बाल विवाह अन्त्यका लागि स्थानीय तहलाई उपलब्ध गराईएको सशर्त अनुदान कार्यविधि, २०८३
Summary
नेपालमा बालविवाह बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण तथा समग्र विकासमा प्रतिकूल प्रभाव पार्ने सामाजिक समस्या हो। बालविवाह अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, समुदायको सहभागिता तथा लक्षित अभियान सञ्चालन गर्नु आवश्यक रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c0fef4ec-e665-4a89-84bd-68585062412c.pdfPDF · 4 pages · 2.4 MBOpen
Key details
- Organization
- Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
- Industry
- Ministry
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a Teer विवाकक्रै पकृति : posi f pe वर्ता at: perez em दर्ता मितिः oF 210 14.¢ बालविवाह अन्त्यका लागि स्थानीय तहलाई उपलब्ध गराइएको सशर्त अनुदान कार्यविधि, २०८३ १. पृष्ठभूमि नेपालमा बालविवाह बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण तथा समग्र विकासमा प्रतिकूल प्रभाव पार्ने सामाजिक समस्या हो। बालविवाह अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, समुदायको सहभागिता तथा लक्षित अभियान सञ्चालन गर्नु आवश्यक रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई बालविवाहलगायतका सामाजिक कुरीति तथा अन्धविश्वास अन्त्यका लागि कार्य गर्ने जिम्मेवारीसमेत दिएको छ। है यसै सन्दर्भमा नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक 0 सुरक्षा मन्त्रालयबाट कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका ११३ गाउँपालिकालाई बालविवाह न्यूनीकरण अभियान सञ्चालनका लागि प्रति गाउँपालिका रु. ३ लाखका दरले सशर्त अनुदान उपलब्ध गराइएको हुँदा उक्त रकमको प्रभावकारी, पारदर्शी र उद्देश्यपरक उपयोगका लागि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ अनुसार यो कार्यविधि जारी गरिएको gl २. उद्देश्य यस कार्यविधिका उद्देश्य देहायबमोजिम हुनेछन्- क) बालविवाहका कानुनी, सामाजिक, स्वास्थ्य तथा शैक्षिक असरबारे समुदायमा सचेतना अभिवृद्धि गर्ने, (0 ।। वालविवाह हुन नदिन जोखिममा रहेका बालबालिका, परिवार तथा समुदायको पहिचान गरी रोकथामका उपाय अवलम्बन गर्ने, ग) बालबालिका, अभिभावक, शिक्षक, धार्मिक तथा सामाजिक अगुवा, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता अभिवृद्धि गर्ने, घ) बालविवाह रोकथाम तथा प्रतिकार्यका लागि स्थानीय तहमा उपलब्ध बाल संरक्षण प्रणालीलाई परिचालन गर्ने, र ङ) बालविवाह अन्त्यका लागि स्थानीय तहको नेतृत्व र जवाफदेहिता अभिवृद्धि गर्ने। ३. अनुदान रकम र खर्चको क्षेत्र (१) प्रत्येक छनोट भएको गाउँपालिकालाई रु. 3,00,000 |— (तीन लाख रुपैयाँ मात्र) सशर्त अनुदान उपलब्ध हुनेछ। Scanned with | |CamScanner @ @ (२) अनुदान रकम देहायका क्रियाकलापमा मात्र खर्च गर्न सकिनेछ- क) विद्यालय, समुदाय, वडा तथा जोखिमयुक्त वस्तीमा वालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन, ख) बालबालिका, किशोरी, अभिभावक, शिक्षक, युवा, धार्मिक तथा सामाजिक अगुवाका लागि अभिमुखीकरण तथा अन्तरक्रिया, ग) बालविवाहको जोखिममा रहेका परिवार तथा समुदायको पहिचान र परामर्श, घ) बालविवाह रोकथामका लागि स्थानीय बाल अधिकार समिति, बाल संरक्षण संयन्त्र, बाल क्लब, सञ्जाल तथा सरोकारवालाको परिचालन, ङ) बालविवाहविरुद्ध स्थानीय स्तरमा सूचना, सन्देश, पम्प्लेट, पोस्टर, रेडियो तथा एफ.एम. लगायतका सञ्चार सामग्री उत्पादन तथा प्रसारण, च) बालविवाह हुन लागेको सूचना प्राप्त भएमा सम्बन्धित निकायसँग समन्वय गरी रोकथाम तथा आवश्यक संरक्षण र प्रेषणको व्यवस्था, छ) बालविवाह न्यूनीकरणसम्बन्धी स्थानीय स्तरको अभियान, पदयात्रा, सार्वजनिक प्रतिबद्धता, अन्तरक्रिया वा संवाद कार्यक्रम, र ज) अभियानको अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन तयारी | (३) एउटै गतिविधिमा अनावश्यक खर्च नगरी उपलब्ध रकमबाट अधिकतम लाभग्राहीसम्म पुग्ने र प्रत्यक्ष परिणाम देखिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेछ | ४. खर्च गर्न नपाइने विषय