पर्यटन उत्सव प्रायोजन वा सहप्रायोजनका लागि प्रस्ताव आव्हानको सूचना ।
Summary
उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आयोजनामा मिति २०८३ कार्तिक 1 गतेदेखि १९ गतेसम्म (तीन दिन) "अपिहिमाल पर्यटन उत्सव" सञ्चालन हुन गईरहेकाले ढक्क उत्सबलाई भव्य रूपमा सम्पन्न गर्नका लागि प्रायोजन (sponsorship) वा सहप्रायोजन (Co-sponsorship) गर्न इच्छुक फर्म, संस्था, व्यक्ति वा निकायहरूबाट प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- aeb7ddd4-fe34-4b05-a62a-d88832a4e360.pdfPDF · 5 pages · 559 KBOpen
Key details
- Organization
- Apihimal Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खण्डेश्वरी, दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल पत्र संख्या २०८३-०८४ पा irr © पर्यटन उत्सव प्रायोजन वा सहप्रायोजनका सूचना नं २५ प्रकाशित मिति २०८३।०६।२६ उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आयोजनामा मिति २०८३ कार्तिक 1 गतेदेखि १९ गतेसम्म (तीन दिन) "अपिहिमाल पर्यटन उत्सव" सञ्चालन हुन गईरहेकाले ढक्क उत्सबलाई भव्य रूपमा सम्पन्न गर्नका लागि प्रायोजन (sponsorship) वा सहप्रायोजन (Co-sponsorship) गर्न इच्छुक फर्म, संस्था, व्यक्ति वा निकायहरूबाट प्रस्ताव आह्वान गरिएको छ। उक्त उत्सवसँग सम्बन्धित शर्त तथा अवधारणापत्र यसै सूचनासँगै रहेकोले सो अवधारणापत्र अध्ययन गरी प्रायोजन वा सहप्रायोजन गर्न चाहने इच्छुक पक्षहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो आधिकारिक प्रस्ताव यस अपिहिमाल गाउँपालिकाको कार्यालयमा आइपुग्ने गरी पेश गर्नुहुन यो सूचना मार्फत अनुरोध गरिन्छ | पुनश्च/थप जानकारी; थप जानकारी: प्रस्ताव पेश गर्ने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले १५औँ दिनको कार्यालय समयभित्र | प्रस्ताव पेश गर्ने स्थानः गाउँ कार्यपालिकाको कार्यालय (वा apihimaldarchula@ gmail.com) थप विवरणका लागिः: कार्यालयको वेबसाइट वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ | वेवसाइट: www.apihimalmun.goy.np ईमेलः [email protected] ————faiciwwwapitimaimungovnp Qitapihimaldarchula@gmacom [email protected] “सुन्दर, समृद्ध र बिकसित अपिहिमाल” १. कार्यक्रमको पूष्ठुभूमिः सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमाल Al अपिहिमाल बेसक्याम्पको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। नेपाल सरकार र अपिहिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजना मार्फत पनि अपिहिमालको पर्यटन प्रवर्द्धन गरिँदै आएको छ। स्थानीय पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले aft भ्रमण सप्ताह र 'अपिहिमाल भ्रमण वर्ष जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ। अब अपिहिमालको पर्यटन प्रवर्दनलाई थप उचाइमा पुर्याउन एकीकृत कार्यक्रम आयोजना गर्नु आवश्यक देखिएको छ। यसै सन्दर्भमा, खेल, स्वास्थ्य सरसफाइ, योग-ध्यान,साहित्य तथा मनोरञ्जनलाई पर्यटन प्रवर्दैनसँग एकीकृत रूपमा जोडेर कार्यक्रम गर्ने नीति गाउँपालिकाले चालु आर्थिक वर्षमा समावेश गरेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको उद्देश्य परिपूर्ति गर्न 'अपिहिमाल पर्यटन उत्सव' आयोजना गर्ने सोचसहित यो अवधारणा पत्र तयार गरिएको हो। २. उद्देश्य क. पदयात्रा, साहसिक खेल र साहित्यका माध्यमबाट अपिहिमाल बेस क्याम्प क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई देश विदेशमा चिनाउने । ख, पर्यटनको गतिविधि बढाएर स्थानीय बासिन्दाहरुका लागि रोजगारी र आयआर्जनका अवसरहरु सिर्जना गरी ग्रामीण अर्थतन्त्र बलियो बनाउने । . ग. स्थानीय कला, संस्कृति र उत्पादनको संरक्षण र प्रवर्दन गर्ने । ५ घ. जलवायु संवाद मार्फत जलवायु परिवर्तनको प्रभावबारे आम जनसमुदायको ध्यानाकर्षण गराउने | o ३. कार्यक्रम संचालन हुने स्थानः यो पर्यटन उत्सब अपिहिमाल गाउँपालिका वडा न १ को अपिहिमाल बेस क्याम्प पिलकन्दमा आयोजना गरिनेछ | तर यससँग सम्बन्धित अन्य गतिविधिहरु अपिहिमाल गाउँपालिकाको अन्य क्षेत्रमा समेत आयोजना गरिनेछ । ४. लाभान्वित क्षेत्र: यो एकीकृत पर्यटन उत्सव कार्यक्रम भएकोले सबै क्षेत्र लाभान्वित हुनेछन् । स्थानीय नागरिक, आन्तरिक तथा बाह्य पर्यटक. स्थानीय व्यवसायी, खेलप्रेमी, कलाकार, साहित्य प्रेमी, तिर्थालु, विरामी र अन्य व्यापारीहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।