अपाङ्गता रोकथाम तथा पुन:स्थापना लागत साझेदारी (संघ, प्रदेश, स्थानीय तह) कार्यक्रम सञ्चालन कार्यविधि, २०८३
Summary
प्रस्तावनाः जन्मजात तथा जन्मपश्चात् हुन सक्ने अपाङ्गताको जोखिम न्यूनीकरण, प्रारम्भिक पहिचान, पुनःस्थापना, समावेशी सेवामा पहुँच तथा समुदायमा मर्यादित र स्वतन्त्र जीवनयापनको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक भएको र प्रदेशको अभ्यास तथा अनुभवलाई थप परिष्कृत र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3844bd13-33f1-4261-ab0f-555eb958fe44.pdfPDF · 17 pages · 4.7 MBOpen
Key details
- Organization
- Ministry of Women, Children, Gender and Sexual Minorities, and Social Security
- Industry
- Ministry
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
२०८३ प्रस्तावनाः जन्मजात तथा जन्मपश्चात् हुन सक्ने अपाङ्गताको जोखिम न्यूनीकरण, प्रारम्भिक पहिचान, पुनःस्थापना, समावेशी सेवामा पहुँच तथा समुदायमा मर्यादित र स्वतन्त्र जीवनयापनको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक भएको र प्रदेशको अभ्यास तथा अनुभवलाई थप परिष्कृत र परिमार्जित गर्दै स्थानीय तहको नेतृत्व, समुदायमा आधारित पुनःस्थापना, बहु क्षेत्रीय समन्वय तथा लागत साझेदारीमा आधारित कार्यक्रमलाई कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि बनाएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम (संघ, प्रदेश र स्थानीय तह) सञ्चालन कार्यविधि २०८३” wag! (२) योकार्यविधि मन्त्रालयले स्वीकृत गरेको मिति देखि लागू हुनेछ। २. परिभाषाः विषय at ware अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) "कार्यक्रम" भन्नाले यस कार्यविधि बमोजिम सञ्चालन हुने “अपाङ्गता रोकथाम तथा पुनःस्थापना लागत साझेदारी कार्यक्रम (संघ, प्रदेश र स्थानीय तह)" सम्झनु पर्छ। (ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई सम्झनु पर्छ। (ग) "प्रदेश मन्त्रालय" भन्नाले प्रदेश सरकारको अपाङ्गता सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ। (a) “साझेदार संस्था" भन्नाले यस कार्यक्रम सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग” उपलब्ध गराउने विकास साझेदार (संयुक्त राष्ट्रसङ्घीय निकाय, द्वि-देशीय र बहुदेशीय वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा निजी संस्था) समेतलाई सम्झनु पर्छ। (ङ) "सहजकर्ता" भन्नाले दफा ११ बमोजिमको सहजकर्ता सम्झनु पर्छ। (च) “स्थानीय तह" भन्नाले कार्यक्रम कार्यान्वयन गरिने प्रदेश भित्रका गाउँपालिका, नगरपालिका, उपमहानगर पालिका र महानगरपालिका सम्झनु पर्छ। (छ) “अपाङ्गता भएका व्यक्तिको संस्था (Organization of Person with Disability- 020)” भन्नाले स्थानीय स्तरमा अपाङ्गता भएका व्यक्तिद्वारा स्थापित, सञ्चालित, अपाङ्गता भएका व्यक्तिको हक, अधिकार, हित संरक्षण, सशक्तीकरण, सामाजिक समावेशीकरण तथा सेवा र सुविधामा पहुँच अभिवृद्धिका लागि कार्य गर्ने संस्थालाई सम्झनु पर्छ। परिच्छेद-२ कार्यकमको उद्देश्य ३. कार्यक्रमको उद्देश्य: यस साझेदारी कार्यक्रमका उद्देश्यहरु देहाय बमोजिम हुनेछ। (क) गर्भ अवस्थाका महिला तथा सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्य जाँच गरी हुन सक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्नु | (ख। विश्व स्वास्थ्य सङ्गठनको समुदायमा आधारित पुनःस्थापना (८8९) तथा समुदायमा आधारित समावेशी विकास (८810) अवधारणाका आधारमा अपाङ्गता भएका व्यक्ति र निजको परिवारको जीवनस्तर, सहभागिता, आत्मनिर्भरता तथा सामाजिक समावेशीकरणमा सुधार ल्याउनु | (ग) स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने संस्थागत संरचना, जनशक्ति, समन्वय प्रणाली तथा सेवा प्रवाह प्रणालीलाई सुदृढ र अपाङ्गता अनुकूल बनाउनु | (घ) अपाङ्गता भएका व्यक्तिको अधिकार, समान अवसर, पहुँचयुक्तता, सशक्तीकरण, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा समुदायमा स्वतन्त्र, मर्यादित र समावेशी जीवनयापन प्रवर्द्धन गर्ने बातावरण निर्माण गर्नु। (ङ) अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क एकिन गरी कानुनी व्यवस्था अनुसारको सेवा सुविधाको पहुँच सुनिश्चित गर्नु। (च) स्थानीय