३४ कार्यसम्पादन नियमावली २०७४
Summary
स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 82617076-6dc6-4e1c-ae93-f59b6f351a9e.pdfPDF · 13 pages · 2.0 MBOpen
Key details
- Organization
- Badimalika Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बडीमालिका नगरपालिका \ स्थानीय राजपत्र खण्ड१ संख्या८ , २०७४ साउन २३,बिहिबार ३ भाग२ बडीमालिका नगरपालिका नगरकार्यपालिका कार्यसम्पादन नियमावली २०७४ स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ। आज्ञाले, त्रिलोक चन्द ५ प्रमुख प्रशासकीय अधिकृत CJ CamScanner बडीमालिका नगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ नगर कार्यपालिकाबाट गरिने कार्यलाई व्यवस्थित गर्न नेपालको संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी बडीमालिका नगर कार्यपालिकाले मिति २०७४/०४/१४ को निर्णयानुसार देहायको नियमहरु बनाएको छ। परिच्छेद १ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: १) यस नियमावलीको नाम “बडीमालिका नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसङ्घले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “नगरपालिका” भन्नाले वडीमालिका नगरपालिका सम्झनु पर्छ | (ख) “कार्यपालिका” भन्नाले नगर कार्यपालिका सम्झनु पर्छ । ग) “वडा समिति” भन्नाले नगरपालिकाको वडा समिति सम्झनु पर्छ । (घ) “प्रमुख” भन्नाले नगर कार्यपालिकाको प्रमुखलाई सम्झनु पर्छ | (ड) “उपप्रमुख” भन्नाले नगर कार्यपालिकाको उप प्रमुखलाई सम्झनु पर्छ । (च) “वडाध्यक्ष” भन्नाले बडीमालिका नगरपालिकाको वडाको वडा अध्यक्ष लाई सम्झनु पर्छ i} (छ) “कार्यकारी अधिकृत” भन्नाले नगरपालिकाको कार्यकारी अधिकृत सम्झनु पर्छ । (ज) “सदस्य” भन्नाले कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले कार्यपालिकाको प्रमुख, उपप्रमुख तथा वडाअध्यक्ष समेतलाई जनाउँछ । (झ) “सभा” भन्नाले नगरसभालाई सम्झनु पर्छ | (ज) “कार्यविभाजन नियमावली” भन्नाले बडीमालिका नगरपालिकाको कार्यविभाजन नियमावली, २०७४ सम्झनु पर्छ | (ट)“बडा सचिव” भन्नाले बडासमितिको सचिवको कामकाज गर्न खटिएको कर्मचारी सम्झनुपर्छ | । ; ३. कामको wale (१) नगर कार्यपालिकाको कार्यसम्पादन र कामको Haale यस नियमावलीमा भएको व्यवस्था बमोजिम हुनेछ । (२) उपनियम (१) ay निकायबाट गर्नुपर्नेछ । कामको फर्छ्यौट गर्दा तोकिएको अधिकारी वा & ८८९" CJ CamScanner परिच्छेद २ प्रमुखबाट कामको फर्छ्यौट ४. प्रमुखले सम्पादन गर्ने काम:१) संविधान र अन्य प्रचलित कानूनको अधीनमा रही नगरपालिकाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने प्रमुख जिम्मेवारी प्रमुखको हुनेछ । (२) प्रचलित कानुनमा कार्यपालिकाको प्रमुखले गर्ने भनी किटान भएका कामहरु निज स्वयं वा निजबाट अधिकार प्रत्यायोजन भए वमोजिम सम्पादन हुनेछ । (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रचलित कानूनमा प्रमुखले गर्ने भनी किटान नभएका कामको सम्बन्धमा कार्यपालिकाबाट सम्पादन हुने कार्यको सामान्य रेखदेख, सञ्चालन र नियन्त्रण गर्ने जिम्मेवारी प्रमुखको हुनेछ । (४) उपनियम (१) बमोजिमको जिम्मेवारी पुरा गर्ने क्रममा प्रमुखले कार्यपालिका अर्न्तगतका निकायहरुमा प्रचलित कानून तथा स्वीकृत नीति तथा निर्णय अनुरुप कार्य सञ्चालन भईरहेको छ छैन निरीक्षण गर्ने, वडा समितिहरुबीच समन्वय गर्ने, विषयगत शाखा /कार्यालयहरुलाई निर्देशन दिने र आवश्यकता अनुसार कामको प्रगति विवरण लिने कार्य गर्न सक्नेछ । ५) प्रमुख कुनै कारणवश उपस्थित नरहेको अवस्थामा यस नियमावली बमोजिम प्रमुखले गर्नुपर्ने काम उपप्रमुख वा निजको समेत अनुपस्थितिमा प्रमुखले तोकेको कार्यपालिकाको सदस्यले त्यस्तो काम सम्पादन गर्न सक्नेछ । तर, प्रचलित कानुनमा अन्यथा व्यवस्था भएकोमा सोही व्यबस्था बमोजिम