बान्नीगढी जयगढ गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७
Summary
प्रस्तावना : बान्नीगढी जयगढ गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन,उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न बाञ्छनीय भएकोले, बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासकीय कार्यविधि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4c39574a-d06c-4536-9e3d-1150cbf1b57a.pdfPDF · 15 pages · 382 KBOpen
Key details
- Organization
- Bannigadhi Jaygadh Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजपत्र खण्डः ८ संख्याः ६ मितिः २०८३/०५/३१ भाग-२ बान्नीगढी जयगढ गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ कार्यपालिकाबाट स्वीकृति मितिः- २०८३/०५/३१ राजपत्रमा प्रकाशित मितिः-२०८३/०६/१४ संसोधन: कार्यसञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०८२ २०८२।१०।०३ कार्यसञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०८३ २०८३।०५।३१ प्रस्तावना : बान्नीगढी जयगढ गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन,उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न बाञ्छनीय भएकोले, बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७९ को दफा ४ ले दिएको प्रो निर्देशिका अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ । परिच्छेद-१ संक्षिप्त नाम र प्रारम्भ १. सदडिक्षप्त नाम र प्रारम्भ: (१) यो निर्देशिकाको नाम “बान्नीगढी जयगढ गाउँपालिकाको कार्यसञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०८३” रहेको छ | (२) यो निर्देशिका » बान्नीगढी wane गाउँपालिकाको राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ । २. परिभाषा र व्याख्या : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा (क) "कर्मचारी" भन्नाले गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई सम्झनु पर्छ । [ख) "प्रशासनिक खर्च" भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान, कार्यशाला / तालिम / गोष्ठी / सेमिनार जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च सम्झनु पर्छ । (ग) "पदाधिकारी" भन्नाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई जनाउनेछ | सो शव्दले गाउँ सभाका सदस्यहरुलाई समेत सम्झनु पर्छ | (a) "बैठक" भन्नाले गाउँसभा वा गाउँ कार्यपालिका वा विषयगत समितिहरु वा वडा समिति वा कुनै कानुनी वा नीतिगत ब्यवस्था बमोजिम गठित समिति वा कार्यदलहरुको बैठक सम्झनु पर्छ । [ङ) "मन्त्रालय" भन्नाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ । (च) “प्रदेश” भन्नाले सुदूरपश्चिम प्रदेश सम्झनु पर्छ । १ पहिलो संसोधन द्वारा संसोधित