गाउँ कार्यपालिकाकाे कार्यालय परिसर सुरक्षा निर्देशिका, २०८३
Summary
गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले गाउँ गुराँस गाउँपालिका कार्यपालिकाबाट स्वीकृत मितिः २०८ ३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ प्रस्तावनाः…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8d3997c6-0a73-4d4f-8523-e1ddde8758e1.pdfPDF · 6 pages · 280 KBOpen
Key details
- Organization
- Gurans Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित खण्ड: १० संख्या: ४१ मितिः 2023/08/02 ATT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको निर्देशिका सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। गाउँ कार्यपालिकाको कार्यालय परिसर सुरक्षा निर्देशिका, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय परिसर सुरक्षा निर्देशिका, २०८३ जारी गरेको छ | गुराँस गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर सुरक्षा निर्देशिका, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८ ३/०५/२४ प्रमाणीकरण मितिः २०८३/०६/०२ प्रस्तावनाः गुराँस गाउँ कार्यपालिकाको कार्यालय परिसर, भौतिक पूर्वाधार, जिन्सी तथा सरकारी सम्पत्ति, अभिलेख र सूचना प्रविधि प्रणालीको सुरक्षित संरक्षण गर्न; कार्यपालिका कार्यालयमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, आम सेवाग्राही तथा आगन्तुकहरूको भौतिक सुरक्षा सुनिश्चित गर्दै अनुशासित, व्यवस्थित, पारदर्शी र भयरहित वातावरणमा सेवा प्रवाह सञ्चालन गर्न; साथै, अनधिकृत प्रवेश, तोडफोड, चोरी, आगलागी एवं अन्य सम्भावित आकस्मिक सुरक्षा जोखिमहरूलाई समयमै नियन्त्रण, न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन गर्न वान्छनीय भएकोले; स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ एवं दफा १०२ तथा गुराँस गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०८३ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले यो निर्देशिका तर्जुमा गरी लागु गरेको छ। परिच्छेद-१: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस निर्देशिकाको नाम "गुराँस गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय परिसर सुरक्षा निर्देशिका, २०८३" रहेको Bl (२) यो निदेशिका गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा,-- (क) "गाउँपालिका" भन्नाले कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा अवस्थित गुराँस गाउँपालिका सम्झनु पर्छ। (ख) "कार्यालय परिसर" भन्नाले गुराँस गाउँ कार्यपालिकाको मुख्य भवन, सभाहल, प्रशासनिक शाखाहरू, TST, सवारी पार्किङ स्थल, भण्डारण गृह तथा घेराबारभित्रको सम्पूर्ण सार्वजनिक जग्गा सम्झनु पर्छ।