Notice Park
Chingad Rural Municipality
Guidelines

अपाङ्गता परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, २०८३

Summary

चिङ्गाड गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, सम्बत्‌ २०८३ सालको कार्यविधि नं. ५ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३।०६।०३ प्रमाणीकरण मितिः २०८३।०६।०४ १.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chingad Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र, खण्डः १० संख्याः ५, पुडखेत, सुर्खेत चिङ्गाड गाउँपालिका स्थानीय राजपत्र WIE: १० संख्याः ५ पुङ्खेत, सुर्खेत मितिः २०८३।०६।०५ भाग-२ चिङ्गाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुडखेत, सुर्खेत सुचना चिङ्गाड गाउँ कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। चिङ्गाड गाउँपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, २०८३ सम्बत्‌ २०८३ सालको कार्यविधि नं. ५ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३।०६।०३ प्रमाणीकरण मितिः २०८३।०६।०४ १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "चिङ्गाड गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण (पहिलो संसोधन) कार्यविधि, २०८३" रहेको छ। (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भए पश्चात प्रारम्भ हुनेछ। स्थानीय राजपत्र, UE: १० संख्याः ५, पुडखेत, सुर्खेत २. मूल कार्यविधिको दफा ६ मा संसोधनः मूल कार्यविधिको दफा ६ को सट्टा देहायको व्यवस्था राखिएका छन। (१) अपाङ्गता भएका व्यक्तिको हक हित संरक्षण सम्बन्धी विषयमा समन्वय गर्ने काम समेतको लागि गाउँपालिकामा स्थानीय समन्वय समिति रहनेछ। (२) समन्वय समितिको गठन देहायबमोजिम हुनेछ। (क) गाउँ कार्यपालिकाको उपाध्यक्ष -संयोजक (ख) गाउँ कार्यपालिकाको महिला सदस्य मध्येबाट गाउँ कार्यपालिकाले तोकेको महिला सदस्य -सदस्य (ग) गाउँपालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक मध्येबाट गाउँ कार्यपालिकाको अध्यक्षले तोकेको व्यक्ति -सदस्य (घ) स्थानीय तहमा कार्यरत स्थानीय अस्पताल/स्वास्थ्य संस्थाको चिकित्सक -सदस्य (ङ) स्थानीय प्रहरी स्थानीय तहको प्रमुख -सदस्य (च) अपाङ्गता भएका व्यक्तिको हक, हित र संरक्षणको क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संघ संस्थामध्येबाट गाउँ कार्यपालिका अध्यक्षले मनोनयन गरेको संस्थाको प्रतिनिधि -सदस्य (छ) गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूमध्येबाट समन्वय समितिले मनोनयन गरेको एक जना महिला सहित तीन जना -सदस्य (ज) नेपाल सरकार र प्रदेश सरकारका स्थानीय स्तरमा रहेका सम्बन्धित विषय हेर्ने स्थानीय तहको स्थानीय प्रमुख -सदस्य (झ) गाउँ कार्यपालिका उपाध्यक्षले तोकेको गाउँ कार्यपालिकाको सम्बन्धित शाखा हेर्ने कर्मचारी -सदस्य सचिव (३) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ। (४) उपदफा (२) बमोजिम मनोनीत कुनै सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा समन्वय समितिले त्यस्तो सदस्यलाई जुनसुकै बखत हटाउन सक्नेछ। (५) उपदफा (४) बमोजिम कुनै सदस्यलाई पदबाट हटाउँदा निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ। ३. मूल कार्यविधिमा दफा ६क थपः मूल कार्यविधिको दफा ६ पछि देहायको दफा ६क. थपिएको छः- ६क. समन्वय समितिको काम, कर्तव्य र अधिकारः समन्वय समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ। (क) अपाङ्गता भएका व्यक्तिको हक, हित र संरक्षणको विषयमा स्थानीय स्तरमा काम गर्ने बिभिन्न निकाय, संघ बा संस्थासँग समन्वय गरी बिभिन्न कार्यक्रम सञ्चालन गर्ने तथा त्यस्तो काम सञ्चालन गर्न कुनै निकायलाई निर्देशन दिने।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report