तहमा कानून बमोजिम गठित स्थानीय अपाङ्गता समन्वय समिति र अपाङ्गता भएका व्यक्तिको संस्था (opp) को क्षमता विकास तथा संस्थागत सवलीकरण गर्नु | ४, कार्यक्रम सञ्चालन BR: (१) कार्यक्रम संघ, प्रदेश, स्थानीय तह र उपलब्ध साझेदार संस्थाको साझेदारीमा सञ्चालन हुनेछ | (२) प्रदेश मन्त्रालयको अपाङ्गता सम्बन्धी विषय हेर्ने शाखा वा महाशाखाले प्रदेश स्तरमा कार्यक्रमको समन्वय, सहजीकरण, अनुगमन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्नेछ। (३) स्थानीय तहको अपाङ्गता सम्बन्धी विषय हेर्ने शाखा वा महाशाखाले दोहोरो नपर्ने गरी प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न योजना तर्जुमा, कार्यान्वयन, समन्वय, अनुगमन, प्रतिवेदन तथा कार्यक्रम व्यवस्थापन गर्नेछ। ५. कार्यक्रम सञ्चालनको क्षेत्र: (१) यस कार्यक्रमको क्षेत्र अन्तर्गत अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, को अनुसूची १ मा उल्लेख भएका अपाङ्गताका सबै प्रकारलाई समेट्ने गरी क्रियाकलापहरु सञ्चालन गर्नुपर्नेछ । (२) कार्यक्रमका कार्यगत क्षेत्र अन्तर्गत अपाङ्गता रोकथाम भित्र देहाय बमोजिमको कार्यक्रम हुनेछ। (क) (खः द्ग) (a) (S) जन्मजात हुने र जन्मपश्चात हुने अपाङ्गताको प्रारम्भिक पहिचान, न्यूनिकरण तथा व्यवस्थापन, विद्यालयमा अध्ययनरत बालबालिकाहरूको अपाङ्गता परीक्षण गरी कार्यगत सीमितता तथा अपाङ्गताको प्रारम्भिक पहिचान, अभिलेखीकरण तथा व्यवस्थापन, नव दम्पती, गर्भवती महिला तथा परिवारलाई सुरक्षित मातृत्व, फोलिक एसिडको प्रयोग तथा अपाङ्गता रोकथाम सम्बन्धी जनचेतना अभिवृद्धि, घरघुरी सर्वेक्षणबाट पहिचान भएका अपाङ्गता भएका व्यक्तिको अपाङ्गताको गम्भीरता न्यूनीकरणका लागि आवश्यक उपचारमा सहयोग गर्न विभिन्न स्वास्थ्य संस्थासंग सम्प्रेषण सेवा प्रवर्द्धन र औषधि-उपचार, दुर्घटना, नसर्ने रोग तथा अन्य कारणबाट हुन सक्ने अपाङ्गता न्यूनीकरणका लागि जनचेतना तथा रोकथाम सम्बन्धी गतिविधिहरू, (a) स्वास्थ्यकर्मी, शिक्षक तथा बिद्यालय नर्सहरूलाई जन्मजात हुने र जन्मपश्चात हुने अपाङ्गताको प्रारम्भिक पहिचान तथा व्यवस्थापन सम्बन्धी क्षमता विकास कार्यक्रमहरु । (३) अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारको जीवनस्तर सुधार अन्तर्गत देहाय बमोजिमको कार्यक्रम हुनेछ। (क) अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान तथा आवश्यक सहायक सामाग्री पहिचानका लागि शिविर सञ्चालन, (ख) अपाङ्गता भएका व्यक्तिलाई आवश्यक स्वास्थ्य उपचार तथा सहायक सामग्री उपलब्ध गराउने, त (ग) अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार वा हेरचाहकर्ताहरूको क्षमता विकास, सीप बिकास तथा अभिभावक शिक्षा, (a) अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षाको हकको प्रवर्द्धन तथा विद्यालय शिक्षामा पहुँच र निरन्तरता अभिवृद्धि, (ङ) जीविकोपार्जन, उद्यमशीलता तथा व्यावसायिक सीप विकास र आवश्यक बिउपूँजी सहयोग, (च) अपाङ्गता भएका व्यक्तिका अभिभावक वा संरक्षकहरू आवद्ध वा सहभागी भई मिलीजुली समूह गठन, परिचालन, सुदृढीकरण तथा आवश्यकता अनुसार बचत तथा सहकारी गतिविधिमा आबद्धता, (झ) अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीमा पहुँच अभिवृद्धि गर्न वृत्ति विकास परामर्श, तयारी कक्षा सहायता रकम, प्रविधिको प्रयोग सम्बन्धी सीप विकास लगायतका व्यक्तित्व विकास कार्यक्रमको पहुँच र बिस्तार। (४) अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि संस्थागत सुदृढीकरण अन्तर्गत देहाय बमोजिमको कार्यक्रम हुनेछ। (क) प्रदेश तथा स्थानीय तहमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक संस्थागत संरचना, कार्यक्षेत्र, जनशक्ति तथा स्रोत व्यवस्थापन, (a) समुदायमा आधारित पुनःस्थापना, क्षमता विकास तथा परिचालन सम्बन्धी कार्यकम, (ग) फोकल पर्सन तथा अपाङ्गता भएका व्यक्तिको संस्था (000)का प्रतिनिधिहरूबिच नियमित समन्वय तथा समीक्षा, (घ) जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूलाई अपाङ्गता सम्बन्धी अभिमुखीकरण, (ङ) अर्धवार्षिक तथा वार्षिक समीक्षा, सामाजिक लेखाजोखा, योजना तर्जुमा तथा सिकाइ आदानप्रदान, (च) कार्यक्रमको अनुगमन, मूल्याङ्कन, अभिलेखीकरण तथा सूचना व्यवस्थापन |