अधिवेशन-२१, सङ्क्षिप्त विवरण
Summary
(बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको अड्चालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२२ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7709e910-3c80-4037-9879-9ba586b8ca4f.pdfPDF · 4 pages · 209 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा बैठक प्रारम्भ :१:२२ बजे एक्काइसौं अधिवेशन बैठक स्थगित :३:१६ बजे & बैठक-४८ सूचनापत्र-२ (बैठकको काम कारबाहीको सङ्क्षिप्त विवरण) नेपाल सम्वत्:-११४६ २०८३ असोज ०५ गते सोमबार सङ्घीय संसद्, राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको अड्चालिसौं बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा ATS १:२२ बजे प्रारम्भ भयो। सर्वप्रथम, सम्माननीय अध्यक्षले शून्य समयमा बोल्नका लागि प्राप्त भएको नामावली अनुसार देहायबमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य मीनासिंह रखालले दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न तथा कालो बजारी, कृत्रिम अभाव एवम् मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य राम कुमारी झाक्रीले ६.४ गाडीमा दुर्घटना बढ्दै गएको सन्दर्भमा स्पष्ट सुरक्षा मापदण्ड, प्रयोग भएका ब्याट्रीको व्यवस्थापन, क्षमता, गुणस्तर सम्बन्धमा स्पष्ट नीति तथा कानूनको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य रेखा कुमारी झाले नेपाल-भारत वैरगनियमा सीमामा रौतहटका पत्रकार माथि कुटपीट तथा दर्व्यवहार भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य Vat मेचेले माननीय अर्थमन्त्रीको भारत भ्रमणको क्रममा दुईपक्षीय वार्ताको समयमा नेपालको राष्ट्रिय झण्डा नै नराखिनुलाई कुटनीतिक मर्यादाको उल्लङ्घनको रुपमा चर्चा गर्दै सरकारको स्पष्ट धारणा माग गर्नुभयो | माननीय सदस्य सम्झना देवकोटाले खाना पकाउने ग्याँसको सहज आपूर्ती हुन नसकेको उल्लेख गर्दै एक उद्योगको सिलिण्डर अर्को उद्योगीले सहज रुपमा साटफेर गर्न सक्ने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । माननीय सदस्य सोमनाथ पोर्तेलले दलित समुदायका लागि विनियोजित बजेट कटौती भएको उल्लेख गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो | त्यसपछि, सम्माननीय अध्यक्षले बिशेष समयमा बोल्नका लागि दलीय आधारमा देहाय बमोजिमका माननीय सदस्यहरूलाई समय उपलब्ध गराउनुभयो: माननीय सदस्य आनन्द प्रसाद ढुंगानाले भोटेकोशी बाढी पश्चात प्रधानमन्त्रीले सर्वदलीय बैठकका लागि अग्रसरता नलिएको विषय उल्लेख गर्दै वर्तमान सरकार र सत्तारुढ दलबीच द्वन्द्व देखिएको बताउनुभयो। विपद् व्यवस्थापन सम्बन्धमा संसदीय विशेष समिति छिटो गठन गर्न माग गर्दै राष्ट्रिय सभामा उठेका विषयमा सरकार जिम्मेवार हुन नसकेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको विदेश भ्रमण, विपद् पश्चातका गतिविधि लगायत राष्ट्रिय महत्वका विषयमा सरकारले सदनलाई जानकारी गराउने अभ्यासको स्मरण १ गराउँदै दुई दिने सार्वजनिक बिदा एवम् ९:०० बजे देखि कार्यालय समयको शुरुवात हुने व्यवस्थाले पारेका प्रभावको चर्चा गर्दै पुनर्विचारको माग गर्नुभयो। सरकारले प्राथमिकताका आधारमा कानून निर्माणमा तदारुकता देखाउन नसकेको उल्लेख गर्दै औषत आयू बढ्दै जाँदा कर्मचारीको उमेर हद घटाउने गरी प्रस्तावित कानूनप्रति प्रश्न गर्नुभयो। सङ्घीयता सम्बन्धमा सत्तासिन दलको स्पष्ट धारण नदेखिएको जिकिर गर्दै आफ्ना गतिविधिलाई व्यवस्थित र संयमित रुपमा अगाडी बढाउन सरकारको ध्यानकर्षण गराउनुभयो। माननीय सदस्य मदन कुमारी शाह (गरिमा)ले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको महासभामा हुने सम्बोधनमा जलवायू न्याय, हानी तथा क्षतिपूर्ती लगायतका विषय स्पष्ट रुपमा उठाउनुपर्ने बताउनुभयो। विकास र वातावरणबीच सन्तुलनको आवश्यकता बारे चर्चा गर्दै हरित गृह ग्याँसको न्यून उत्सर्जन गर्दा समेत नेपालले विभिन्न विपद्का घटनाहरु सामना गर्नुपरेको बताउनुभयो। जलवायू परिवर्तन र वातावरण संरक्षण सम्बन्धमा नेपालले हस्ताक्षर गरेका महासन्धी एवम् सम्झौता, व्यक्त गरेका प्रतिवद्धता, कोपलगायत अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता, आफ्नै अग्रसरतामा आयोजना गरेका कालापत्थर बैठक एवम् सगरमाथा संवाद लगायतको चर्चा गर्दै नेपालले जलवायू कुटनीतिमा निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो। हिमाली मुलुकका लागि छुट्टै जलवायू वित्त, प्रविधि हस्तान्तरण, अनुसन्धान, पूर्वसूचना प्रणाली, क्षति तथा जोखिम मूल्याङ्कनमा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धमा जोडदार आवाज उठाउन प्रधानमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदै भ्रमणको सफलता व्यक्त गर्नुभयो। माननीय सदस्य मीनासिंह रखालले खाना पकाउने ग्याँसको सहज आपूर्ती सुनिश्चित गर्न सडकमार्गको स्तरोन्नती तथा कालोबजारी, कृत्रिम अभाव र असमान वितरण नियन्त्रण एवम् प्रभावकारी बजार अनुगमन आवश्यक रहेको उल्लेख गर्दै सरकारले अभावको समयमा समेत राजनीतिकरण गरेको उल्लेख गर्नुभयो। खाना पकाउने ग्याँसको वास्तविक मौजदात विवरण सार्वजनिक, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामाग्रीको तथ्य परीक्षण तथा सो कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य विष्णु देवी पुडासैनीले भोटेकोशी बाढीप्रति ga: व्यक्त गर्दै प्रभावित नागरिकलाई उचित व्यवस्था हुन नसकेको, पूर्वसूचना प्रणाली कमजोर देखिएको, राहत उद्धारमा सरकारले ढिला निर्णय गरेको जनाउँदै जनजीवनको सामान्यीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्र एवम् भौतिक पूर्वाधारको पुनर्निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। सरकारले लगानीकर्ता एवम् निजी क्षेत्रलाई डर त्रास देखाएकाले विदेशी लगानी आकर्षण हुन नसकेको तथा स्वदेशी लगानी पलायन भएको चर्चा गर्दै दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि, विद्युत उपयोगमा भएको vat ate, सडकमार्गमा देखिएको अवरोध अन्त्य लगायतका विषय चर्चा गर्दै सरकारलाई जनताको पक्षमा काम गर्न ध्यानाकर्षण गराउनुभयो | माननीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले पाल्ला बुटवल खण्डको सुरुङमार्ग सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै बढ्दो दुर्घटनका कारण त्यस क्षेत्रका नागरिक प्रभावित भएको, स्वास्थ्य बीमा कार्यक्रम सुचारु हुन नसकेको बताउनुभयो। बोलपत्र निष्काशन गर्ने समयमा समेत सरकार चलायमान नदेखिएको, खानेपानीका स्रोत सुक्दै गएकाले मुलुकभर आधारभूत खानेपानी सुनिश्चित हुन नसकेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढीका क्रममा प्रभावित नागरिकको समयमा नै उद्धार हुन नसकेको जनाउँदै विशेषतः प्रभावित बालबालिकाको हक अधिकार सुनिश्चित हुने गरी व्यवस्थापन गर्नुपर्ने एवम् खाना पकाउने ग्याँसको अभावमा जनताको चुलो नबल्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। सरकारले गरेका काम कारबाही सम्बन्धमा सदनलाई जानकारी दिन, विश्वासको वातावरण निर्माण गर्न तथा संवाद र समझदारीका साथ अगाडी बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो | २