Notice Park
Gurans Rural Municipality
Guidelines

सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३

Summary

जानकारीका लागि प्रकाशन गरिएको छ। सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gurans Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Be गुराँस राजपत्र गुराँस गाउँपालिकाद्वारा प्रकाशित TUS: १० संख्या: ४६ मितिः २०८३/०६/०२ ATT: 2 गुराँस गाउँपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्बसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ। सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिकाले सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३ जारी गरेको छ। गुराँस गाउँपालिका सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३ कार्यपालिकाबाट स्वीकृत मितिः २०८३/०५/२४ प्रमाणीकरण मितिः२०८३/०६/०२ प्रस्तावना गुराँस गाउँपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूको संस्थागत, व्यवस्थापकीय र वित्तीय क्षमता अभिवृद्धि गर्दै स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन र पूँजीको परिचालन मार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरण गर्न आवश्यक भएकोले; सहकारीका सञ्चालक, लेखा समिति, कर्मचारी तथा साधारण सदस्यहरूलाई सहकारी सिद्धान्त, मूल्य-मान्यता, कानून, लेखा प्रणाली, प्रविधि र उद्यमशीलता सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी सहकारी क्षेत्रलाई सुशासित, पारदर्शी र उत्पादनमुखी बनाउन; स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११, गुराँस गाउँपालिकाको सहकारी ऐन, २०७५ (संशोधन सहित) तथा अन्य प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी गुराँस गाउँपालिका गाउँ कार्यपालिकाले यो "सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३" तर्जुमा गरी लागू गरेको छ। परिच्छेद - १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम "गुराँस गाउँपालिका सहकारी सम्बन्धी तालिम सञ्चालन कार्यविधि, २०८३" रहनेछ। (२) यो कार्यविधि गुराँस राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। (३) यो कार्यविधि गुराँस गाउँपालिका क्षेत्रभित्र दर्ता भई सञ्चालनमा रहेका वा गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण प्रारम्भिक सहकारी संस्थाहरू, विषयगत संघहरू र सम्बद्ध तालिम कार्यक्रमहरूमा लागू हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: (क) "गाउँपालिका" भन्नाले गुराँस गाउँपालिका, दैलेखलाई सम्झनु पर्छ। (ख) "कार्यपालिका" भन्नाले गुराँस गाउँपालिकाको गाउँ कार्यपालिकालाई सम्झनु पर्छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.