विपदमा बालबालिकाको अस्थायी संरक्षण सेवा संचालन निर्देशिका, २०८३
Summary
बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक तथा अन्य विपद्का कारण बाबुआमा, अभिभावक, संरक्षक वा परिवारका सदस्य गुमाएका, परिवारबाट बिछ्लोडिएका, परिवार वा अभिभावकको पहिचान वा अवस्था एकीन हुन नसकेका, घाइते तथा अपाङ्गता भएका र बेवारीस भई तत्काल उद्धार तथा संरक्षण गर्न आवश्यक भएका बालबालिकाको जीवनको संरक्षण तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4db6acee-f2ef-4015-9ae9-65de58ad3606.pdfPDF · 43 pages · 3.9 MBOpen
Key details
- Organization
- Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
- Industry
- Ministry
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
S ne vee विपद्मा बालबालिकाको अस्थायी संरक्षण Sar सञ्चालन निर्देशिका, २०८३ नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबार, काठमाण्डौ eae =) freree eo विपद्मा बालबालिकाको अस्थायी संरक्षण सेवा सञ्चालन निर्देशिका, २०८३ बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक तथा अन्य विपद्का कारण बाबुआमा, अभिभावक, संरक्षक वा परिवारका सदस्य गुमाएका, परिवारबाट बिछ्लोडिएका, परिवार वा अभिभावकको पहिचान वा अवस्था एकीन हुन नसकेका, घाइते तथा अपाङ्गता भएका र बेवारीस भई तत्काल उद्धार तथा संरक्षण गर्न आवश्यक भएका बालबालिकाको जीवनको संरक्षण तथा सुरक्षा, स्वास्थ्य, अधिकार, हक हित, मर्यादा र सर्वोत्तम हित सुनिश्चित गर्न वाञ्छनीय भएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा ( १) को अधिकार प्रयोग गरी नेपाल सरकार, महिला, बालबालिका, cite तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो निर्देशिका बनाएको छ। परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्तनामर प्रारम्भ: (१) यस निर्देशिकाको नाम “विपद्मा बालबालिकाको अस्थायी संरक्षण सेवा सञ्चालन निर्देशिका, २०८३” रहनेछ। (२) यो निर्देशिका मन्त्रालयबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। (३) प्रारम्भिक रूपमा यस निर्देशिका बमोजिमको अस्थायी संरक्षण सेवा काठमाडौं उपत्यकामा स्थापना तथा सञ्चालन गरिनेछ। (४) विपद्को प्रकृति, प्रभावित बालबालिकाको संख्या, भौगोलिक अवस्था तथा आवश्यकता हेरी मन्त्रालयले परिषद्, सम्बन्धित प्रदेश मन्त्रालय र स्थानीय तह तथा अन्य जिम्मेवार सरकारी निकायसँग समन्वय गरी अन्य स्थानमा समेत अस्थायी संरक्षण सेवा स्थापना तथा सञ्चालन गर्न सक्नेछ। २. परिभाषा: यस निर्देशिकामा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा... (क) “केन्द्र” भन्नाले यस निर्देशिका बमोजिम विपद् पीडित तथा प्रभावित बालबालिकाको अस्थायी संरक्षण सेवा प्रबन्धका लागि दफा ३ बमोजिमको अस्थायी संरक्षण सेवा केन्द्र सम्झनु पर्छ। (ख) “केन्द्र प्रमुख” भन्नालेदफा ३१ बमोजिम राष्ट्रिय बाल अधिकार परिषदले तोकेको केन्द्र प्रमुख ty सम्झनुपर्छ। 4 टर” pom hod E > | oo 5 Eo 2 y he ay डा (ग) “घटना व्यवस्थापन” भन्नाले प्रत्येक बालबालिकाको अवस्था पहिचान, आवश्यकता मूल्याङ्कन, व्यक्तिगत संरक्षण योजना, आवश्यक सेवा, परिबार खोजी, पुनर्मिलन, वैकल्पिक हेरचाह, अनुगमन तथा फलोअपसम्बन्धी व्यवस्थित प्रक्रिया सम्झनुपर्छ | (घ (“घटना पहिचान नम्बर” भन्नाले दफा १० बमोजिम प्रत्येक बालबालिकालाई प्रदान गरिने विशिष्ट पहिचान नम्बर सम्झनुपर्छ | (ङ) “परिवार खोजी” भन्नाले बालबालिकाको बाबुआमा, अभिभावक, नजिकको नातेदार वा परिवारका सदस्यको पहिचान तथा खोजतलास गर्ने प्रक्रिया सम्झनुपर्छ | (च) “पारिवारिक पुनर्मिलन” भन्नाले बालबालिकाको परिबार, अभिभावक वा नजिकका नातेदारको