सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धि निर्देशिका, २०८३
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c6b19349-21bb-4c9a-9ce6-aaee0af0024e.pdfPDF · 8 pages · 309 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित TUS: Yo संख्याः ४० मितिः २०८३/०६/०२ भाग: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, १ २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८ ३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ प्रस्तावनाः गुराँस गाउँपालिका क्षेत्रभित्र सञ्चालित बचत तथा क्रण सहकारी संस्थाहरू, बहुउद्देश्यीय सहकारी संस्थाहरू तथा अन्य विषयगत सहकारी संस्थाहरूमा वित्तीय अनुशासन, पारदर्शिता र सुशासन कायम गर्न; सहकारी क्षेत्रमा हुन सक्ने बहु- बैंकिङ (Multiple Banking) समस्या, खराब कर्जा र सम्भावित वित्तीय जोखिमलाई न्यूनीकरण गर्न; पालिकास्तरमा एक एकीकृत सहकारी कर्जा सूचना केन्द्र (Cooperative Credit Information Center) को स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनी प्रावधान बनाउन वाञ्छनीय भएकोले; स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा गुराँस गाउँपालिकाको सहकारी ऐन, २०७५ को प्रावधान बमोजिम गुराँस गाउँपालिका गाउँ कार्यपालिकाले यो निददेशिका तर्जुमा गरी जारी गरेको छ। परिच्छेद - १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस निर्देशिकाको नाम "गुराँस गाउँपालिका सहकारी कर्जा सूचना केन्द्र स्थापना तथा परिचालन सम्बन्धी निर्देशिका, २०८३" रहेको छ। (२) यो निदेशिका गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा: (क) "गाउँपालिका" भन्नाले गुराँस गाउँपालिका सम्झनु पर्छ। (ख) "कार्यालय" भन्नाले गुराँस गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सम्झनु पर्छ। (ग) "केन्द्र" भन्नाले यस निर्देशिका बमोजिम स्थापना गरिएको गुराँस गाउँपालिका सहकारी कर्जा सूचना केन्द्र सम्झनु पर्छ।