Notice Park
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Gen Info

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सूचना २०८३/०६/१२

Summary

मिति २०८२ साल चैत्र १३ गते वर्तमान सरकार गठन भएपश्चात्‌ मन्त्रालयको मुख्य कार्यक्षेत्र महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, बाल अधिकार, ज्येष्ठ नागरिक सेवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी कार्यसम्पादन भइरहेको छ। यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय सरकार गठन पश्चातको छ महिनामा भएका महत्त्वपूर्ण कार्य तथा उपलब्धिहरू (९२०८२।१२।१३ - २०८३।०६।१२) मिति २०८२ साल चैत्र १३ गते वर्तमान सरकार गठन भएपश्चात्‌ मन्त्रालयको मुख्य कार्यक्षेत्र महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, बाल अधिकार, ज्येष्ठ नागरिक सेवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी कार्यसम्पादन भइरहेको छ। यस अवधिमा विकास साझेदार, अन्तर्राष्ट्रिय प्रतिनिधि र मातहतका संरचनासँगको समन्वयलाई तीव्र पार्दै मन्त्रालयको कार्यसम्पादनलाई नतिजामुखी बनाउने प्रयास गरिएको छ। नेपाल सरकारको joo de कार्यसूची बमोजिमका प्रमुख प्राथमिकतालाई मार्गदर्शनका रुपमा आत्मसात गरी देहायका कार्यहरू गरिएको छ। १. नीति तथा काबुन तर्जुमा सम्बन्धी कार्य ० मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को पहिलो संशोधन विधेयक, २०८३ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयक, २०८३ संघीय संसदमा पेश भएको छ। ० आपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को संशोधन विधेयक, २०८३ संघीय संसदमा पेश गर्ने स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको छ। ० दलित, अधिकार तथा विकाससम्बन्धी विधेयकको मस्यौदा गरी सर्वसाधारणको पृष्ठपोषणका लागि मन्त्रालयको वेवासाइटमा अपलोड गरिएको छ। « लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत कानूनको मस्यौदा तर्जुमा गर्न कानून निर्माणको सैद्धान्तिक सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मन्त्रालय पठाइएको छ। ० बालबालिका सम्बन्धी (दोस्रो संशोधननियमावली (, २०८३को " मस्यौदा तर्जुमा गरी अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको छ। « राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको मस्यौदा तर्जुमा भई सरोकारवालाको राय सुझावका लागि मन्त्रालयको वेवसाइटमा प्रकाशन गरिएको छ। » राष्ट्रिय बालबालिका नीति, २०८० को कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको छ। ० लैङ्गिक हिंसा निवारणका लागि राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको छ। ५ सार्वजनिक निकायका नीति, कार्यक्रम, बजेट, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरण लैङ्गिक दृष्टिले परीक्षण गर्न राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको छ ० भोटेकोशी बाढीबाट अभिभावक विहिन तथा संरक्षक विहिन भएका बालबालिकाको अस्थायी संरक्षणको व्यवस्थापनका लागि मिति २०८३।०५।१८ को माननीय मन्त्रीस्तरीय निर्णयानुसार "विपदमा बालबालिकाको अस्थायी संरक्षण सेवा सञ्चालन निर्देशिका, २०८३ " स्वीकृत भएको छ। निर्देशिका अनुसार ललितपुर जिल्ला गोदावरी नवडा .पा. न॑ १२ ठेचोमा रहेको सरकारी जग्गामा राष्ट्रिय बाल अधिकार परिषद्‌ अन्तर्गत रहने गरि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन भएको छ। ० मंगला साहाना दीर्घकालीन पुनस्थापना केन्द्र सञ्चालन कार्यवेधि २०८३ स्वीकृत भइ कार्यान्वयनमा ल्याइएको छ। २. शासकीय सुधार, संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाह सुधार, प्रशासनिक सरलीकरण, डिजिटल रूपान्तरणका लागि गरिएका कार्य ० मन्त्रालयको कार्यक्षेत्रमा भएको परिवर्तनसँगै मन्त्रालयमा थप भएका कार्यसमेत सम्पादन गर्ने गरी मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएको छ। स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार कर्मचारी व्यवस्थापन भई कार्यसम्पादन भईरहेको छ। ५» माननीय मन्त्री र सचिव, सचिव र महाशाखा प्रमुख तथा मातहतका निकाय प्रमुखबीच आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यसम्पादन सम्झौता भएको gl

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.