ऐन कानुन निर्देशिका
Summary
नगरपालिकाको नीति, नियम, कानून, मापदण्ड तथा निर्णय प्रभावकारी रूपमा कार्यान्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, सुरक्षा व्यवस्थापन, विभिन्न निर्णयको कार्यान्वयन, नगर कार्यपालिकाले तोकेको अन्य कार्य गर्न गराउन नगर प्रहरी परिचालन गरी स्थानीय समस्याहरूको सहज समाधान गर्न नगर प्रहरी करारमा लिई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- de59dbbf-c505-41fa-970b-61c47effe177.pdfPDF · 20 pages · 1.1 MBOpen
Key details
- Organization
- Mangalsen Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मंगलसेन राजपत्र मंगलसेन नगरपालिकाद्वारा प्रकाशित खण्ड ९) संख्या ६ मितिः २०८३ असोज २७ भाग २ मंगलसेन नगरपालिका मंगलसेन नगरपालिकाको सूचना नगरपालिकाको नीति, नियम, कानून, मापदण्ड तथा निर्णय प्रभावकारी रूपमा कार्यान्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, सुरक्षा व्यवस्थापन, विभिन्न निर्णयको कार्यान्वयन, नगर कार्यपालिकाले तोकेको अन्य कार्य गर्न गराउन नगर प्रहरी परिचालन गरी स्थानीय समस्याहरूको सहज समाधान गर्न नगर प्रहरी करारमा लिई परिचालन गर्न वाञ्छनिय भएकोले नगर कार्यपालिकाको मिति २०८३। ६।२० गतेको वैठकबाट पारित नगर प्रहरी सत्र्चालन तथा व्यवस् समितिको गठन, दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ 'लाई मंगलसेन नगरपालिकाकोको राजपत्र प्रकाशन सम्बन्धी कार्यबिधि २०७४ को दफा (७) बमोजिम सर्वसाधारण जनताको जानकारीका लागि प्रकाशन गरिएको छः खण्ड ९) संख्या ६ मंगलसेन राजपत्र, भाग २ मिति २०८३/०६/२७ मंगलसेन नगरपालिकामा नगर प्रहरी सञ्चालन तथा [व्यबस्थापन सम्बन्धी कार्यबिधि, २०८३ प्रस्तावना : नगरपालिकाको नीति, नियम, कानून, मापदण्ड तथा निर्णय प्रभावकारी रूपमा कार्यान्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण, स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा, जात्रा, चाडपर्वको सुरक्षा व्यवस्थापन, स्थानीय बजार, पार्किङ स्थलको रेखदेख र व्यवस्थापन, नगर सरसफाइ सम्बन्धी मापदण्ड कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना, अनधिकृत विज्ञापन, होर्डिङ बोर्ड नियन्त्रण, छाडा पशु चौपायाको नियन्त्रण, अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न एवं कार्यपालिकाले तोकेको अन्य कार्य गर्न गराउन नगर प्रहरी परिचालन गरी स्थानीय समस्याहरूको सहज समाधान गर्न नगर प्रहरी करारमा लिई परिचालन गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२)(क) ले दिएको अधिकार प्रयोग गरी मंगलसेन नगरपालिका, नगर कार्यपालिकाले यो कार्यविधि स्वीकृत गरी लागू गरेको छ । खण्ड ९) संख्या ६ मंगलसेन राजपत्र, भाग २ मिति २०८३/०६/२७ परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (कयो कार्यविधिको नाम "मंगलसेन नगरपालिकामा नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३" रहेको छ | (ख) यो कार्यविधि नगर कार्यपालिकाले स्वीकृत गरेपछि लागू हुनेछ । २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :- (क) "ऐन" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्छ । (ख) "नगरपालिका" भन्नाले मंगलसेन नगरपालिकालाई सम्झनु पर्छ । (ग) "नगर प्रहरी" भन्नाले मंगलसेन नगरपालिकाबाट सेवा करारमा लिई परिच्छेद ४ मा उल्लेखित कामकाज गर्न खटिएको जनशक्ति सम्झनु पर्छ । सो शब्दले नगर प्रहरी जवान, नगर प्रहरी सहायक चौथो एवं नगर प्रहरी सहायक पाँचौँ समेतलाई जनाउनेछ । (घ) "आर्थिक वर्ष" भन्नाले कुनै वर्षको श्रावण १ गते देखि अर्को वर्षको आषाढ मसान्तसम्मको अवधिलाई सम्झनु पर्छ । (ङ) "प्रमुख" भन्नाले मंगलसेन नगरपालिकाको प्रमुखलाई सम्झनु पर्छ । (च) "उप-प्रमुख" भन्नाले मंगलसेन नगरपालिकाको उप- प्रमुखलाई सम्झनु पर्छ । खण्ड ९) संख्या ६ मंगलसेन राजपत्र, भाग २ मिति २०८३/०६/२७ (छ) "जनप्रतिनिधि" भन्नाले मंगलसेन नगरपालिकाका जनप्रतिनिधिहरूलाई सम्झनु पर्छ । (ज) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले मंगलसेन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ । (झ) "पदपूर्ति समिति" भन्नाले मंगलसेन नगरपालिकाको नगर प्रहरी पदपूर्ति समितिलाई सम्झनु पर्छ । (न) "बडा कार्यालय" भन्नाले मंगलसेन नगरपालिकाको सम्बन्धित वडा कार्यालयलाई सम्झनु पर्छ | ३. कार्यविधिको व्याख्या : यस कार्यविधिको व्याख्या मंगलसेन नगरपालिका, नगर कार्यपालिकाले गर्नेछ। यस कार्यविधिको प्रयोग गर्दा नगर प्रहरीलाई मर्का परेमा प्रमुख प्रशासकीय अधिकृत समक्ष निबेदन दिन सक्नेछन् | यसरी परेको निवेदनउपर “आफैँले गर्नुपर्ने भएमा तीन दिनभित्र कारबाही किनारा गर्नुपर्नेछ । पेश गर्नुपर्ने भएमा तीन दिनभित्र कार्यपालिकामा पेश गर्नुपर्नेछ । परिच्छेद २ पदपूर्ति समिति गठन, काम कर्तव्य र अधिकार ४. नगर कार्यपालिकाले देहायबमोजिमको नगर प्रहरी पदपूर्ति समिति गठन गर्नेछ : (क) प्रमुख प्रशासकीय अधिकृत - संयोजक (ख) मंगलसेन नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख - सदस्य (ग) नेपाल प्रहरीको कम्तीमा अधिकृत स्तर सेवामा बहाल रहेको व्यक्ति - सदस्य (घ) मेडिकल अधिकृत प्रतिनिधि - सदस्य (ङ) नगरपालिकाको प्रशासन शाखा प्रमुख - सदस्य सचिव रद