugad Rural Municipality
Guidelines

नौगाड गाउँपालिका हेभि यान्त्रिक उपकरण सञ्चालन (पहिलो संशोधन), कार्यविधि¸ २०८३

Summary

प्रस्तावना: नौगाड गाउँकार्यपालिकाको कार्यालयको स्वामित्वमा रहेको SM यान्त्रिक उपकरण प्रभावकारी र मितव्ययी ढङ्गले मर्मत सम्भार गर्नका साथै गर्न ढङ्गले सञ्चालन गर्न, रेखदेख तथा ब्यवस्थापन गर्न उक्त उपकरण स-शुल्क भाडामा वा अन्य प्रयोजनका लागि उपलब्ध गर्न वाञ्छनीय देखिएकोले,नौगाड गाउँपालिका क्षेत्रको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Naugad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

angie bao meat S) नौगाड गाउँपालिका स्थानीय राजपत्र खण्डः ५ संख्याः ९९ मितिः २०८३/०६/२३ गते WTR नौगाड गाउँपालिका हेभि यान्त्रिक उपकरण सञ्चालन (पहिलो संशोधन), कार्यविधि, २०८३ कार्यपालिकाबाट पारित मितिः २०७९।०४। २४ गते प्रमाणीकरण मितिः २०७९/४/२४ गते स्थानीय राजपत्रमा प्रकाशन मितिः २०७९।०४। २६ गते पहिलो संशोधनः २०८३।०६। २२ गते स्थानीय राजपत्रमा प्रकाशन मितिः २०८३।०६। २३ गते प्रस्तावना: नौगाड गाउँकार्यपालिकाको कार्यालयको स्वामित्वमा रहेको SM यान्त्रिक उपकरण प्रभावकारी र मितव्ययी ढङ्गले मर्मत सम्भार गर्नका साथै गर्न ढङ्गले सञ्चालन गर्न, रेखदेख तथा ब्यवस्थापन गर्न उक्त उपकरण स-शुल्क भाडामा वा अन्य प्रयोजनका लागि उपलब्ध गर्न वाञ्छनीय देखिएकोले,नौगाड गाउँपालिका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकास लगायत छिमेकी गाउँपालिका नागरपालिका तथा जिल्लाहरुमा समेत निर्माण हुने भौतिक पूर्वाधारका कार्यहरुमा स-शुल्क प्रयोग गर्नका लागि यस कार्यालयसँग रहेको हेभि यान्त्रिक उपकरण सञ्चालन तथा ब्यवस्थापनका लागि देहायक शर्त बन्देजमा रही सञ्चालन तथा ब्यवस्थापन गर्ने गराउने गरी नौगाड गाउँकार्यपालिकाको मिति २०७९ । ०४ । २४ गते को नौगाड गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत गरी यो कार्यविधी कार्यान्वयनमा ल्याइएको छ । १. संक्षिप्त नाम र प्रारम्भः क) यो कार्यविधिको नाम “नौगाड गाउँपालिका हेभि यान्त्रिक घम RE [क उपकरण सञ्चालन (पहिलो संशोधन), कार्यबिधि, २०८३” रहेको छ | ख) यो कार्यविधि गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ | २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमाः क. a. 4 a aga क्षय as ण. पाना नं.- “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७९ लाई सम्झनु पर्ने छ । “नियमावली” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम बनेको नियमावलीलाई सम्झनु पर्दछ। “गाउँपालिका” भन्नाले नौगाड गाउँपालिकालाई सम्झनु पर्दछ । “गाउँसभा” भन्नाले नौगाड गाउँ सभालाई सम्झनु पर्दछ । “अध्यक्ष” भन्नाले नौगाड गाउँपालिकाका अध्यक्षलाई सम्झनु पर्नेछ । “उपाध्यक्ष” भन्नाले नौगाड गाउँपालिकाका उपाध्यक्षलाई सम्झनु पर्दछ । , “गाउँ” कार्यपालिका भन्नाले नौगाड गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ | “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले नौगाड गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ । “कार्यालय” भन्नाले नौगाड गाउँकार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ । SR यान्त्रिक उपकरण” भन्नाले स्काईभिटर, ब्याकलोडर, रोड रोलर, डोजर, लाई जनाउनेछ । “समिति” भन्नाले यस कार्यविधिको दफा ८ बमोजिमको गठन भएको हुने समितिलाई सम्झनु पर्नेछ। “इन्जिनियर” भन्नाले नौगाड गाउँपालिकाका इन्जिनियरलाई सम्झनु पर्दछ ।सो शब्दले वा गाउँकार्यपालिका कार्यालयले सेवा परामर्श लिन सम्झौता गरेको इन्जिनियरलाई समेत जनाउँदछ । “सब-इन्जिनियर” भन्नाले नौगाड गाउँपालिकाका सब-इन्जिनियरलाई सम्झनु पर्दछ । सो शब्दले नौगाड गाउँकार्यपालिकाको कार्यालयले सेवा परामर्श लिन सम्झौता गरेको सब-& इन्जिनियरलाई समेत जनाउँदछ । “प्रयोगकर्ता” भन्नाले सञ्चालनका लागि लिइ जाने संघ, संस्था,व्यक्ति वा सरकारी निकाय सम्झनु पर्दछ । “भाडा” भन्नाले भाडामा उपलव्ध गराउन निर्धारण गरिएको दर रेटबाट हुन आउने रकमलाई सम्झनु पर्दछ । “बिल” भन्नाले सञ्चालन गरेको अपरेसन लगसीटको आधारमा कार्यालयले भाडा बापतको रकम राजस्व खातामा जम्मा गर्नको लागि तयार गर्ने भाडा महसुल बिललाई सम्झनु पर्दछ । se २ Zeno “नौगाड गाउँपालिका हेभि यान्त्रिक उपकरण सञ्चालन (पहिलो संशोधन), कार्यविधि २०८३” we

Like

0

Views

0

Comments

0

Share

0

Save

Report