बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८३
Summary
बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८३. कार्यपालिकाबाट स्वीकृति मितिः- २०८३/०५/३१ राजपत्रमा प्रकाशित मितिः:-२०८३/०६/१३ प्रस्तावना : यस बान्नीगढी जयगढ गाउँपालिकामा रहेका गरिब, विपन्न, असहाय, कडा रोग लागेका, दुर्घटनामा परेका, ठुलो शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ee2c12e2-b625-4567-b167-ebe9a320b006.pdfPDF · 9 pages · 344 KBOpen
Key details
- Organization
- Bannigadhi Jaygadh Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजपत्र खण्डःद संख्याः ५ मितिः २०८३/०५/३१ भाग-२ बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८३. कार्यपालिकाबाट स्वीकृति मितिः- २०८३/०५/३१ राजपत्रमा प्रकाशित मितिः:-२०८३/०६/१३ प्रस्तावना : यस बान्नीगढी जयगढ गाउँपालिकामा रहेका गरिब, विपन्न, असहाय, कडा रोग लागेका, दुर्घटनामा परेका, ठुलो शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरू र सांस्कृतिक क्षेत्रमा क्रियाशील संघ, संस्था, संगठन तथा खेलकुद क्षेत्रको सहयोगको अपेक्षालाई व्यवस्थित गर्न एवं आर्थिक पारदर्शिता कायम गर्न आवश्यक भएकोले, बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७९ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ । परिच्छेद -१ प्रारम्भिक संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यविधिको नाम “बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०८३” रहेको छ | (२) यो कार्यविधि गाउँपालिकाको राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ । परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; (क) “आर्थिक सहायता” भन्नाले बान्नीगढी ware गाउँपालिकाबाट प्रदान गरिने आर्थिक सहयोगलाई सम्झनुपर्दछ । (ख) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनुपर्दछ | (ग) “कार्यपालिका” भन्नाले बान्नीगढी जयगढ गाउँपालिकाको कार्यपालिकालाई सम्झनुपर्दछ । “कार्यालय” भन्नाले गाउँपालिका रहेको कार्यालयलाई सम्झनुपर्दछ । “गाउँपालिका” भन्नाले बान्नीगढी जयगढ गाउँपालिकालाई सम्झनुपर्दछ । “गाउँपालिकावासी"” भन्नाले बान्नीगढी जयगढ गाउँपालिकामा स्थायी बसोबास गरेको व्यक्ति सम्झनुपर्दछ । (छ) “सडक आश्रित मानव” भन्नाले कुनै पनि सहारा नभएको, बेवारिसे र बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रभित्रको सडकपेटी वा सार्वजनिक स्थललाई नै (घ) Cr) (च) आश्रयको स्थल बनाएको व्यक्ति सम्झनुपर्दछ । परिच्छेद -२ आर्थिक सहायता सम्बन्धी मापदण्ड गाउँपालिकाले प्रदान गर्ने आर्थिक सहायताको मापदण्ड देहाय बमोजिम हुनेछ; (१) असहायलाई आर्थिक सहायता : यस गाउँपालिकामा बसोबास गर्ने कुनै व्यक्तिको एकाघरको परिवार, सहोदर नाता लाग्ने व्यक्ति र कुनै पनि प्रकारका आफन्तजन नभई बेवारिसे अवस्थामा रहेको र अन्य व्यक्तिको आश्रय लिनु परेको, ज्येष्ठ नागरिक भत्ता नपाउने गरेको साथै आर्थिक उपार्जन तथा काम गरी खान नसक्ने अवस्थामा भएको गाउँपालिकावासी वा विभिन्न खाले र्