हुनेछ । (६) कार्यपालिकाको कुनै सदस्य अनुपस्थित भएमा त्यस्तो सदस्यले गर्नुपर्ने कामको लागि प्रमुखले अर्को सदस्यलाई जिम्मेवारी तोक्न सक्नेछ । » ५, प्रमुखले निर्णय गर्नुपर्ने: (१) सभा र कार्यपालिकामा पेश हुने विषय बाहेक दुई वा दुईभन्दा बढी वडासमितिं र विषयगत शाखाहरु बीच कुनै विषयमा मतभेद हुन गएमा. प्रमुखले गरेको निर्णय अन्तिम हुनेछ । ।. (२) उपनियम (१) बमोजिम मतभेद भएको विषय निर्णयका लागि-कार्यकारी अधिकृतले प्रमुख समक्ष पेश गर्नुपर्नेछ । (३) सभा वा कार्यपालिकामा पेश हुनै थिषय बाहेकका सहकार्य तथा समन्वयका लागि प्रदेश वा संघमा पेश गर्नु पर्ने विषयका सम्बन्धमा प्रमुखले गरेको निर्णय अन्तिम हुनेछ । . अधिकार प्रत्यायोजन गर्न सक्ने: (१) कर लगाउने, कर छुट दिने वा क्रण लिने) जस्ता विषय र सभामा पेश गर्नुपर्ने बाहेकका अन्य विषयमा कार्यपालिकाले प्रमुख वा उपप्रमुख वा सदस्यलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ । (२) प्रमुखले प्रचलित कानून बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये कुनै अधिकार उपप्रमुख वा सदस्य वा कार्यकारी अधिकृत, बिषयगत शाखाका प्रमुख -वा वडा अध्यक्षलाई प्रत्यायोजन गर्न सक्नेछ । त (३) उपनियम (१) र (२) बमोजिम प्रत्यायोजित अधिकारको प्रयोग गरी सम्पादन गरिएका कामको विषयमा सम्बन्धित ey कार्यपाल्लिका समक्ष मासिक रुपमा प्रगति विवरण पेश गर्नु पर्नेछ। 201 CJ CamScanner (४) आफूलाई प्रत्यायोजित अधिकारको जिम्मेवारपूर्वक प्रयोग गर्नु सम्बन्धित अधिकारीको कर्तब्य हुनेछ । परिच्छेद ३ नगर कार्यपालिकाबाट कामको फर्छ्यौट | ७ कार्यपालिकामा पेश गर्नुपर्ने विषय: (१) अनुसूची-१ मा उल्लिखित विषयहरुको निर्णय गर्दा कार्यकारी अधिकृतले प्रमुखको निर्देशन अनुसार नगर कार्यपालिकामा प्रस्ताव पेश गर्नु पर्नेछ । (२) उपनियम (१) मा लेखिएका विषयमध्ये कुनै विषयमा नियम २१ बमोजिम गठित समितिबाट निर्णय लिन सब्ने गरी कार्यपालिकाले जिम्मेवारी सुम्पन सक्नेछ | (३) उपनियम (१) बमोजिम प्रमुखले अन्यथा आदेश दिएमा बाहेक नगर कार्यपालिकाको बैठकमा पेश हुने प्रस्ताव सामान्यतया अनुसूची-२ बमोजिमको ढाँचामा कार्यकारी अधिकृतले पेश गर्नेछ। (४) -उपनियम (३) बमोजिमको प्रस्तावमा कुनै शाखाको राय समावेश हुन आवश्यक देखेमा कार्यकारी अधिकृतले सम्बन्धित शाखाको रायससेत समावेश गरी पेश गर्नेछ । ५. प्रस्ताव साथ संलग्न हुनुपर्ने कागजात: (१) नियम ६ को उपनियम (३) बमोजिम कार्यपालिकाको बैठकमा निर्णयार्थ कुनै विषय पेश गर्नुपर्दा सम्बन्धित विषयगत शाखा वा वडा समितिको कार्यालयले सो विषयसँग आवश्यक बिवरण समावेश गरी प्रस्ताव तयार गरी कार्यकारी अधिकृत समक्ष पेश गर्नु पर्नेछ। (२) उपनियम १) बमोजिम पेश भएको प्रस्ताव र सो साथ पेश भएका कागजातहरु कानूनसम्मत छन् छैनन् जाँच गरी कानूनसम्मत नभएमा नियमित वा कानूनसम्मत बनाउने जिम्मेवारी कार्यकारी अधिकृतको हुनेछ । (३) उपनियम (१) बमोजिम पेश भएको प्रस्ताव कार्यकारी अधिकृतले प्रमुखको स्वीकृति लिई प्राथमिकताक्रमसमेत निर्धारण गरी निर्णयको लागि कार्यपालिकाको बैठकमा पेश गर्नु पर्नेछ । ९. कार्यसूचीको विवरण: (१) कार्यपालिकाको बैठकमा, छलफल हुने विषयको कार्यसूची नियम ८ बमोजिम प्राप्त प्रस्तावहरुको आधारमा कार्यकारी अधिकृतले प्रमुखको निर्देशन बमोजिम तयार गर्नेछ 1 तर, प्रमुखले अन्यथा आदेश दिएकोमा प्रस्तावको रुपमा पेश नभएको विषयलाई पनि छलफलको कार्यसूचीमा समावेश गर्न सकिनेछ । (२) बैठकको कार्यसूची सामान्यतः कार्यपालिकाको बैठक बस्नुभन्दा तीन दिन अगावै कार्यकारी अधिकृतले सबै सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ । तर, विषयको गम्भिरता हेरी कार्यपालिकाको बैठकमा छलफल हुने प्रस्ताव वितरण नगरी मौखिक सूचनाको आधारमा पनि छलफल he सकिनेछ | CJ CamScanner