लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) परीक्षण कार्यविधि, २०८३
Summary
जानकारीका लागि प्रकाशन गरिएको छ। लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) परीक्षण कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDST) परीक्षण कार्यविधि, २०८३ जारी गरेको छ |…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 806ac9a2-eedb-4c84-972d-8f1d5ce28361.pdfPDF · 13 pages · 411 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Be गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित TUS: १० संख्या: ४२ मितिः २०८३/०६/०२ ATT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) परीक्षण कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDST) परीक्षण कार्यविधि, २०८३ जारी गरेको छ | गुराँस गाउँपालिका लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) परीक्षण कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ प्रस्तावनाः गुराँस गाउँपालिका क्षेत्रभित्र सुशासन, सामाजिक न्याय, मानव अधिकार र दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय सरकारबाट सञ्चालित नीति, कार्यक्रम, बजेट, पूर्वाधार, सेवा प्रवाह र संस्थागत संरचनामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (0121)$1) लाई मूलप्रवाहीकरण गर्न आवश्यक भएकाले; गाउँपालिकाका सम्पूर्ण नागरिकहरू, विशेष गरी महिला, अपाङ्गता भएका व्यक्ति, दलित, सीमान्तकृत, लोपोन्मुख, जनजाति, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्याक एवं पछाडि पारिएका समुदायको पहुँच, सहभागिता, निर्णय प्रक्रिया र लाभको समतामूलक वितरण सुनिश्चित गर्न; नेपालको संविधानको धारा २१८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ र दफा १०२ (2) ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिका गाउँ कार्यपालिकाले यो “लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) परीक्षण कार्यविधि, २०८३” तर्जुमा गरी लागू गरेको छ। परिच्छेद - १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम “गुराँस गाउँपालिकाको लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) परीक्षण कार्यविधि, २०८३” TAS (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ। (३) यो कार्यविधि गुराँस गाउँपालिकाको सम्पूर्ण वडा कार्यालय, विषयगत शाखा, विषयगत समिति, स्वास्थ्य चौकी, विद्यालय तथा गाउँपालिकाअन्तर्गतका निकायहरूमा लागू हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: (क) “गाउँपालिका” भन्नाले गुराँस गाउँपालिका, दैलेखलाई सम्झनु पर्छ।