Notice Park
Gurans Rural Municipality
Acts & regulations

ऐन कानुन निर्देशिका

Summary

गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। जनप्रतिनिधि तथा कर्मचारी बीमा निर्देशिका, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारी बीमा निर्देशिका, २०८३ जारी गरेको छ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित खण्डः १० संख्याः ३८ मितिः २०८३/०६/०२ ATT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। जनप्रतिनिधि तथा कर्मचारी बीमा निर्देशिका, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारी बीमा निर्देशिका, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी बीमा निर्देशिका, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८ ३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ प्रस्तावनाः गुराँस गाउँपालिका क्षेत्रभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा सेवामा खटिएका व्यक्तिहरूको कामको सिलसिलामा हुनसक्ने दुर्घटना, असमायिक निधन, गम्भीर बिरामी वा स्वास्थ्य जोखिमलाई सम्बोधन गर्दै उनीहरूलाई सामाजिक सुरक्षा, राहत एवं प्रोत्साहन प्रदान गर्न; स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम प्राप्त अधिकार र संविधानको मर्मलाई आत्मसात्‌ गर्दै गुराँस गाउँपालिका गाउँ कार्यपालिकाले यो निर्देशिका बनाई लागू गरेको छ। परिच्छेद -१: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम "गुराँस गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारी बीमा निर्देशिका, २०८३" रहनेछ। (२) यो कार्यविधि गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,- (क) "गाउँपालिका" भन्नाले गुराँस गाउँपालिका सम्झनु पर्छ। (ख) "कार्यपालिका" भन्नाले गुराँस गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनु पर्छ। (ग) "अध्यक्ष" तथा "उपाध्यक्ष" भन्नाले गुराँस गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष सम्झनु पर्छ। (घ) "जनप्रतिनिधि" भन्नाले गुराँस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू सम्झनु पर्छ। (ङ) "कर्मचारी" भन्नाले गुराँस गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी, करार, सामाजिक परिचालन, स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य पालिकास्तरका कर्मचारीहरू सम्झनु पर्छ। (च) "बीमा" भन्नाले दुर्घटना बीमा, स्वास्थ्य बीमा, जीवन बीमा वा म्यादी जीवन बीमा सम्झनु पर्छ। २

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.