Notice Park
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Guidelines

लैङ्गिक हिंसा अन्त्यको लागि पुरुष संजालको गठन तथा परिचालन कार्यविधि, २०८३

Summary

लैङ्गिक हिंसा, विभेद, हानिकारक अभ्यास लगायत मानव बेचबिखन तथा समाजमा विद्यमान कुप्रथा र कुरीतिलाई अन्त्यका लागि पुरूष सदस्यलाई थप जिम्मेबार र सकारात्मक सहभागिता गराई हिंसामुक्त समाज निर्माणका लागि परिवर्तनको संवाहकको भूमिका खेल्ने एक साझा सञ्जालको रुपमा लैङ्गिक हिंसा अन्त्यको लागि पुरूष सञ्जाल गठन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Industry
Ministry
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

: sy Ree, ५३ Sp Ree & Tee, जल गठन तथा परिचालन कार्यविधि, २०८३ नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबार, काठमाडौं । cea | Sand तथा संसटीप मामिला hai av sv MIOHIS! प्रत्यायोजित विधायनको प्रकृति दे 0० 007 म प्रस्तावना =e लैङ्गिक हिंसा, विभेद, हानिकारक अभ्यास लगायत मानव बेचबिखन तथा समाजमा विद्यमान कुप्रथा र कुरीतिलाई अन्त्यका लागि पुरूष सदस्यलाई थप जिम्मेबार र सकारात्मक सहभागिता गराई हिंसामुक्त समाज निर्माणका लागि परिवर्तनको संवाहकको भूमिका खेल्ने एक साझा सञ्जालको रुपमा लैङ्गिक हिंसा अन्त्यको लागि पुरूष सञ्जाल गठन गरी परिचालन गर्न वाञ्छनीय भएकोले, आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो कार्यविधि बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भः(१) यो कार्यविधिको नाम "लैङ्गिक हिंसा अन्त्यको लागि पुरूष सञ्जाल गठन तथा परिचालन कार्यविधि, २०८३" रहेको छ। (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ। 2, परिभाषा: बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (क) “मन्त्रालय” भन्नाले महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सम्झनु पर्छ। (ख) “प्रदेश मन्त्रालय” भन्नाले प्रदेश तहमा लैङ्गिक सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्दछ। (ग) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्दछ। ३. पुरूष सञ्जाल गठन प्रक्रिया:(१) लैङ्गिक हिंसा निवारण गर्न योगदान पुच्याएका वा सो क्षेत्रमा काम गरेका फरक/फरक भौगोलिक, प्रादेशिक र मन्त्रालयको कार्यक्षेत्र समेत समेट्ने गरी फरक फरक क्षेत्रबाट प्रतिनिधित्व हुने गरी बढीमा १५ जनाको पुरूष सञ्जाल गठन गर्न सकिनेछ । (२) उपदफा (१) बमोजिमको समितिमा सार्वजनिक तथा निजी जस्तै सामाजिक क्षेत्र (महिला सशक्तिकरण, लैङ्गिक हिंसा, बालबालिका), कलाकारिता (चलचित्र, गायन, नाटक ), पत्रकारिता, साहित्य, खेलकुद, बिज्ञान प्रविधि, स्वास्थ्य, कृषि, शिक्षा र व्यापार व्यवसाय क्षेत्र लगायत अन्य क्षेत्रमा समेत ख्याति प्राप्त गरेका व्यक्ति हुनेछन्‌। (३) उपदफा (२) बमोजिम पुरूष सञ्जाल सदस्यको छनौटको