अपिहिमाल गाउँपालिकाको बाल क्लब गठन तथा सहजीकरण निर्देशिका, २०८३
Summary
नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले देहाय बमोजिमको निर्देशिका सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको छ। अपिहिमाल गाउँपालिकाको बाल क्लव गठन तथा सहजीकरण निर्देशिका, २०८३. कार्यपलिकाको स्वीकृत मिति प्रस्तावना : नेपालको संविधानको धारा ३९ मा उल्लेखित बाल सहभागिताको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 388585c1-cf4e-4357-9533-9b426df78450.pdfPDF · 41 pages · 943 KBOpen
Key details
- Organization
- Apihimal Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अपिहिमाल गाउँपालिका स्थानीय राजपत्र खण्ड : १० संख्या: ०७ मिति : २०८३/०६/२१ भाग-२ अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खण्डेश्वरी, दार्चुला नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले देहाय बमोजिमको निर्देशिका सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको छ। अपिहिमाल गाउँपालिकाको बाल क्लव गठन तथा सहजीकरण निर्देशिका, २०८३. कार्यपलिकाको स्वीकृत मिति २०८३।०६।२१ प्रस्तावना : नेपालको संविधानको धारा ३९ मा उल्लेखित बाल सहभागिताको अधिकार, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १० को संस्था खोल्ने र शान्तिपूर्वक भेला हुन पाउने अधिकारले दिएको अधिकार प्रयोग गर्दै, बालबालिकाको सहभागिताको अधिकार तथा नागरिकहरूको संगठन, स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारको व्यवहारिक कार्यान्वयनमा सहयोग पुच्याउन, नेपाल सरकारले लागू गरिआएको बालमैत्री स्थानीय शासन रणनीति २०६८ अन्तर्गत बाल क्लब गठन तथा सहजिकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी ढङ्गले लागु गर्न गराउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी यस अपिहिमाल गाउँपालिका, दार्चुलाले "बाल क्लब गठन तथा सहजिकरण निर्देशिका, २०८३” जारी गरेको छ | खण्डः १० संख्याः १ स्थानीय राजपत्र भाग २ मिति २०८३/०६/२१ परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (क) यस निर्देशिकाको नाम “बाल क्लब गठन तथा सहजिकरण निर्देशिका, “२०८३” रहेको छ। (ख) यो निर्देशिका अपिहिमाल गाउँपालिकाको कार्यपालिकाले स्वीकृत गरेको मिति देखि लागू हुनेछ । २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकाको प्रयोजनका लागि : (क) “बालबालिका" भन्नाले १८ वर्ष पूरा नगरेका व्यक्तिलाई सम्झनु पर्दछ | (ख) "गाउँपालिका" भन्नाले अपिहिमाल गाउँपालिका र यस अन्तर्गत रहने वडा कार्यालयहरूलाई सम्झनु पर्दछ। (ग) “सेवाप्रदायक" भन्नाले गाउँपालिका क्षेत्रभित्र सेवा प्रवाह गरिरहेका वा प्रवाह गर्ने दायित्व भएका सरकारी कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी तथा अन्य सार्वजनिक निकायलाई सम्झनुपर्छ । सो शब्दावलीले सार्वजनिक सेवा प्रदान गर्ने निजी क्षेत्रबाट सञ्चालित बैंकिङ्ग वा सूचना सञ्चारसम्बन्धी सेवाप्रदायकलाई समेत जनाउँछ । (घ) "बाल क्लब" भन्नाले यस निर्देशिकाको परिच्छेद २ को दफा ५ बमोजिम गठन भई गाउँपालिकामा सूचीकृत भएका बालबालिकाको समूहलाई सम्झनु पर्दछ । (ङ) “बाल क्लब सञ्जाल" भन्नाले यस निर्देशिकाको परिच्छेद २ को दफा ८ बमोजिम गठन भएका बाल क्लबहरूको सञ्जाललाई सम्झनु पर्दछ | (च) "सहजकर्ता" भन्नाले बाल क्लबको गठन तथा सहजिकरणमा सहयोग गर्नका लागि यस निर्देशिकाको दफा १० बमोजिम कार्यरत व्यक्तिलाई सम्झनु पर्दछ। (ज) "सहयोगी संस्था" सहयोगी संस्था भन्नाले गाउँपालिकामा बाल क्लब सञ्चालनमा सहयोग गर्ने तथा बाल सहभागिताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका सम्बन्धित निकायबाट अनुमति प्राप्त नेपालमा दर्ता गैरसरकारी संस्थाहरूलाई सम्झनु पर्दछ | (झ) "सामाजिक परिचालक भन्नाले गाउँपालिकामा सरकारी वा गैरसरकारी संस्थाद्धारा बालबालिकासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न नियुक्त समुदाय परिचालनको काममा क्रियाशिल परिचालकलाई सम्झनु पर्दछ | (ज) "संरक्षक शिक्षक" भन्नाले विद्यालयमा बाल क्लबलाई सहयोग र सहजिकरण गर्न तोकिएको शिक्षकलाई सम्झनु पर्दछ |