Notice Park
Gurans Rural Municipality
Guidelines

सीमा गेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३

Summary

जानकारीका लागि प्रकाशन गरिएको छ | सीमा गेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सीमा गेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सीमागेट तथा पहिचान…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित TUS: १० संख्या: ४४ मितिः २०८३/०६/०२ भाग: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ | सीमा गेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सीमा गेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३ जारी गरेको छ। १ गुराँस गाउँपालिका सीमागेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः प्रमाणीकरण मितिः : २०८३/०५/२४ : २०८३/०६/०२ प्रस्तावना: गुराँस गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, प्राकृतिक तथा सामाजिक पहिचानलाई उजागर गर्न, पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय गौरवको संरक्षण गर्न गाउँपालिकाका विभिन्न महत्वपूर्ण स्थानहरूमा पहिचान स्तम्भ निर्माण, मर्मत-सम्भार तथा सञ्चालन व्यवस्थापनलाई सुव्यवस्थित र पारदर्शी बनाउन आवश्यक भएकाले; स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ तथा दफा १०२ (२) ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँ कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी लागु गरेको छ। परिच्छेद-१: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "गुराँस गाउँपालिका सीमा गेट तथा पहिचान स्तम्भ निर्माण एवं सञ्चालन कार्यविधि, २०८३" रहेको छ। (२) यो कार्यविधि गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि गुराँस गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-- (क) "गाउँपालिका" भन्नाले कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा अवस्थित गुराँस गाउँपालिका सम्झनु पर्छ। 'ख) "कार्यालय" भन्नाले गुराँस गाउँ कार्यपालिकाको कार्यालय, रानीमत्ता, दैलेख सम्झनु पर्छ। गु नु (ग) "गाउँ सभा" र "गाउँ कार्यपालिका" भन्नाले गुराँस गाउँपालिकाको गाउँ सभा र गाउँ कार्यपालिका सम्झनु पर्छ। (घ) "सीमा गेट (Boundary Welcome Gate)" भन्नाले गाउँपालिकाको भौगोलिक प्रवेश विन्दु वा छिमेकी स्थानीय तह/जिल्लासँग जोडिने मुख्य सडक क्षेत्रमा निर्मित वा निर्माण गरिने स्वागत द्वार सम्झनु पर्छ। (ङ) "पहिचान स्तम्भ (0610 Pillar)" भन्नाले गाउँपालिकाका मुख्य चोक, प्रशासनिक केन्द्र, वडा सिमाना, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूमा गाउँपालिकाको विशिष्ट पहिचान झल्काउन निर्माण गरिने संरचना सम्झनु पर्छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.