लागि मन्त्रालयको वेवसाइटमा पन्ध्र दिने सुचना प्रकाशन गरिनेछ | ४. पुरूष सञ्जाल सदस्यको छनौट लागि निवेदन दिनु पर्ने: (१) दफा ३ को उपदफा (२) बमोजिमका व्यक्तिहरूले देहाय बमोजिमका कागजात संलग्न राखी निवेदन दिनु पर्नेछ। (क) नेपाली नागरिक भएको व्यक्ति, (ख) निवेदकको वैयक्तिक विवरण, (ग) राजनीतिक रूपमा तटस्थ रहेको भनी व्यक्तिको प्रतिवद्धता, (घ) नैतिक पतनदेखिने फौजदारी अभियोग नलागेको व्यक्ति । ५, पुरूष सञ्जालको सदस्य छनौट सिफारिस समिति: (१) पुरूष सञ्जालको सदस्य छनौट गर्नका लागि मन्त्रालयमा देहाय बमोजिमको एक पुरूष सञ्जाल सदस्य छनौट सिफारिस समिति रहनेछ। Bara , म.बा.लै.तथा यौ.अ.र सा.सुम.-संयोजक 00 ), -सदस्य (क) महाशाखा प्रमुख, महिला TUR (ख) शाखा प्रमुख, कान्‌न तथा फेसला (ग) प्रमुख, आर्थिक प्रशासन शाखा, हि -सदस्य (घ) प्रतिनिधि,राष्टिय महिला आयोग -सदस्य (ङ) प्रमख, लैङ्गिक हिंसा निवारण शाखा, म.बा.लै.तथा यौ.अ.र सा.सु म -सदस्य सचिव (2) उपदफा(१) बमोजिमको सिफारिस समितिले आवश्यकता अनुसार विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ | (३) उपदफा (१) बमोजिमको सिफारिस समितिले पुरूष सञ्जाल सदस्य छनौट गर्दा देहाय बमोजिमको आधारमा सुचि तयार गरी मन्त्रालय समक्ष सिफारिस गर्नेछ। (क) सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको, (ख) सम्बन्धित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त गरी प्रशिक्षण गरेको, (ग) राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान प्राप्त गरेको, (घ) सार्वजानिक, निजी र अन्य क्षेत्रमा अभियानकर्ताको भूमिका निर्वाह गरेको । ६. पुरूष सञ्जाल सदस्यको पदावधि: दफा ५ बमोजिम सिफारिस भई आएका व्यक्तिलाई मन्त्रालयले निर्णय गरी लैङ्गिक हिंसा अन्त्यको लागि अभियानकर्ताको रूपमा पुरूष सञ्जालको सदस्यमा बढीमा पाँच वर्षको लागि नियुक्ति गर्नेछ। ७. पुरूष सञ्जाल सदस्यका कार्यक्षेत्र : लैङ्गिक हिंसा अन्त्यको क्षेत्रमा कार्य गर्नका लागि मन्त्रालय परिचालन गरेका पुरूष सञ्जाल सदस्यका कार्यक्षेत्र देहाय बमोजिमको हुनेछ । (क) लैङ्गिक हिंसाविरूद्धका नीति तथा कार्यक्रमहरूको बिषयमा समीक्षा गरी रचनात्मक ढंगले पृष्ठपोषण गर्ने, (ख) लैङ्गिक हिंसामुक्त समाजको निर्माण गर्न क्षेत्रगत कार्यक्रमहरू तर्जुमा गराउन मार्गदर्शन तथा सुझावहरू दिने, (ग) महिलाको जीवनमा गुणात्मक परिवर्तन ल्याउन समाजमा विद्यमान असमानताहरूको पहिचान गरी लैङ्गिक हिंसा अन्त्य गर्न क्रियाशील भई कार्य गर्ने, (घ) लैङ्गिक हिंसासँग सम्बन्धित तथ्यांक संकलन गर्ने कार्यमा सहयोग गर्ने ङ) जोखिम उन्मुख क्षेत्र, स्थान, मार्ग, समाजमा हुने हिंसाको कारकतत्त्व पत्ता लगाई सम्बन्धित निकायमा जानकारी दिने, (च) समाजमा विद्यमान हानिकारक प्रचलन विरूद्धमा आमजनमानसलाई सामाजिक रूपान्तरण गर्न संवाहकको रूपमा कार्य