Notice Park
Bannigadhi Jaygadh Rural Municipality
Guidelines

बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षण सिकाइ सहयोग अनदुान कोटा वितरण तथा व्यवस्थापन सम्बन्धी (पहिलाे संशाेधन) कार्यविधि, २०८०

Summary

प्रस्तावना : "बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षण सिकाइ सहयोग अनुदानको न्यायोचित वितरण तथा व्यवस्थापन गर्न, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तथा शून्य दरबन्दी वा न्यून दरबन्दी वा विषयगत दरबन्दी नभएका आधारभूत (नि.मा.वि.) तथा माध्यमिक विद्यालयहरूमा पठनपाठन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bannigadhi Jaygadh Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बान्नीगढी जयगढ गाउँपालिका स्थानीय राजपत्र खण्डःद संख्याः ८ मितिः २०८३/०५/३१ भाग-२ बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षण सिकाइ सहयोग अनुदान कोटा वितरण तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८० कार्यपालिकाबाट स्वीकृति मितिः- २०८३/०५/३१ राजपत्रमा प्रकाशित मितिः- २०८३/०६/१४ प्रस्तावना : "बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षण सिकाइ सहयोग अनुदानको न्यायोचित वितरण तथा व्यवस्थापन गर्न, गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तथा शून्य दरबन्दी वा न्यून दरबन्दी वा विषयगत दरबन्दी नभएका आधारभूत (नि.मा.वि.) तथा माध्यमिक विद्यालयहरूमा पठनपाठन सुचारु राख्न, शिक्षण सिकाइ अनुदान कोटा सिर्जना, पदपूर्ति तथा परिचालन गर्ने सम्बन्धमा व्यवस्था गर्न आवश्यक भएकाले,बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा ऐन, २०७८ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी बान्नीगढी जयगढ गाउँ कार्यपालिकाले यो कार्यविधि जारी गरेको छ। १ पहिलो संशोधनद्वारा संशोधन गरिएको | परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम "शिक्षण सिकाइ सहयोग अनुदान कोटा वितरण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८०" रहेको छ । १ (२) यो कार्यविधि गाउँपालिकाको राजपत्रमा प्रकाशन भएको मिति देखि प्रारम्भ हुनेछ । २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा; (क) “कार्यविधि” भन्नाले शिक्षण सिकाइ सहयोग अनुदान कोटा वितरण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८० सम्झनुपर्छ । (ख) areata विद्यालय” भन्नाले कक्षा ९ र १० वा कक्षा ९ देखि १२ सम्म सञ्चालन भएका विद्यालयहरु सम्झनुपर्छ । (ग) "“आधारभूत विद्यालय” भन्नाले कक्षा ६ देखि ८ सम्म सञ्चालन भएका विद्यालयहरु सम्झनुपर्छ (घ) ”.............. | (ङ) "“व्यवस्थापन समिति” भन्नाले प्रचलित कानुन बमोजिम गठित विद्यालय व्यवस्थापन समिति सम्झनुपर्छ । @ “शिक्षक अभिभावक संघ” भन्नाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गठित शिक्षक अभिभावक संघ सम्झनुपर्छ। (छ) “शिक्षक छनोट समिति” भन्नाले यस कार्यविधिको दफा ८ को उपदफा (४) बमोजिम गठित समिति सम्झनुपर्छ। (ज) “प्रधानाध्यापक” भन्नाले विद्यालयको शैक्षिक तथा प्रशासनिक प्रमुखलाई सम्झनुपर्छ | (झ) + “शिक्षक” भन्नाले यस कार्यविधि बमोजिम अध्यापनका लागि नियुक्त भएको व्यक्ति सम्झनुपर्छ र सो शब्दले प्रधानाध्यापकलाई समेत जनाउँछ। (न) “गाउँपालिका” भन्नाले बान्नीगढी जयगढ गाउँपालिका सम्झनुपर्छ । (ठ) "अभिभावक" भन्नाले विधालयमा नियमित अध्ययनरत विद्यार्थीको संरक्षण वा पालनपोषण गर्ने व्यक्ति सम्झनुपर्छ। % पहिलो संशोधनद्वारा हटाइएको | * पहिलो संशोधनद्वारा संशोधन गरिएको | % पहिलो संशोधनद्वारा हटाइएको |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.