सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
Summary
गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 344f82a5-c180-4ffa-9d6f-55f274ff518b.pdfPDF · 27 pages · 555 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस राजपत्र ०७. गुराँस गाउँपालिकाद्वारा प्रकाशित TUE: Yo संख्याः ४३ मितिः २०८३/०६/०२ ATT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ प्रस्तावना कार्यपालिकाबाट स्वीकृत मितिः २०८ ३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ गुराँस गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण नागरिकहरूमा सुरक्षित, भरपर्दो, सर्वसुलभ तथा गुणस्तरीय विद्युतीय सेवा पहुँच पुच्याउन, गाउँपालिका सामुदायिक विद्युतीकरण शाखा तथा स्थानीय विद्युत उपभोक्ताबीच सहकार्य अभिवृद्धि गर्न, पूर्वाधार निर्माण, मर्मत-सम्भार, महसुल असुली तथा समग्र विद्युतीकरण प्रणालीलाई पारदर्शी, जवाफदेही र व्यवस्थित बनाउन गाउँ कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम यो कार्यविधि बनाई लागू गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भः परिच्छेद १: प्रारम्भिक (क) यस कार्यविधिको नाम "गुराँस गाउँपालिका सामुदायिक विद्युतीकरण सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३" रहेको छ। (ख) यो कार्यविधि गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ। (ग) यो कार्यविधि गुराँस गाउँपालिकाको सम्पूर्ण भौगोलिक क्षेत्रभित्र लागू हुनेछ। २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: (क) "गाउँपालिका" भन्नाले गुराँस Te गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सम्झनुपर्छ। (ख) "अध्यक्ष" भन्नाले गुराँस गाउँपालिकाको अध्यक्ष सम्झनुपर्छ। (ग) "शाखा" भन्नाले गाउँपालिका भित्र रहेको सामुदायिक विद्युतीकरण शाखा सम्झनुपर्छ। (घ) "नेविप्रा"" भन्नाले नेपाल विद्युत प्राधिकरण सम्झनुपर्छ। (ङ) "विद्युतीय पूर्वाधार" भन्नाले हाइटेन्सन (HT) तथा लो-टेन्सन (LT) लाइन, पोल, ट्रान्सफर्मर, सब-स्टेसन, वितरण बक्स, मिटर तथा सोसँग सम्बन्धित अन्य उपकरणहरू सम्झनुपर्छ।