गर्ने (छ) लैङ्गिक हिंसा अन्त्य गर्न सहयोग wana गरी सृजनात्मक अभिव्यक्ति, लेख, रचना प्रकाशन गर्ने, (ज) डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा, दुर्व्यवहार, साइबर उत्पीडन, धम्की, गोपनीयता भङ्ग तथा अन्य अनलाइन हिंसाको जोखिम पहिचान, न्यूनीकरण र रोकथामका लागि जनचेतना ae cy if te, “2 ill अभिवृद्धि गर्ने, src गर्ने तथा त्यस्ता घटनाको सूचना सम्बन्धित निकायमा पुन्याउन सहजीर्करँश गर्ने, (झ) लैङ्गिक हिंसा विरूद्ध तथा लैङ्गिक समानता कायम गर्नका निम्ति मन्त्रालयबाट सञ्चालित कार्यक्रममा सक्रियताका साथ सहभागी हुने, (ज) लैङ्गिक हिंसा न्यूनीकरण, लैङ्गिक समानता प्रवर्द्धन तथा सकारात्मक व्यवहार विकासमा किशोरको सहभागिता अभिवृद्धि गर्न पुरूष सञ्जालले आवश्यकता अनुसार समुदायस्तरमा सचेतनामूलक कार्य गर्ने, (ट) मन्त्रालयले तोकेको अन्य कार्य गर्ने। ८. पुरूष सञ्जाल सदस्यको दायित्व: लैङ्गिक हिंसा अन्त्यको क्षेत्रमा कार्य गर्नका लागि मन्त्रालयले परिचालन गरेका पुरूष सञ्जाल सदस्यको दायित्व देहाय बमोजिमको हुनेछ। (क) सबै प्रकारका लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलताको लागि सक्रिय रूपमा प्रस्तुत हुने, (ख) लैङ्गिक हिंसा विरूद्धमा संचार माध्यम लगायत अन्य उपयुक्त सार्वजनिक माध्यमबाट असल एवं सहयोगी पुरूषको भूमिका निर्वाह गर्ने, (ग) लैङ्गिक असमानता हटाउनका लागि पितृसत्ताले पुरुषलाई पनि कसरी असर पारिरहेको छ भन्ने बिषयमा पेरवी गर्ने, (घ) लैङ्गिक हिंसा विरूद्धमा कार्यरत व्यक्ति, संघ संस्थाहरूसँग सहयोग गर्ने तथा ती संस्थासँग सहकार्य गर्ने, (ङ) सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको जिम्मेवार र सुरक्षित प्रयोगका लागि सकारात्मक सन्देश प्रवाह गर्ने,डिजिटल हिंसा तथा दुर्व्यवहार विरुद्ध जनचेतना अभिवृद्धि गर्ने र त्यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई सम्बन्धित सहायता तथा न्यायिक निकायसम्म पहुँचका लागि सहजीकरण गर्ने | (च) घरपरिवार, कार्यक्षेत्र आदिमा हरेकदिन लैङ्गिक उत्तरदायी पुरूषको रुपमा भूमिका निर्वाह गर्ने, (छ) पूरूष सञ्जाल सदस्यले लैङ्गिक समानता, सम्मानजनक सम्बन्ध, हिंसारहित व्यवहार, डिजिटल सुरक्षा तथा जिम्मेवार सामाजिक सञ्जाल प्रयोगका विषयमा आफ्ना अनुभव, सुझाव तथा धारणा प्रस्तुत गर्ने | (ज) लैङ्गिक समानता, लैङ्गिक न्याय, लैङ्गिक हिंसा अन्त्य सम्बन्धी नीति, रणनीति, लैङ्गिक उत्तरदायी बजेट तथा कार्यक्रम सञ्चालनका लागि पैरवी गर्ने, (झ) पुरूष सञ्जाल सदस्यले आ-आफ्नो क्षेत्रमा लैङ्गिक हिंसा निवारणको लागि संवोधन गर्ने। ९, पुरूष सञ्जाल सदस्यको सेवा सुविधा: (१) दफा ६ बमोजिम पुरूष सञ्जाल सदस्यमा नियुक्ति भएका सदस्यले लैङ्गिक हिंसा अन्त्यको लागि प्रभावकारी रुपमा काम गर्नुपर्नेछ।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.