पहिचान तथा सम्बन्ध एकीन गरी बालबालिकाको सुरक्षा र सर्वोत्तम हित सुनिश्चित हुने अबस्था भएमा निजलाई परिवार, अभिभावक वा सुरक्षित नातेदारको जिम्मामा पुनःफिर्ता गर्ने प्रक्रिया सम्झनुपर्छ | (छ) “परिषद्” भन्नाले बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम गठित राष्ट्रिय बाल अधिकार परिषद् सम्झनुपर्छ। (ज) “बाल कल्याण अधिकारी” भन्नाले बालबालिका सम्बन्धी प्रचलित कानूनबमोजिम तोकिएको बाल कल्याण अधिकारी सम्झनुपर्छ। (झ) “मन्त्रालय” भन्नाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सम्झनुपर्छ | (a) “स्थानीय बाल अधिकार समिति” भन्नाले प्रचलित कानूनबमोजिम स्थानीय तहमा गठन भएको बाल अधिकार समिति सम्झनुपर्छ | (ट) “स्थानीय तह” भन्नाले सम्बन्धित गाउँपालिका वा नगरपालिका सम्झनुपर्छ | (ठ) “सर्वोत्तम हित निर्धारण” भन्नाले दीर्घकालीन असर पर्ने विषयहरूमा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी गरिने औपचारिक निर्णय प्रक्रिया सम्झनुपर्छ । (ड) “समिति" भन्नाले दफा २८ बमोजिमको केन्द्र सञ्चालन तथा व्यवस्थापन समन्वय समिति सम्झनुपर्छ। t 2 < % Or enti ३. अस्थायी संरक्षण सेवा केन्द्रको स्थापना तथा सञ्चालन : (१) ऐनको दफा ६९ बमोजिम तत्काल उद्धार तथा संरक्षण गर्न आवश्यक भएका विपद् पीडित तथा प्रभावित बालबालिकाको अस्थायी संरक्षण सेवा प्रबन्धका लागि परिषदले आवश्यक संख्यामा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गर्नेछ। (२) उपदफा (१) को कार्य प्रयोजनका लागि कुनै स्थानीय तह वा संस्थाले राष्ट्रिय बाल अधिकार परिषदबाट स्वीकृति लिई अस्थायी संरक्षण सेवा केन्द्रको स्थापना गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिमको केन्द्रले ऐन तथा नियमावलीका अतिरिक्त यस निर्देशिकामा तोकिएका मापदण्डहरु पूरा गरी सञ्चालन गर्नु पर्नेछ। ४. केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति : (१) केन्द्रको सञ्चालन, व्यवस्थापन, समन्वय, र अनुगमन लगायतका कार्य गर्न गराउन देहायबमोजिमको केन्द्र सघालन तथा व्यवस्थापन समिति रहनेछः- (क) मन्त्रालयको बाल संरक्षण शाखाकोउपसचिव वा मन्त्रालयले तोकेको सो सरहको अधिकृत- संयोजक ख) राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधि - सदस्य (ग) केन्द्र सञ्चालन हुने स्थानीय तह, कार्यपालिकाका सामाजिक विकाससमितिका संयोजक - सदस्य (घ) केन्द्र सञ्चालन हुने स्थानीयतहको वाल कल्याण अधिकारी - सदस्य (ई) केन्द्र रहेको स्थानीय तहकोवडास्थित स्वास्थ्य संस्थाका प्रमुख - सदस्य (a) Sox रहेको स्थानीय तहकोनजिकैको सामुदायिक विद्यालयका प्रधानाध्यापक - सदस्य (छ) स्थानीय तहमा सूचीकृत भईस्थानीय तहले तोकेको समाजसेवी - सदस्य (ज) स्थानीय तहमा सूचीकृत भईस्थानीय तहले तोकेको बालमनोविज्ञ - सदस्य (झ) नेपाल प्रहरीको महिला तथाबालबालिका हेर्ने स्थानीय इकाई को प्रतिनिधि - सदस्य (3) स्थानीय बाल अधिकार समितिका अध्यक्षले तोकेका समितिसदस्यमध्येबाट १ जना- सदस्य (ट) केन्द्र प्रमुख - सदस्य-सचिव। (२) दफा १ को उपदफा (४) बमोजिमको केन्द्र सञ्चालन गर्ने हकमा उपदफा (१) को खण्ड (ख) बमोजिमको सदस्य तोक्दा परिषद्ले अधिकृतस्तरका प्रतिनिधि तोक्न सक्नेछन् । (३) समितिले आवश्यकता अनुसार सम्बन्धित निकाय वा विषयका विज्ञलाई आमन्त्रण गर्न सक्नेछ । ५, समितिको काम,कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः- (क) केन्द्रको नीति, कार्ययोजना तथा प्राथमिकता निर्धारण गर्ने; (ख) बजेट,जनशक्ति तथा स्रोत व्यवस्थापनमा आवश्यक निर्णय तथा सहजीकरण गर्ने: (ग) सम्बन्धित सरकारी निकाय. carig ze a4 Fava स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय गर्ने; 420 Ti 2.