Notice Park
Chingad Rural Municipality
Acts & regulations

चिङ्गाड गाउँपालिकाको अनुगमन ऐन, २०८३

Summary

चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका अनुगमन तथा मूल्याङ्कन ऐन. २०८३ सम्बत्‌ २०८३ सालको ऐन नं.४ प्रस्तावना: चिङ्गाड गाउँपालिका अन्तर्गत सञ्चालन हुने विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनमा उत्तरदायित्व र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र, Gs: १० संख्याः ४, पुडखेत, सुर्खेत चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र wg: १० संख्या: ४ पुङखेत, सुर्खेत मिति:२०८३।०६।०७ भाग-१ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुङ्खेत, सुर्खेत सूचना चिङ्गाड गाउँ सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिका अनुगमन तथा मूल्याङ्कन ऐन. २०८३ सम्बत्‌ २०८३ सालको ऐन नं.४ गाउँ सभाबाट स्वीकृत मिति: २०८३।०६।०६ प्रमाणीकरण मिति: २०८३ 10% 108 प्रस्तावना: चिङ्गाड गाउँपालिका अन्तर्गत सञ्चालन हुने विकास नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनमा उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्नका लागि विकास नीति तथा योजनाको अनुगमन तथा मूल्याङ्कनलाई तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) वमोजिम चिङ्गाड गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ। स्थानीय राजपत्र, खण्ड: १० संख्याः ४, पुडखेत, सुर्खेत परिच्छेद-१ प्रारम्भिक - संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "चिङ्गाड गाउँपालिका अनुगमन तथा मूल्याङ्कन ऐन, २०८३" रहेको छ। (२) यो ऐन गाउँ सभाबाट पारित भई स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि प्रारम्भ हुनेछ। . परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) "अनुगमन" भन्नाले योजना कार्यान्वयनको क्रममा दफा ५ को उपदफा (१) बमोजिमका विषयमा निरन्तर र आवधिक रूपमा निगरानी, निरीक्षण, अवलोकन, सूचना सङ्कलन, विश्लेषण तथा सुधार गर्ने कार्य सम्झनु पर्छ। (ख) "गाउँपालिका" भन्नाले चिङ्गाड गाउँपालिका सम्झनु पर्छ। (ग) "कार्यपालिका" भन्नाले चिङ्गाड गाउँ कार्यपालिका सम्झनु पर्छ। (घ) "सभा" भन्नाले चिङ्गाड गाउँपालिकाको गाउँ सभा सम्झनु पर्छ। (ङ) "तेस्रो पक्ष" भन्नाले कुनै योजनाको तर्जुमा तथा कार्यान्वयनका चरणमा संलग्न नभएको स्वतन्त्र व्यक्ति सम्झनु पर्छ र सो शब्दले अनुगमन वा मूल्याङ्कन गर्ने संस्था, विज्ञ वा तिनका प्रतिनिधिलाई समेत जनाउँछ। (च) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियम, कार्यविधि, निर्देशिका वा मापदण्डमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (छ) "मूल्याङ्कन" भन्नाले कार्यान्वयन चरणमा रहेका वा सम्पन्न भएका योजनाको सम्बन्धमा दफा ५ को उपदफा (२) बमोजिमका विषयमा उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले गरिने मूल्याङ्कन सम्झनु पर्छ र सो शब्दले योजना सुरु गर्नु अघिको अवस्थामा सो दफाको उपदफा (३) बमोजिमका विषयमा गरिने पूर्व मूल्याड्गनलाई समेत जनाउँछ। (ज) "योजना" भन्नाले सङ्घीय सरकार, प्रदेश सरकार वा गाउँ सभाबाट स्वीकृत भई कार्यान्वयन हुने विकास नीति, आवधिक योजना, वार्षिक कार्यक्रम तथा पूर्वाधार एवं सामाजिक विकास आयोजना सम्झनु पर्छ। (झ) "अध्यक्ष" भन्नाले चिङ्गाड गाउँपालिकाको अध्यक्ष सम्झनु पर्छ। (ज) "उपाध्यक्ष" भन्नाले चिङ्गाड गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ। (ट) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले चिङ्गाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ। (ठ) "समिति" भन्नाले चिङ्गाड गाउँपालिकाको गाउँपालिकास्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिलाई सम्झनु पर्छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report