Notice Park
Gurans Rural Municipality
Guidelines

पूर्ण सरसफाइ तथा स्वच्छ वडा घाेषणा कार्यविधि, २०८३

Summary

गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। पूर्ण सरसफाइ तथा स्वच्छ वडा घोषणा कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले पूर्ण सरसफाइ तथा स्वच्छ वडा घोषणा कार्यविधि, २०८३ जारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित खण्डः १० संख्याः ४५ मितिः २०८३/०६/०२ ATT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। पूर्ण सरसफाइ तथा स्वच्छ वडा घोषणा कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले पूर्ण सरसफाइ तथा स्वच्छ वडा घोषणा कार्यविधि, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका पूर्ण सरसफाइ तथा स्वच्छ वडा घोषणा कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ प्रस्तावनाः नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई आफ क्षेत्रभित्र सरसफाइ, वातावरण संरक्षण तथा जनस्वास्थ्य सम्बन्धी आवश्यक नीति, कानुन, योजना तथा कार्यविधि बनाई लागू गर्ने अधिकार प्रदान गरिएको छ। गुराँस गाउँपालिकालाई खुला दिशामुक्त अवस्थाबाट माथि उठाउँदै दिगो सरसफाइ, पूर्ण सरसफाइ व्यवहारको संस्थागत विकास र वातावरणीय स्वच्छता कायम गरी "स्वच्छ, स्वस्थ तथा समृद्ध गुराँस गाउँपालिका" निर्माण गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाले यो कार्यविधि बनाई जारी गरेको छ। परिच्छेद - १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम "गुराँस गाउँपालिका पूर्ण सरसफाइ तथा स्वच्छ वडा घोषणा कार्यविधि, २०८३" रहेको छ। (२) यो कार्यविधि गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि गुराँस गाउँपालिकाका सम्पूर्ण वडाहरूमा तुरुन्त लागू हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: क) "गाउँपालिका" भन्नाले गुराँस गाउँपालिका, दैलेख सम्झनु पर्छ। ख) "कार्यपालिका" भन्नाले गुराँस गाउँपालिकाको गाउँ कार्यपालिका सम्झनु पर्छ। ग) "वडा" भन्नाले गुराँस गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका सम्पूर्ण वडाहरू सम्झनु पर्छ। घ) "समिति" भन्नाले गाउँपालिका वा वडा स्तरमा गठित खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (WASH-CC) सम्झनु पर्छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.