Notice Park
House of Representatives, Nepal
Others

सूचनापत्र २०८३-०६-०७

Summary

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर माननीय पार्वती वि.क.ले सुर्खेतको चौकुनेमा मदिरा सेवन गरी श्रीमानले श्रीमतीको हत्या गरेको र छोरीहरू घाइते बनाएको घटनाको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन as. बैठक सङ्ख्या- ५९ = सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) २०८३ साल असोज ०७ गते बुधबार प्रतिनिधि सभाको आजको बैंठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:१० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा आकस्मिक समय लिएर माननीय पार्वती वि.क.ले सुर्खेतको चौकुनेमा मदिरा सेवन गरी श्रीमानले श्रीमतीको हत्या गरेको र छोरीहरू घाइते बनाएको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने तथा पीडित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने साथै समाजमा बढ्दो मदिरा तथा लागुपदार्थको कुलत रोक्न सरकारले विशेष अभियान चलाउनुपर्ने माग गर्नुभयो। त्यसपछि प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयो:- १. मा० बलाकती शर्मा qs. मा० बसुमाया तामाङ २. मा0 बिश्व राज पोखरेल १९. WO महेन्द्र बहादुर शाही ३. WO ag रत्न महर्जन २०. मा० युवराज दुलाल ४. Wo ate प्रसाद पन्त २१. मा० रजनी श्रेष्ठ ५, मा० बिना गुरुङ २२. ATO रत्ना कुमारी थापा ६. मा० भरत गिरी २३. मा० रमेश कुमार मल्ल ७. मा० भरत प्रसाद पराजुली २४. मा० रमेश कुमार सापकोटा 5. Wo भीम कुमारी बुढा मगर २५. HO रमेश प्रसाई ९. मा0 भुमिका श्रेष्ठ २६. मा० राज किशोर महतो १०. Ho मञ्जु भुषाल २७. मा० राजन गौतम ११. Wo Ay कुमार चौलागाई २८. मा० राजीव खत्री मा० राजेश कुमार चौधरी मा० राधिका रम्तेल मा० राम लामा १२. मा० मनिष खनाल १३. मा० मनिष झा १४. मा० माधव बहादुर थापा १५. मा० मोहन लाल आचार्य मा० रिंगला यादव १६. मा० यशोधा कुमारी मा० रीमा विश्वकर्मा १७. मा० यज्ञमणि न्यौपाने ३४. मा० रुकेश रन्जित यसैबीच माननीय पार्वती वि.क.ले माननीय रमेश प्रसाई बोल्नेक्रममा प्रयोग गर्नुभएको कम्युनिष्ट भाष्य भन्ने शब्द संसदीय अभिलेखबाट हटाउन माग गर्नुभयो। माननीय बलावती शर्माले नियमापत्ति गर्नुहुँदै अदालतमा विचाराधीन रहेका विषय र अदालतका कार्यहरूसँग जोडिएका प्रश्नहरू सदनमा बहस गर्दा संविधानको धारा १०५ र प्रतिनिधि सभा नियमावली विपरीत हुने भएकाले यस्ता विषयमा सदनमा अभिव्यक्ति दिन नहुने भन्नुभयो। तदुपरान्त माननीय Gal, जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रशनहरूको जवाफ दिनुहुँदै रसुवामा आएको विनाशकारी बाढीका कारण जलविद्युत्‌ क्षेत्रमा ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँको क्षति भएको, बाढीले विभिन्न जलविद्युत्‌ आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको र ११ वटा विद्युत उत्पादन केन्द्र बन्द हुँदा ४१० मेगावाट विद्युत्‌ राष्ट्रिय प्रणालीमा कम भएको, S283 28 wow aww ar बाढीबाट प्रभावित क्षेत्रका ग्राहकलाई बिलिङ नगर्ने, क्षतिग्रस्त मिटर निःशुल्क बदल्ने र महसुल छुट दिने विषयमा अध्ययन भइरहेको लगायतका विषयहरूमा सदनलाई जानकारी गराउनुभयो | तत्पश्चात्‌ सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त निम्नलिखित पत्रको बेहोरा पढेर सुनाउनुभयो:- सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू सम्बत्‌ २०८३ साल असोज ६ गते मङ्गलबार संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय अर्थ मन्त्री sto स्वर्णिम वाग्लेले सम्हाल्ने गरी तोक्नुभएको बेहोरा जानकारी गराउँदछु। मितिः २०८३००६%०६ (माहादेव पन्थ) सचिव त्यसपछि माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुभयो। तदुपरान्त