Notice Park
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Call for Proposals

प्रस्ताव आह्वान गरिएको सम्बन्धी सूचना

Deadline 14 Oct 2026The deadline has passed.

Summary

भोटेकोशी रसुवा बाढीका कारण आमाछोदिङमो गाउँपालिका अन्तर्गत सञ्चालित श्री हाकुबेसी आधारभूत विद्यालय पूर्ण रूपमा प्रभावित भई विद्यालयको नियमित पठनपाठन अवरुद्ध भएको अवस्था विद्यमान रहेको छ। बाढीबाट प्रभावित बालबालिकाको शिक्षाको निरन्तरता सुनिश्चित गरी उनीहरूको शैक्षिक अधिकारको संरक्षण गर्न शिक्षा तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Industry
Ministry
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अर्ढथैश्ङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय प्रस्ताव आह्वान गरिएको सम्बन्धी सचना (sere पटक प्रकाशित मितिः २०८३ असोज २१ गते) भोटेकोशी रसुवा बाढीका कारण आमाछोदिङमो गाउँपालिका अन्तर्गत सञ्चालित श्री हाकुबेसी आधारभूत विद्यालय पूर्ण रूपमा प्रभावित भई विद्यालयको नियमित पठनपाठन अवरुद्ध भएको अवस्था विद्यमान रहेको छ। बाढीबाट प्रभावित बालबालिकाको शिक्षाको निरन्तरता सुनिश्चित गरी उनीहरूको शैक्षिक अधिकारको संरक्षण गर्न शिक्षा तथा खेलकुद मन्त्रालय र आमाछोदिङमो गाउँपालिकाको समन्वय तथा सहकार्यमा उक्त विद्यालयलाई कार्तिक २०८३ देखि चैत्र २०८३ सम्म कम्तीमा एक शैक्षिक सत्रका लागि काठमाडौँ उपत्यकामा अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय आमाछोदिङमो गाउँपालिकाको गाउँ सभाको २१ औँ विशेष अधिवेशनबाट समेत भएको छ। उक्त निर्णयबमोजिम विद्यालयको पठनपाठनलाई निरन्तरता दिन आवश्यक शैक्षिक तथा प्रशासनिक व्यवस्थापन गर्नुका साथै विद्यालयमा अध्ययनरत बालबालिकाको आवास, पालनपोषण, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा संरक्षणसम्बन्धी आवश्यक व्यवस्था मिलाउन सक्षम तथा अनुभवी संस्था मार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य गैरसरकारी संस्था/संस्थाबाट प्रस्ताव आह्वान गरिएको छ। यसकार्यक्रमअन्तर्गत श्री हाकुबेसी आधारभूत विद्यालयमा कार्यरत नियमित शिक्षकहरूको तलब तथा अन्य अनुदानअन्तर्गतका रकमको व्यवस्था आमाछोदिङमो गाउँपालिकामार्फत हुने व्यहोरा जानकारी गराइन्छ। तसर्थ काठमाडौ उपत्यका भित्र अस्थायी विद्यालय सञ्चालन गर्न इच्छुक तथा योग्य संघ/संस्थाले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि देहायबमोजिमका कागजात तथा विवरणसहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पेश गर्नुपर्ने कागजात तथा विवरण १. संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र र संस्थाको विधानको प्रतिलिपि । २. विद्यालय तथा बालबालिकाको आवासीय व्यवस्थापनसहित कार्यक्रम कहाँ, कसरी, कुन विधि र प्रक्रियाबाट सञ्चालन गर्ने भन्ने स्पष्ट खुलाइएको सञ्चालन तथा व्यवस्थापन योजना । ३. कार्यक्रम सञ्चालनका लागि आवश्यक विस्तृत लागत अनुमान तथा खर्च विवरण | ४. संस्थाको प्रोफाइल, संस्थागत क्षमता तथा यस प्रकृतिका कार्यक्रम सञ्चालन गरेको अनुभवसम्बन्धी विवरण । ५, बालबालिकाको आवास, पालनपोषण, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा संरक्षणसम्बन्धी सेवा व्यवस्थापन गर्न संस्थासँग उपलब्ध जनशक्ति, पूर्वाधार तथा अन्य स्रोतसाधनको विवरण । प्रस्ताव मूल्याङ्कन तथा संस्था छनोटसम्बन्धी व्यवस्था: प्राप्त प्रस्तावहरूको मूल्याङ्कन संस्थाको अनुभव तथा क्षमता, प्रस्तावित सञ्चालन तथा व्यवस्थापन योजना, बालबालिकाको सुरक्षा तथा संरक्षणसम्बन्धी व्यवस्था, लागतको औचित्य तथा कार्यक्रम सञ्चालनको प्रभावकारितालाई आधार मानी प्रचलित कानूनबमोजिम गरिनेछ | थप जानकारीका लागि: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौँ सम्पर्क नं. ०१-४२००१६८( बाल संरक्षण शाखा) ईमेल - [email protected] Scanned with H CamScanner’

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Deadline 14 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.