Notice Park
Apihimal Rural Municipality
Acts & regulations

अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद (तेस्रो संशोधन) नियमावली , २०८३

Summary

नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद (तेस्रो संशोधन) नियमावली , २०८३. कार्यपलिकाको स्वीकृत मिति प्रस्तावनाः अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७८ लाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Apihimal Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अपिहिमाल गाउँपालिका स्थानीय राजपत्र खण्ड : १० संख्या: ०१ मिति : २०८३/०६/२१ भाग-२ अपिहिमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खण्डेश्वरी, दार्चुला नेपालको संविधान बमोजिम अपिहिमाल गाउँपालिकाको गाउँ कार्यपालिकाले तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद (तेस्रो संशोधन) नियमावली , २०८३. कार्यपलिकाको स्वीकृत मिति २०८३।०६।२१ प्रस्तावनाः अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७८ लाई संशोधन गर्न आवश्यक भएकोले,सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ ले दिएको अधिकार प्रयोग गरी अपिहिमाल गाउँपालिकाले देहायका नियमहरु बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भः (१). यी नियमहरुको नाम अपिहिमाल गाउँपालिकाको सार्वजनिक खरिद(तेस्रो संशोधन) नियमावली, २०८३ रहेको छ । (२). यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २; मुल नियमाबलीको नियम २ मा संशोधनः मुल नियमावलीको नियम २ को खण्ड (ह) पछि देहायका खण्ड (क्ष), (त्र) र (ज्ञ) थपिएका छन्‌ः (क्ष) “डिजाइन र निर्माण सम्झौता" भन्नाले निर्माण कार्यको डिजाइन र निर्माण कार्य एउटै निर्माण व्यवसायीबाट गराउनको लागि गरिने खरिद सम्झौता सम्झनु पर्छ। (त्र “ई.पी.सी. सम्झौता" भन्नाले निर्माण सम्बन्धी आयोजनाको डिजाइन सहित ईन्जिनियरिङ्ग खरिद र निर्माण चरणका कार्यहरु तथा आवश्यकता अनुसार निर्धारित अवधिका लागि गर्नु पर्ने मर्मत सम्भार र संचालन समेत निर्माण व्यवसायीबाट गराउनका लागि गरिने खरिद (ईन्जिनियरिङ्ग, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) सम्झौता सम्झनु पर्छ । [ज्ष "टर्न की सम्झौता" भन्नाले अनुसूची-७ को खण्ड (ङ) वा अनुसूची-८ को खण्ड (ज) बमोजिमको सम्झौता सम्झनु पर्छ । we: १० संख्याः १ स्थानीय राजपत्र भाग २ मिति २०८३/०६/२१ डे. ¥. 'मूल नियमावलीको नियम ३ मा संशोधनः नियमावलीको नियम ३ को उपनियम (१) को खण्ड (ज) पछि देहायको खण्ड (ट) थप गरिएको छः (ट) कार्यालयले डिजाइन र निर्माण सम्झौता वा ई.पी.सी. सम्झौताका माध्यमबाट गरिने खरिद कार्यको प्रकृया सुरु गर्नु अघि कम्तीमा आर्थिक, सामाजिक, प्राविधिक तथा वातावरणीय पक्षमा आयोजनाको सम्भाव्यता अध्ययन गरी सोको आधारमा प्रतिवेदन तथा आयोजनाको प्रारुप डिजाईन (कन्सेप्च्युअल डिजाईन) समेत तयार गर्ने । नियमावलीको नियम ३ को उपनियम (१) पछि देहायको उपनियम (२) थप गरिएको छः ५२) उपनियम (१) को खण्ड (ट) बमोजिमको प्रतिवेदनमा उल्लिखित विवरणलाई डिजाइन र निर्माण सम्झौता वा ई.पी.सी. सम्झौताको लागि प्रारम्भिक आधारको रुपमा लिन समिनेछ र उक्त विषय बोलपत्रसम्बन्धी कागजातमा समेत उल्लेख गर्नु पर्नेछ । ae नियमावलीको नियम ६ मा संशोधनः मूल नियमावलीको नियम ६ को उपनियम (३) पछि देहायको उपनियम (३क.) थप गरिएको छः (3%) उपनियम (३) को प्रयोजनका लागि प्रचलित मापदण्ड स्वीकृत मानक डिजाइन वा स्थापित सामान्य डिजाइन विधि बमोजिम डिजाइन गर्न सकिने पुल सडक भवन अन्य पूर्वाधार संरचनालाई त्यसको नाम वा प्रकारका आधारमा मात्र जटिल र विशेष प्रकृतिको संरचना मानिने छैन । मूल नियमावलीको नियम ११ मा संशोधनः मूल नियमावलीको नियम ११ को उपनियम (२) झिकिएको छ । मूल नियमावलीको नियम ११ को उपनियम (७) पछि देहायको उपनियम (८) थप गरिएको छः ५(द) डिजाइन र निर्माण सम्झौताको माध्यमबाट गरिने निर्माण कार्यको लागि अनुसूची-२क बमोजिम र ई.पि.सी. सम्झौताका माध्यमबाट गरिने निर्माण कार्यको लागि अनुसूची-२ख बमोजिमको ढाँचामा 'लागत अनुमान तयार गर्नु पर्नेछ । मूल नियमावलीको नियम १२ मा संशोधनः मूल नियमावलीको नियम १२ को उपनियम (२) पछि देहायका उपनियम (३), (४) र (५) थप गरिएको छः (३) रासायनिक मलको लागत अनुमान तयार गर्दा देहायका कुरालाई समेत आधार लिनु पर्नेछ। (क) मान्यता प्राप्त अन्तराष्ट्रिय मूल्य विश्लेषक कम्पनीले प्रकाशित गरेको प्रतिवेदनमा उल्लिखित सम्बन्धित क्षेत्र वा देशको प्री अन बोर्ड (एफ.ओ.बी) मूल्य, ५(ख) जहाज भाडा, स्टेभडोरिङ, पोर्ट खर्च, var) प्याकेजिङ्क, क्लियरिङ, फर्वार्डिङ्ग, रेल्वे, ढुवानी खर्च | ५४) रासायनिक मल खरिदको हकमा उपनियम (१), (२) र (३) बमोजिम तयार गरिएको 'लागत अनुमानमा बोलपत्र पेस गर्ने अन्तिम मिति र समाप्त हुनुभन्दा अगाडि अन्तरराष्ट्रिय मूल्य बिश्लेषण कम्पनिले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनमा उल्लेखित प्रि अन बोर्ड (एफ.ओ.बी.) मूल्यको आधारमा संशोधन गरी लागत अनुमान तयार गर्नु पर्नेछ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.