उक्त विधेयकमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३" प्रस्तुत गर्नुभयो। तत्पश्चात्‌ माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले "नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | त्यसपछि उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले जवाफ दिनुभयो:- १. मा सुशील खड्का १७. मा0 प्रेम लाल चौधरी २. मा कृष्ण हरी बुढाथोकी १०. HO आशिष गजुरेल ३. ATO नितिमा कार्की भण्डारी १९. मा० बलावती शर्मा ४. मा० माधव बहादुर थापा २०. मा० ललिता कुमारी ५. मा0 सिताराम साह २१. मा0 गोपाल शर्मा ६. माए प्रभा ढकाल २२. AIO YER बम ७. mo जनक सिंह धामी ३. मा० निराशा चौधरी डगौरा ५. WO मन्जु भुषाल २४. मा० हरी मोहन भण्डारी ९, मा देवराज पाठक २५. मा ज्ञानेन्द्र सिंह महता qo. Wo गोविन्द पन्थी २६. मा० बोध नारायण श्रेष्ठ ११. मा प्रभा कार्की २७. मा0 विश्वराज पोखरेल १२. मा० परशुराम तामाङ्ग २८. AIO एशुदा कुमारी बराल १३. मा० अमृता विक २९. HO We प्रसाद बराल १४. HO राधिका रम्तेल ३०. मा० अम्बिका देवी संगौला १५. मा९ श्रीराम न्यौपाने ३१. Ho मधु कुमार चौलागाई १६. मा० गणेश बहादुर विश्वकर्मा ३२. मा० भरत गिरी तदुपरान्त सम्माननीय सभामुखले "नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तत्पश्चात्‌ सम्माननीय सभामुखले “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | त्यसपछि माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले "भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | त्यसपछि उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले जवाफ दिनुभयोः- १. मा० सुशील खड्का ६. मा० नानु कुमारी कर्ण २. मा० नितिमा भण्डारी (कार्की) ७. मा प्रेम वहादुर बयक ३. Wo Waren चौधरी 5. Wo भधु कुमार चौलागाई ४. माए कृष्णहरी बुढाथोकी ९, मा0 एशुदा कुमारी बराल ५. मा९ गणेश पौडेल १०. मा० परशुराम तामाङ तदुपरान्त सम्माननीय सभामुखले "भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तत्पश्चात्‌ सम्माननीय सभामुखले “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | त्यसपछि माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्‌“ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो | तदुपरान्त उक्त विधेयकमाथिको छलफलमा निम्नलिखित माननीय सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जवाफ दिनुभयोः- १. Wo अशोक कुमार चौधरी ११. मा० ओजस्वी शेरचन २. Wo रमेश कुमार मल्ल १२. मा0 तारा विश्वकर्मा ३. ATO समिना मिया ३. मा० गंगा देवी श्रेष्ठ ४. मा० शोभा खनाल १४. मा0 पार्वती वि.क ५. मा९ गंगा लक्ष्मी अवाल १५. मा निनु कुमारी कर्ण ६. मा० माधव बहादुर थापा १६. HO भरत प्रसाद पराजुली ७. मा0 मोहनलाल आचार्य १७. HO हरि मोहन भण्डारी ५. मा० समिक्षा बासकोटा १८. मा० राजन गौतम ९. मा0 पुष्पा कुमारी चौधरी १९. मा० हरि प्रसाद भुषाल १०. मा० गणेश बहादुर विश्वकर्मा तत्पश्चात्‌ सम्माननीय सभामुखले राष्ट्रिय सभामा उत्पत्ति भएको “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। त्यसपछि सम्माननीय सभामुखले राष्ट्रिय सभामा उत्पत्ति भएको “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” माथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११२ बमोजिम संशोधनको सूचना दिन चाहनु हुने माननीय सदस्यहरूले विधेयक शाखा (प्रतिनिधि सभा), सङ्घीय संसद्‌ सचिवालय, सिंहदरबारमा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउनुभयो | तदनन्तर प्रतिनिधि सभाको अर्को बैठक २०८३ असोज ८ गते बिहीबार बिहान ११:०० बजे बस्ने गरी दिनको ४:१५ बजे स्थगित भयो। पद्म प्रसाद पाण्डेय महासचिव aw

Like

0

Views

2

Comments

0

Share

0

Save

Report