अनुदान रकमबाट देहायका खर्च गर्न पाइने aA क) कर्मचारीको नियमित तलब, भत्ता वा पारिश्रमिक, ख) कार्यालय सञ्चालन तथा नियमित प्रशासनिक खर्च, ग) सवारी साधन खरिद वा मर्मत, फर्निचर तथा स्थायी प्रकृतिका सामग्री खरिद, घ) राजनीतिक दल वा राजनीतिक गतिविधिसँग सम्बन्धित कार्यक्रम, ङ) व्यक्तिगत लाभ, पुरस्कार वा नगद वितरण, र च) यस कार्यविधिको उद्देश्यसँग असम्बन्धित अन्य कुनै कार्य। ५, कार्यक्रम सञ्चालन प्रक्रिया (१) गाउँपालिकाले प्राप्त अनुदान रकमलाई आफ्नो स्वीकृत कार्यक्रम तथा वजेटअन्तर्गत “बालविवाह न्यूनीकरण अभियान” शीर्षकमा परिचालन गर्नेछ। ge a । । ar Scanned with ; | |CamScanner (२) गाउँपालिकाले सम्बन्धित वडा, शिक्षा शाखा, स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा, बाल अधिकार समिति, प्रहरी, विद्यालय, बाल क्लब, नागरिक समाज तथा अन्य सरोकारवालासँग समन्वय गरी संक्षिप्त कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्नेछ | (३) कार्यक्रम सञ्चालन गर्दा वालविवाहको उच्च जोखिम रहेका वडा, वस्ती, समुदाय तथा विद्यालयलाई प्राथमिकता दिनुपर्नेछ। (४) अभियानका क्रममा बालविवाहको घटना वा जोखिम पहिचान भएमा सम्बन्धित स्थानीय बाल संरक्षण संयन्त्र, प्रहरी तथा आवश्यकतानुसार अन्य निकायसँग समन्वय गरी प्रचलित कानूनबमोजिम रोकथाम तथा संरक्षणको व्यवस्था गर्नुपर्नेछ | (५) गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्दा सामाजिक सञ्जाल र त्यस प्लाटफर्ममा चर्चित व्यक्तित्वहरूको सहकार्यमा कार्यक्रम गर्नुपर्नेछ। ६. वित्तीय व्यवस्थापन (१) अनुदान रकमको खर्च प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानून, स्थानीय तहको स्वीकृत बजेट तथा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानूनबमोजिम गर्नुपर्नेछ | (२) रकमको खर्चमा मितव्ययिता, पारदर्शिता, जवाफदेहिता र बालमैत्री दृष्टिकोण अवलम्बन गर्नुपर्नेछ। (३) अनुदान रकम अन्य प्रयोजनमा रकमान्तर गरी खर्च गर्न पाइने छैन। ७. अनुगमन तथा प्रतिवेदन (१) गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमको अनुगमन गाउँपालिका अध्यक्ष वा उपाध्यक्षको नेतृत्वमा सम्बन्धित शाखा तथा स्थानीय बाल अधिकार संयन्त्रको सहभागितामा गर्नुपर्नेछ | (२) गाउँपालिकाले अभियान सम्पन्न भएपछि कार्यक्रमगत प्रगति, खर्च विवरण, उपलब्धि तथा सिकाइ समेटिएको संक्षिप्त प्रतिवेदन सम्बन्धित प्रदेश सरकारको विषयगत मन्त्रालय वा निकाय तथा यस मन्त्रालयमा पठाउनुपर्नेछ | (३) मन्त्रालय तथा सम्बन्धित प्रदेश सरकारले आवश्यकतानुसार कार्यक्रमको स्थलगत वा कागजातका आधारमा अनुगमन गर्न सक्नेछ | (४) अनुदान रकमको बेरुजु वा अनियमित खर्च भएमा सम्बन्धित गाउँपालिका जिम्मेवार हुनेछ र अन्य apa हुनेछ। & po ८ क्र टि ! Scanned with | | |CamScanner / अपेक्षित उपलब्धि कार्यक्रमको प्रमुख उपलब्धिका रूपमा बालविवाहविरुद्ध सचेत, जिम्मेवार र संवेदनशील समुदायको विकास हुनुका साथै जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, संरक्षण तथा सहयोग सुनिश्चित हुने अपेक्षा गरिएको छ। स्थानीय तहमा वाल संरक्षण संयन्त्र थप सक्रिय र प्रभावकारी हुने, सरोकारवाला निकायबीचको समन्वय र सहकार्य सुदृढ हुने तथा बालविवाहलाई स्वीकार गर्ने परम्परागत सोच, सामाजिक मान्यता र व्यवहारमा क्रमशः सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। यसबाट बालबालिकाले सुरक्षित, सम्मानित र अवसरयुक्त वातावरणमा आफ्नो शिक्षा, स्वास्थ्य तथा समग्र विकासलाई निरन्तरता दिन सक्ने आधार तयार भई बालविवाहका घटनामा उल्लेखनीय न्यूनीकरण हुने अपेक्षा गरिएको छ। ९, विविध (१) यस कार्यविधिमा उल्लेख नभएका विषयमा प्रचलित सङ्घीय तथा प्रदेश कानून, नेपाल सरकारका स्वीकृत मापदण्ड तथा सम्बन्धित कार्यक्रमसम्बन्धी निर्णय लागू हुनेछ। (२) बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ सँग प्रतिकूल नहुने गरी स्थानीय तहले कार्यक्रम सञ्चालन गर्नुपर्नेछ | (३) यो कार्यविधि कार्यान्वयनका क्रममा कुनै द्विविधा उत्पन्न भएमा मन्त्रालयको निर्णय अन्तिम हुनेछ। yn? Scanned with ; | |CamScanner