Notice Park
Gurans Rural Municipality
Acts & regulations

ऐन कानुन निर्देशिका

Summary

गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ । गुराँस गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले गुराँस गाउँपालिका कार्यसञ्चालन सञ्चालन निर्देशिका, २०८३…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित TUS: १० संख्याः ३९ मितिः 2023/08/02 OTT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ । गुराँस गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले गुराँस गाउँपालिका कार्यसञ्चालन सञ्चालन निर्देशिका, २०८३ जारी गरेको छ | गुराँस गाउँपालिका कार्य सञ्चालन निर्देशिका, २०८३ गुराँस गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०८३ गाउँ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०५/२४ राजपत्रमा प्रकाशन मितिः २०८३/०६/०२ गुराँस गाउँपालिकाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न तथा उत्पादनमूलक तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) तथा प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०८० को दफा ४ बमोजिम कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ। परिच्छेद- १: प्रारम्भिक (१) सङ्क्षिप्त नाम र प्रारम्भ:- (क) (ख) यो निर्देशिकाको नाम “गुराँस गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०८३” रहेको छ। यो निर्देशिका गुराँस राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ | (२) परिभाषा र व्याख्या:- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा:- (क) (ख) (ग) (घ) (ङ) @) (छ) (ज) (झ) "कर्मचारी" भन्नाले गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ । "प्रशासनिक खर्च" भन्नाले तलब, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान, कार्यशाला/तालिम/गोष्ठी/सेमिनार र परीक्षा जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च जनाउँछ | "पदाधिकारी" भन्नाले गाउँ कार्यपालिकाका पदाधिकारीहरू लाई जनाउने छ | सो शब्दले गाउँ सभाका सदस्यहरू लाई समेत जनाउँछ। “अख्तियारवाला?” भन्नाले गाउँपालिकाको प्रशासनिक तथा आर्थिक अख्तियारी प्राप्त प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारी सम्झनुपर्दछ । "बैठक" भन्नाले गाउँसभा वा गाउँ कार्यपालिका वा विषयगत समितिहरू वा वडा समिति वा कुनै कानुनी वा नीतिगत व्यवस्था बमोजिम गठित समिति वा कार्यदलहरूको बैठक सम्झनु पर्दछ | "मन्त्रालय" भन्नाले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ। “गाउँपालिका" भन्नाले गुराँस गाउँपालिका तथा गाउँपालिका मातहत विभिन्न शाखा, उपशाखा, वडा कार्यालयहरू तथा ईकाईहरू सम्झनु पर्दछ। “ब्लग बुक” भन्नाले सवारी साधनको विस्तृत विवरण, प्रयोगकर्ताको विवरण र सञ्चालनको समय तथा अवधि जनाउने नियमानुसार तयार गरिएको अभिलेख फारम सम्झनु पर्छ। “कार्यालय" भन्नाले गुराँस गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ | परिच्छेद-२ गुराँस गाउँपालिका कार्य सञ्चालन निर्देशिका, २०८३

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.