बान्नीगढी जयगढ गाउँपालिकाको विद्यालय स्तरीकरण कार्यविधि, २०८३
Summary
प्रस्तावना : बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रभित्र सञ्चालित विद्यालयहरूको शैक्षिक, भौतिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर अभिवृद्धि गर्न, विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न, विद्यालयको वास्तविक अवस्था र उपलब्धिको वस्तुनिष्ठ मूल्याङ्कन तथा स्तरीकरण गर्न र सोको आधारमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 440db707-65f4-4f02-9903-99a6994e4882.pdfPDF · 14 pages · 405 KBOpen
Key details
- Organization
- Bannigadhi Jaygadh Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजपत्र खण्डःद संख्याः ९ मितिः २०८३/०५/३१ भाग-२ बान्नीगढी जयगढ गाउँपालिकाको विद्यालय स्तरीकरण कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृति मितिः- २०८३/०५/३१ राजपत्रमा प्रकाशित मितिः- २०८३/०६/१४ प्रस्तावना : बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रभित्र सञ्चालित विद्यालयहरूको शैक्षिक, भौतिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर अभिवृद्धि गर्न, विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न, विद्यालयको वास्तविक अवस्था र उपलब्धिको वस्तुनिष्ठ मूल्याङ्कन तथा स्तरीकरण गर्न र सोको आधारमा सुधार, क्षमता विकास, पुरस्कार तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकोले, बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा ऐन, २०७८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले यो कार्यविधि तयार गरेको छ । १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम “बान्नीगढी जयगढ गाउँपालिकाको विद्यालय स्तरीकरण कार्यविधि, २०८३” रहेको छ | (२) यो कार्यविधि बान्नीगढी जयगढ गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ | २. उद्देश्य : यस कार्यविधिका उद्देश्यहरु निम्न बमोजिम छन; (१) विद्यालयहरूको शैक्षिक, व्यवस्थापकीय, प्रशासनिक तथा भौतिक अवस्थाको वस्तुनिष्ठ मूल्याङ्कन गर्नु । (२) विद्यालयको गुणस्तर सुधारका लागि कमजोर पक्ष पहिचान गरी सुधारात्मक कार्ययोजना निर्माण र कार्यान्वयनमा सहयोग गर्नु । (३) विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, उत्तरदायित्व, पारदर्शिता र उत्कृष्ट अभ्यासको प्रवर्द्धन गर्नु । (४) उपलब्ध बजेट तथा प्रचलित कानूनको अधीनमा रही पुरस्कार, सम्मान, प्रोत्साहन तथा क्षमता विकास कार्यक्रम सञ्चालनका लागि आधार तयार गर्नु । ३. मूल्याङ्कनका आधार, सूचक तथा अङ्कभार : (१) विद्यालयहरूको स्तरीकरणका लागि अनुसूची - १ बमोजिमका आधार तथा सूचक/उपसूचकका आधारमा जम्मा एक सय अङ्क कायम हुनेछ । (२) कुनै सूचक विद्यालयको तह, प्रकृति वा उपलब्ध सुविधाका कारण लागू नहुने भए सोको कारण मूल्याङ्कन फाराममा स्पष्ट खुलाइनेछ र लागू हुने सूचकहरूको कुल अङ्कका आधारमा प्रतिशत निर्धारण गर्न सकिनेछ । मृल्याङ्कन तथा स्तरीकरण प्रक्रिया : (१) विद्यालयले प्रत्येक शैक्षिक सत्रको चैत्र मसान्तसम्म अनुसूची -१ बमोजिमको फाराम भरी प्रमाण सहित गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्नेछ । (२) उपदफा (१) बमोजिमको मूल्याङ्कन फाराम प्राप्त भएपश्चात शिक्षा, युवा तथा खेलकुद शाखाले वैशाख महिना भित्र स्थलगत अनुगमन गरी प्रारम्भिक प्राप्ताङ्क निर्धारण गर्नेछ । (३) मूल्याङ्कनका क्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सम्बन्धित सरोकारवालाबाट आवश्यक जानकारी लिन सकिनेछ । (४) उपदफा (२) बमोजिम कायम भएको प्रारम्भिक प्राप्ताङ्क सम्बन्धित विद्यालयलाई जानकारी गराइनेछ । (५) प्रारम्भिक प्राप्ताङ्कमा तथ्यगत त्रुटि वा प्रमाण चित्त नबुझेमा विद्यालयले सूचना प्राप्त गरेको मितिले सात दिनभित्र प्रमाण सहित पुनरावलोकनका लागि गाउँपालिकामा निवेदन दिन सक्नेछ ।